काठमाडौं– निर्णायक खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ गोलले पराजित गर्दै नेपाल एपिएफ क्लबले उपराष्ट्रपति महिला लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
निर्णायक खेलमा एपिएफलाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिक गरिन्। उनले खेलको ४१, ५४ र ८२ मिनेटमा गोल गरेकी थिइन्। आर्मीलाई का लगि पुनम जर्घामगरले ४९ मिनेटमा बराबरी गोल फर्काए पनि एपिएफले पुनरागमन गरेको थियो।
एपिएफले चार खेलमा १२ अंक जोडेर उपाधि जितेको हो। आर्मी भने ९ अंकमै रोकियो। लिगको तेस्रो स्थान रौतहट जिल्ला फुटबल संघले ६ अंक जोडेर हात पारेको छ। पुलिस चौथौ र काठमाडौंमा पाँचौ भए।
उपाधिसँगै एपिएफले २ लाख रुपैयाँ जित्दा आर्मीले १ लाखमै चित्त बुझायो। तेस्रो बनेको रौतहटले ५० हजार रुपैयाँ हात पारेको छ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपिएफकी सावित्री भण्डारी भइन्। उनले २५ हजार हात पारिन्। उत्कृष्ट प्रशिक्षक एपिएफका जनक सिंह, रश्मी कुमारी घिसिङ उत्कृष्ट फरवार्ड, पुनम जर्घामगर उत्कृष्ट डिफेन्डर, रेनुका नगरकोटी उत्कृष्ट मिडफिल्डर र एन्जिला थुम्बापो सुब्बा उत्कृष्ट गोलकिपर बने। सबैले जनही १० हजार प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।