काठमाडौं । रियल मड्रिडका स्ट्राइकर करिब बेन्जेमाले फुटबलकै सबैभन्दा प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डि‘ओरको उपाधि जितेका छन् ।
उनले फ्रान्सको राजधानी पेरिसमा गएराति भएको फिनालेमा बायर्न म्युनिखका स्ट्राइकर साडियो माने र म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुयनेलाई पछि पार्दै पहिलोपटक यो उपाधि हात पारेका हुन् ।
फ्रेन्च स्ट्राइकर बेन्जेमाले गत सिजन ४६ खेलमा ४४ गोल गरेका थिए । यो क्रममा उनले रियलका लागि च्याम्पियन्स लिग र फ्रान्सका लागि नेसन्स लिगको उपाधि जितेका थिए ।
यससँगै बेन्जेमा जिनेदिन जिदानपछि पहिलोपटक बालोन डि‘ओर जित्ने फ्रेन्च खेलाडीसमेत बनेका छन् । जिदानले सन् १९९८ मा यो उपाधि जितेका थिए ।
हालसम्म ६ जना फ्रेन्च खेलाडीले यो उपाधि जितेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।