काठमाडौं– नेपालले डेब्यू एकदिवसीय खेलमा पहिले बलिङ गरिरहेको छ। नेदरल्यान्ड्सको भिआरए मैदानमा घरेलु टिमले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङ गरेको हो।
गत चैत १ गते नेपाली क्रिकेट टिमले एकदिवसीय मान्यता हासिल गरेर इतिहासकै ठूलो सफलता हात पारेको थियो। जिम्बाबेमा भएको एकदिवसीय छनोट प्रतियोगितामार्फत नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले प्रदान गर्ने एकदिवसिय मान्यता प्राप्त गरेको हाे।
एकदिवसीय मान्यता हासिल गरेको साढे ४ महिनापछि नेपालले एकदिवसीय खेलमा डेब्यू गर्न लागेकाे हाे। नेदरल्यान्ड्सँग बुधबार खेल्दा नेपाल औपचारिक रुपमा कान्छो एकदिवसीय टिम बन्न बनेको हो।
नेपाल भर्सेस द नेदरल्यान्ड्स
स्थान – भिआरए मैदान, आम्सटर्डम
खेल – पहिलो एकदिवसीय क्रिकेट
मिति– १६ साउन
समय– दिउँसो २ः४५ बजे
प्रत्यक्ष प्रसारण
कान्तिपुर टेलिभिजन
लाइभब्रोडकास्ट डट एनए
टेक्स्ट लाइभ : क्रिक इन्फो, आइसिसी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।