काठमाडौं– यस वर्षको बालोन डि'ओरको अवार्ड रियल मड्रिडका स्टाइकर करिम बेन्जेमाले जितेका छन्।
३४ वर्षीय बेन्जेमाले पहिलोपटक यो अवार्ड जितेका हुन्। यससँगै बालोनडिओरको अवार्ड जित्ने उनी पाँचौं फ्रान्सेली खेलाडी बनेका छन्।
पछिल्लो १३ वटा बालोन डि'ओर उपाधिमध्ये १२ वटा लियोनल मेसी र क्रिस्टियानो राेनाल्डोले जितेका थिए। सन् २०१८ मा भने एक मात्र आउटलायरको रुपमा रिअल मड्रिडकै लुका मोड्रिचले उक्त उपाधि जितेका थिए।
यसपटकको अवार्डका लागि मेसीलाई मनोनयन गरिएको थिएन। रोनाल्डो भने यस वर्ष २० औं स्थानमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।