• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस २३, २०८२ Wed, Jan 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

नवौं राष्ट्रिय खेलकुद सुरुआतः विवाद र अभाव  

64x64
रिखिराम जिसी शुक्रबार, असोज २८, २०७९  ०७:२५
1140x725
तस्बिर : रासस

पोखरा– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन शुक्रबार हुँदैछ। प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गर्ने तालिका छ। प्रतियोगिताका सुरुआतअघि नै केही खेल सुरु भइसकेका छन्। 

३९ वर्षपछि गण्डकी प्रदेशमा भएको प्रतियोगिता सुरुआतमै विवादरहित बन्न सकेन। प्रतियोगिताअन्तर्गत बिहीबारलाई तय भएका ३ खेल समयमै सुरु हुन सकेनन्। जसका कारण थिएः विवाद, आवश्यक खेलकुद सामग्री नपाउनु र मैदान तयार नहुुनु। 

नवौं खेलकुद अन्तर्गत फूल कन्ट्याक्ट कराँतेका खेलहरु बिहीबार बिहानबाट सुरु हुने तालिका थियो। बिहीबार बिहान ११ बजे खेल सुरु हुने तालिका रहे पनि साँझ ६ बजेपछि मात्रै खेल उद्घाटन भयो। नेपाल फूल कन्ट्याक्ट कराँते महासंघले प्रतियोगिता आयोजनाको जिम्मा पाउनुपर्ने माग गर्दै प्रतियोगिता बहिष्कार गरेको छ। 

महासंघलाई बाइपास गरी अन्य कमिटी बनाई प्रतियोगिता सञ्चालन गर्न लागेको महासंघको आरोप छ। ‘राखेपले फूल कन्ट्याक्ट कराँते महासंघलाई नदिएर बाहिर व्यक्तिगत रुपमा दिएको छ। संघलाई बेवास्ता गरियो,’ महासंघका अध्यक्ष शालिकराम कुँवरले भने, ‘हामीले फिल्ड छोडेका छौं, हाम्रा असन्तुष्टि राखिसकेका छौँ, राखेपले समन्वय गरेन।’ 

No description available.

फुटबल पनि विवादका कारण ढिलो गरी खेल सुरु भयो। टिम एनआरएनएले नेपाली राष्ट्रिय टिमका खेलाडी राखेको विषयमा विवाद भयो। विपक्षी टिमले यो विषयमा विरोध जनाएपछि केही समय खेल रोकिएको थियो। विवादकै बीच खेल भयो। खेलमा एनआरएनएले वागमती प्रदेशलाई पराजित गर्‍यो। अझै विवाद सुल्झिएको छैन। 

बिहीबार बिहानैबाट सुरु हुने भनिएको हक्की मैदान तयार नहुँदा ६ घन्टापछि बल्ल सुरु भयो। खेलाडी समयमै मैदानमा पुगे पनि ६ घन्टा ढिलाइ भयो। खेल सुरु भएपछि पनि खेलाडीले पुग्ने गरी पोशाक पाएनन्, न त खेलका लागि आवश्यक सामग्री नै पाए। 

No description available.

Ncell 2
Ncell 2

खेलाडी पुग्दा मैदानमा सामान्य मार्किङसमेत भएको थिएन। नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काले व्यवस्थापन समितिको कमजोरीका कारण मैदान तयारीमा ढिलाइ भएको बताए। उनले मैदान पूर्ण मर्मत नहुँदा खेलाडी घाइते हुने जोखिम धेरै रहेको जनाए।

राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले मैदानको काम सकिएको भए पनि थप राम्रो बनाउँन लाग्दा खेल केही समय ढिलो सुरु भएको जिकिर गरे। ‘(बुधबार) काटिसकेर एक लेभलको काम भइसकेको हो तर हक्कीका प्राविधिकले यसलाई थप गर्नुपर्छ भनेपछि थप राम्रो गराऔं भन्ने हिसाबले ढिला भएको हो,’ उनले भने।

रंगशालास्थित ब्याडमिन्टन हलमा जारी फेन्सिङ प्रतियोगिताका बुधबार साँझ भएका खेलका विजेतालाई दिउँसो विजेता भएका खेलाडीसँग मागेर खेलकुदमन्त्री महेश्वरजंग गहतराजले पदक लगाइदिए।

विजेतालाई दिन पदक नपुगेपछि दिउँसोका विजेतासँग फिर्ता मागेर पदक दिइएको थियो। खेलाडीसँग फोटो सेसनपछि फिर्ता गर्ने शर्तमा पदक मागिएको थियो। 

आफूहरुलाई दिइएको मेडल अपुग भएको र थप मेडलका लागि पर्खिराखेका बेला अचानक मन्त्री आएपछि खेलाडीसँगै माग्नु गरेको नेपाल फेन्सिङ महासंघका महासचिव सुजनलाल श्रेष्ठले स्वीकारे।  

No description available.

यसअघि पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा भइरहेको ह्यान्डबल प्रतियोगितामा पनि सुदूरपश्चिम प्रदेशका ह्यान्डबल टोलीको जर्सी विपक्षीसँग मिलेपछि ‘बिब’ लगाएर खेल्नु परेको थियो। त्यसमाथि जर्सीमा अंक उल्लेख नहुँदा मार्करले नम्बर लेखेर खेलाडी मैदानमा उत्रिएका थिए। 

खेलका क्रममा देखिएका विवाद निर्देशिका अनुसार नै सम्बोधन गरिएको राष्ट्रिय खेलकुद परिषद्  सदस्य सचिव घिसिङको स्पष्टिोक्ति छ। ‘विवाद आए त्यो विवादलाई समाधान गर्नका लागि निर्देशिकामा नीतिगत व्यवस्था छ। त्यस अनुसार सम्बन्धितसँग छलफल हुन्छ। आएका विवादलाई निर्देशिका अनुसार सम्बोधन हुन्छ,’ उनले भने, ‘निर्देशिकाभन्दा फरक ढंगले कतिपय मानिसले उठाउने इस्यू, जसलाई इस्यूका रुपमा लिनुपर्ने नै छैन भने कुनै व्यक्ति वा समूहले राख्ने कुराले के ठूलो प्रभाव पर्छ?’

No description available.

४ स्वर्णसहित वागमती शीर्ष स्थानमा 
प्रतियोगितामा ४ स्वर्णसहित वागमती प्रदेश शीर्ष स्थानमा छ। बागमतीले १ रजतसमेत जितेको छ। आर्मीले ३ स्वर्ण, ३ रजत र ६ कास्य र एपिएफ क्लब १ स्वर्ण, ३ रजत र ६ काश्य जित्न सफल भएका छन्। 

सुदूरपश्चिम प्रदेश १ स्वर्ण, ३ काश्य, नेपाल पुलिस १ स्वर्ण, प्रदेश १ ३ काश्य र गण्डकी प्रदेश १ काश्य जित्न सफल भएका छन्। प्रतियोगितामा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ। जसमा ६ हजार १ सय ५६ खेलाडी सहभागी छन्।

प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  ०७:२५
  • #नवौं राष्ट्रिय खेलकुद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
थाइल्याण्डमा लुम्बिनी-नेपाल म्याराथन हुने कार्यक्रमका लागि थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीको संरक्षणमा, उपनियोग प्रमुख मोतिबहादुर श्रीशको संयोजकत्वमा थाइल्याण्डम... सोमबार, मंसिर २२, २०८२
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्वधावक जीतबहादुर केसीलाई २५ लाख नगद पुरस्कार दिन मन्त्रिपरिषद्मा सिफारिस गर्ने... बुधबार, कात्तिक १९, २०८२
काभा महिला यू–१९ च्याम्पियनसिपमा नेपालले आज कीर्गिस्तानसँग प्रतिस्पर्धा गदै श्रीलंकामा आज सुरु हुने च्याम्पिनसिपको पहिलो खेलमा नेपालले साँझ सवा ५ बजे प्रतिस्पर्धा गर्न लागेको हो। त्यसअघि आजै आयोजक श्रीलंका र... मंगलबार, कात्तिक १८, २०८२
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार, पुस २२, २०८२
कोशीमा मन्त्रीमण्डल हेरफेर, कांग्रेस-एमालेका ५/५ नयाँ मन्त्री नियुक्त मंगलबार, पुस २२, २०८२
राष्ट्रिय सभामा पाँच दलबीच भागबन्डा मंगलबार, पुस २२, २०८२
पाँच वर्षपछि सार्वजनिक भयो संसद् विघटन बदर गरेको फैसलाको पूर्णपाठ मंगलबार, पुस २२, २०८२
सिनामंगलको काठ गोदाममा आगलागी मंगलबार, पुस २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो मंगलबार, पुस २२, २०८२
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा मंगलबार, पुस २२, २०८२
पाँच वर्षपछि सार्वजनिक भयो संसद् विघटन बदर गरेको फैसलाको पूर्णपाठ मंगलबार, पुस २२, २०८२
रास्वपाको वृहत् राजनीतिक समायोजन घोषणा सभाः नागरिक उन्मुक्तिका असन्तुष्टहरु समेटिँदै सोमबार, पुस २१, २०८२
रास्वपाको समानुपातिक उम्मेदवारीबाट नाम फिर्ता लिने छ जना पुगे सोमबार, पुस २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्