काठमाडौं– सस्तोमा सुन कारोबारको बहानामा ९० लाख रुपैयाँ ठगेर फरार भएका चिनियाँ नागरिक पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाले चिनियाँ नागरिक छिङजिन युवानलाई प्रहरीले पक्राउ गरेको हो। चीन जान खोज्ने क्रममा सोमबार उनी विमानस्थलमा पक्राउ परेका हुन्।
उनले अर्का एक चिनियाँ नागरिकलाई नै ठगी गरेको प्रहरीले जनाएको छ। सस्तोमा सुन बेच्ने भन्दै एक सय वर्ष पुरानो बहुमूल्य धातु र सुन भन्दै २० टुक्रा सुन जस्तो वस्तु दिएर ९० लाख लिएर भागेका थिए। कालोपुल नजिकै एकान्तमा बोलाएर उनले त्यसरी ठगी गरेका हुन्।
पक्राउ परेका चिनियाँ नेपालस्थित चिनियाँ प्रोजेक्टहरु कार्यरत रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।