• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

कमल थापा : पाँच पटक एमालेसँगै हार, अहिले एमालेले नै दिँदैछ साथ

64x64
नेपाल लाइभ सोमबार, असोज २४, २०७९  ०६:१७
1140x725

काठमाडौं- पञ्चायतकालदेखिका चर्चित नेता कमल थापाको बहुदल कालमा पनि रजगज कायमै रह्यो। ‘मण्डले’देखि 'मुसा'सम्मका अनेक शब्दावलीले उनलाई निशाना बनाइयो, तर राजनीतिमा उनी सधैं चर्चित भइरहे। बहुदलकालका मन्त्री थापा, दोस्रो जनआन्दोलनताका गृहमन्त्री थिए। त्यतिबेला उनी आन्दोलनकारीको तीव्र आक्रोशको केन्द्रमा थिए। तर, गणतान्त्रिक सरकारमा पनि उनलाई सत्ता सहयात्री बनाउन दलहरु पछि परेनन्।

उनै थापाको संसदीय प्रतिस्पर्धा भने खासै सुखद छैन। २०४८ देखिका सबै निर्वाचनमा उनी उम्मेदवार बनेका छन्। उनले अधिकांश निर्वाचनमा हार बेहोरेका छन्। दुईटा निर्वाचनमा भने उनी दुई निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिएका थिए। यी निर्वाचनमा उनी पाँच पटक एमाले उम्मेदवारसँग पराजित भएका छन्। तर, यसपटक भने उनलाई एमाले नै हात थाम्दैछ। थापा एमालेकै चुनाव चिह्न सूर्यबाट प्रतिस्पर्धामा उत्रिँदैछन्। उनी मकवानपुर- १ बाट उम्मेदवार बन्दैछन्।

कतिसम्म भने, एमालेले मकवानपुर- १ का लागि मकवानपुरका इन्चार्ज रामेश्वर रानालाई उम्मेदवार बनाउने निर्णयसमेत गरिसकेको थियो। त्यसै अनुसार तयारी पनि सुरु भएको थियो। तर, ओलीले शनिबार अघिल्लो निर्णयलाई बेवास्ता गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सूर्य चिह्नमा प्रतिस्पर्धामा उत्रिन दिने गरी सहमति गरे।

थापाले एमालेसँग सहकार्य गरेर चुनाव लड्न पाउनु आफ्ना निम्ति खुसीको कुरा भएको बताएका छन्। आइतबार मकवानपुर- १ का लागि उम्मेदवारी दर्ता गराएपछि उनले भने- ‘राष्ट्रियता र लोकतन्त्रको पक्षमा निरन्तर सक्रिय रहेको पार्टी नेकपा एमालेसँग सहकार्य गरेर चुनाव लड्न पाउनु मेरा निमित्त खुसीको कुरा हो। र साथसाथै चुनावमा विजयलाई सुनिश्चत गर्नका निमित्त मैले नेकपा एमालेकै चुनाव चिह्न सूर्यबाट प्रतिस्पर्धा गर्दैछु।’

देशमा गणतन्त्रको चाहना उच्च रहेको २०६३ देखि नै थापाले राजतन्त्र र हिन्दू राज्यलाई आफ्नो मूल मुद्दा बनाउँदै अघि बढेका थिए। पछिल्लो समय उनले राजतन्त्र पुनःस्थापनालाई अजेन्डामा राखेका छैनन्। तर, उनको मूल परिचय यी दुई अजेन्डासँग जोडिएको र दक्षिणपन्थी नेताको रुपमा स्थापित छ। तर, एमालेले पार्टीको घोषित सिद्धान्तसँग मेल नखाने थापा जस्ता व्यक्तिलाई आफ्नै पार्टीबाट उम्मेदवार बनाएको भन्दै पार्टीभित्रै असन्तुष्टि छ। घनश्याम भुसाललाई टिकट नदिइएको र थापालाई दिइएको भन्दै एमालेप्रति आफ्नै कार्यकर्ताले समेत सामाजिक सञ्जालमार्फत् व्यंग्य गरेको पढ्न सकिन्छ।

थापालाई टिकट दिइएकोमा असन्तुष्ट बनेका मकवानपुरका एमालेका कार्यकर्ताले आइतबार पार्टी कार्यालयमा तालाबन्दीसमेत गरेका छन्। उनीहरुले हेटौँडा सानोपोखरामा रहेको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन्।

२०४८ पछि मकवानपुरमा थापाको मुख्य प्रतिस्पर्धा नै एमालेसँग भएको पाइन्छ। २०४८ मा उनी मकवानपुर- १ बाट प्रतिस्पर्धी बनेका थिए। ‍तर, एमाले उम्मेदवारसँग पराजित भए। एमाले उम्मेदवार कृष्णप्रसाद दाहालले १४ हजार १४८ मत पाएका थिए। राप्रपा (थापा)का उम्मेदवार थापाले भने ९ हजार ८२५ मत मात्रै पाए। कांग्रेस उम्मेदवार अशोक श्रेष्ठले ४ हजार ६४ मत पाएका थिए।

२०५१ मा भएको मध्यावधि निर्वाचनमा थापाले नयाँ जुक्ति लगाए। सो निर्वाचनमा उनी दुई निर्वाचन क्षेत्रबाट उम्मेदवार भए, मकवानपुर- १ र मकवानपुर- २ बाट। १ बाट विजयी भए, २ मा पराजित भए। १ मा उनले २०४८ का विजेता दाहालसँग बदला लिन सफल भएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

मकवानपुर- १ मा राप्रपा उम्मेदवारको रुपमा थापाले १६ हजार ७५३ मत पाए। एमालेका कृष्णप्रसाद दाहालले १५ हजार ८२ मत पाए। स्वतन्त्र उम्मेदवार ओमु टेम्पा लामाले ५ हजार ५११ मत पाए।

सोही निर्वाचनमा मकवानपुर- २ मा भने थापा एमाले उम्मेदवार विरोध खतिवडासँग पराजित भएका थिए। खतिवडाले १६ हजार १५४ पाउँदा राप्रपाका उम्मेदवार थापाले ११ हजार ८७८ मत मात्रै पाए। स्वतन्त्र उम्मेदवार विश्वराज उप्रेतीले ४ हजार ८६६ मत पाए।

२०५६ को निर्वाचनमा पनि थापाले २०५१ कै रणनीति अपनाए। मकवानपुरकै दुई क्षेत्रबाट उम्मेदवार बनेका थापा दुवैतिर पराजित भए।

मकवानपुर- १ मा थापा पुरानै प्रतिस्पर्धी एमाले कृष्णप्रसाद दाहालसँग पराजित भएका थिए। दाहालले २० हजार ४४२ मत पाउँदा राप्रपाका थापाले १५ हजार ९८५ मत पाएका थिए। कांग्रेसबाट उम्मेदवार बनेका ओमु टेम्पा लामाले ८ हजार ७७३ मत मात्रै पाए।

त्यस्तै, मकवानपुर- ३ मा पनि थापा एमाले उम्मेदवारसँगै पराजित भए। एमाले उम्मेदवार वीरबहादुर लामाले १४ हजार ४७४ मत पाउँदा राप्रपाका थापाले १२ हजार २९३ मत मात्रै पाए। कांग्रेसका उदयमोहन श्रेष्ठले ६ हजार ६६१ मत पाए।

२०६४ मा सम्पन्न संविधान सभाको पहिलो निर्वाचनमा थापा मकवानपुर- ३ बाट प्रतिस्पर्धामा उत्रिए। तर, चौथो हुन पुगे। सो क्षेत्रमा तत्कालीन नेकपा माओवादीका उम्मेदवार प्रह्लाद लामिछाने विजय भए। माओवादीका लामिछानेले १८ हजार ५१४, एमालेका अनन्त प्रसाद पौडेलले १३ हजार १६३, कांग्रेसका रामचन्द्र अर्यालले ७ हजार ६९९ र राप्रपा नेपालका थापाले ३ हजार ८५३ मत पाए।

२०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचन भने समानुपातिकतर्फबाट सभासद बनेका थिए।

२०७४ मा थापा मकवानपुर- १ बाटै प्रतिस्पर्धामा उत्रिए। थापाका लागि प्रतिस्पर्धी थिए, परिचित कृष्णप्रसाद दाहाल। दाहाल नै विजयी भए। वाम गठबन्धनका साझा उम्मेदवार उनले ४० हजार ६३१ मत सहित जित निकालेका थिए। कांग्रेसको समर्थन पाएका राप्रपाका थापाले ३४ हजार ६५८ मत पाए। नेकपा मालेका कुमार बहादुर संजेलले १ हजार ४१९ मत पाए।

मंसिर ४ मा हुने निर्वाचनमा मकवानपुर- १ मा थापाको मुख्य प्रतिस्पर्धा कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय डिनासँग हुने आकलन गरिएको छ। डिना सत्ता गठबन्धनको साझा उम्मेदवार हुन्। उनी मकवानपुरमा २०४८ सालदेखि प्रतिस्पर्धा गर्दै आएकी छिन्। अर्कोतर्फ, थापाकै कुनै बेलाका सहयात्री तथा राप्रपाका नेता दीपकबहादुर सिंह पनि यस क्षेत्रमा प्रतिस्पर्धा गर्दैछन्। सिंह वैशाखको स्थानीय तह निर्वाचनमा पनि प्रतिस्पर्धामा थिए तर पराजित भएका थिए।
 

प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  ०६:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन
पत्रकार बशन्त उपाध्यायको निधन
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्