काठमाडौं– नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेलमा डेब्यू गरेको छ। बुधबार नेदरल्यान्ड्सबिरुद्ध एकदिवसीय खेल खेल्दै नेपालले एकदिवसीय क्रिकेटमा पहिलो पाइला चालेको हो।
खेल नेदरल्यान्ड्सको भिआरए मैदानमा भइरहेको छ। पहिलो एकदिवसीय खेलमा नेपालले टस हारेर पहिले बलिङ गरिरहेको छ।
नेपालको पहिलो एकदिवसीय खेल्ने टिम
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, शक्ति गौचन, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, अनिलकुमार साह (विकेटकिपर)
राष्ट्रिय टिममा परे पनि सुवास खकुरेल, रोहितकुमार पौडेल, ललित भण्डारी र ललित राजवंशीले पहिलो एकदिवसीय खेल्ने खेल्ने टिममा स्थान बनाउन सकेनन्।

खेलको प्रत्यक्ष प्रसारण हेर्न
कान्तिपुर टेलिभिजन
टेक्स्ट लाइभ
क्रिक इन्फो, आइसिसी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।