काठमाडौं– कम्बोडियाको क्यासिनोमा जागिर चलाइदिने भन्दै ठगी गर्ने झापा शिबसताक्षी बस्ने सुमन बस्नेतलाई पक्राउ गरेको हो। उनले १९ जनासँग ८८ लाख ३९ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
महानगरीय अपराध महाशाखाले बस्नेतलाई पक्राउ गरेको हो। उनी प्रति महिना १ लाख तलब र अन्य सुविधासहितको जागिर लगाइदिने भनेर १९ जनालाई बैंकक हुँदै कम्बोडिया पठाएका थिए। त्यहाँ पुगेपछि अलपत्र परेका उनीहरु आफैं नेपाल फर्किएका थिए।
बस्नेतले प्रतिव्यक्ति ३ लाख ५० हजार रुपैयाँदेखि ६ लाख रुपैयाँसम्म लिएको प्रहरीे जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।