• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस २३, २०८२ Wed, Jan 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

चर्को आलोचनापछि गण्डकी सरकारले घटायो कर

64x64
रिखिराम जिसी शनिबार, असोज ८, २०७९  २१:०१
1140x725

पोखरा– गण्डकी प्रदेशमा करको विषयमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’बीचको टकराव छताछुल्ल देखिन्थ्यो। जनस्तरबाट विरोध र चुनावको मुखमा आलोचना बढेपछि मुख्यमन्त्री पोखरेल कर घटाउने पक्षमा थिए भने अर्थमन्त्री बराल नघटाउने पक्षमा। यो विषयले दुवैबीच मनमुटाव पनि थियो। 

कर घटाउने प्रस्ताव मन्त्रिपरिषद्‌मा ल्याउन मुख्यमन्त्रीले अर्थमन्त्रीलाई भनेका थिए। शुक्रबारको मन्त्रिपरिषद्‌मा अर्थमन्त्रीले करको दर घटाउने प्रस्ताव त लगे, तर एउटा मात्रै शीर्षकमा। सार्वजनिक सवारी साधनको वार्षिक करमा हुँदै आएको ६६ प्रतिशत छुटलाई फेरि उही कायम गर्ने प्रस्ताव अर्थमन्त्रीले लगे। जबकि बजेट ल्याउँदा उनले त्यसलाई ३३ प्रतिशतमा झारेका थिए। 

मन्त्रिपरिषद्‌को शुक्रबार बसेको बैठकले अर्थमन्त्रीले पेस गरेको ६६ प्रतिशत छुटकै प्रस्तावमात्रै पारित गरेन। मुख्यमन्त्री पोखरेलले ठाडो प्रस्ताव गरी अरु ३ शीर्षकको कर गत आर्थिक वर्षकै दर अनुसार कायम गर्ने निर्णय गराए। उक्त निर्णयसँगै चालु आवमा आर्थिक ऐन २०७९ मार्फत् बढेको कर घटेको छ। 

घरजग्गा दर्ता शुल्क र रोक्का शुल्क, अंशबण्डा तथा अंश भर्पाइ शुल्कमा भएको वृद्धिलाई घटाएर अघिल्लो वर्षकै शुल्क कायम गर्ने निर्णय मन्त्रिपरिषद्‌ले गरेको छ। चालु आर्थिक वर्षमा जग्गा दर्ता शुल्क र घरजग्गा रोक्का शुल्क, अंशबण्डा तथा अंश भर्पाइ शुल्कमा भारी वृद्धि गरेको थियो। 

मन्त्रिपरिषद्‌ले घरजग्गा नामसारी शुल्कमा पनि गत वर्षकै शुल्क कायम गर्ने निर्णय गरेको छ। गण्डकी प्रदेश सरकारले घरजग्गा नामसारी रजिस्ट्रेसन शुल्कमा आर्थिक ऐनमार्फत् भारी वृद्धि गरेको थियो। ३ पुस्ताभन्दा बाहिर नामसारी शुल्क ३२८.५७ प्रतिशतसम्म र ३ पुस्ताभन्दा भित्र २२८ प्रतिशतसम्म वृद्धि प्रदेश सरकारले गरेको थियो। जसलाई घटाएर शुक्रबारको मन्त्रिपरिषद् बैठकले गत वर्षकै शुल्क कायम गरेको हो। 

Ncell 2
Ncell 2

आर्थिक ऐन, २०७९ को अनुसूची २ को (क) सवारी साधन करअन्तर्गत प्रकरण (२) मा उल्लेख भएको भाडामा दर्ता भएका सवारी साधन करलाई पनि सरकारले अघिल्लो वर्षकै कर कायम गर्ने गरी निर्णय गरेको छ। 

भाडाका बस, मिनीबस तथा माइक्रोबस लगायत सार्वजनिक सवारी साधनले विद्यार्थीलाई सहुलियतको रुपमा भाडामा छुट दिएबापत त्यस्ता सवारी साधनका धनीले तिर्नुपर्ने सवारी साधन करलाई पनि अघिल्लो वर्षकै यथावत् राखेको छ। अघिल्लो आर्थिक वर्षमा ६६ प्रतिशत छुट थियो, तर चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत् छुट घटाएर ३३ प्रतिशत बनाएको थियो। अर्थमन्त्री बरालको प्रस्तावमा छुटमा वृद्धि गरिएको हो।  

चालु आर्थिक वर्षको बजेटमा मुख्यमन्त्रीको निर्देशन अस्वीकार गर्दै अर्थमन्त्री बरालले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम हटाएका थिए। सोही कारण बजेटमाथि लामो समय संसद्‌ (प्रदेश सभा)मा छलफल पनि चलेन। पछि बजेटमा  कार्यक्रममा समावेश गरिएको थियो। 

आए २ अध्यादेश 
गण्डकी प्रदेश सरकारले २ वटा अध्यादेश ल्याएको छ। प्रदेश मन्त्रिपरिषद्‌को शुक्रबारको बैठकले प्रदेश निजामती सेवा र स्थानीय सेवा गठन तथा सञ्चालनसम्बन्धी अध्यादेश ल्याएको हो। प्रदेश सभाको कार्यकाल असोज १ गते सकिएपछि सरकारले अध्यादेश ल्याएको हो। संसद् नभएको बेला कानुन ल्याउन आवश्यक हुँदा अध्यादेश जारी गर्न सक्ने कानुनी व्यवस्था छ। 

प्रदेश सरकारले आफूहरूमाथि अन्याय गर्न खोजेको भन्दै स्थानीय तहका कर्मचारी आन्दोलित थिए। उनीहरुले ऐनमार्फत् प्रदेशका कर्मचारी र स्थानीय कर्मचारीलाई विभेद गरेको आरोप लगाएका थिए। तर सरकारले ल्याएको अध्यादेशमा कर्मचारीले राखेका माग सम्बोधन भएको छैन। 

प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  २१:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । मंगलबार, पुस २२, २०८२
दोहोरो अंकले घट्यो नेप्से साताको पहिलो दिन आइतबार नेप्से सूचक १०.२९ अंकले घटेर २६१०.६३ अंकमा अडेको हो । आइतबार, पुस २०, २०८२
अमेरिकी डलरको भाउ निरन्तर उकालो आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा पुनः बृद्धि भएको छ । शनिबार, पुस १९, २०८२
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार, पुस २२, २०८२
कोशीमा मन्त्रीमण्डल हेरफेर, कांग्रेस-एमालेका ५/५ नयाँ मन्त्री नियुक्त मंगलबार, पुस २२, २०८२
राष्ट्रिय सभामा पाँच दलबीच भागबन्डा मंगलबार, पुस २२, २०८२
पाँच वर्षपछि सार्वजनिक भयो संसद् विघटन बदर गरेको फैसलाको पूर्णपाठ मंगलबार, पुस २२, २०८२
सिनामंगलको काठ गोदाममा आगलागी मंगलबार, पुस २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो मंगलबार, पुस २२, २०८२
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा मंगलबार, पुस २२, २०८२
पाँच वर्षपछि सार्वजनिक भयो संसद् विघटन बदर गरेको फैसलाको पूर्णपाठ मंगलबार, पुस २२, २०८२
रास्वपाको वृहत् राजनीतिक समायोजन घोषणा सभाः नागरिक उन्मुक्तिका असन्तुष्टहरु समेटिँदै सोमबार, पुस २१, २०८२
रास्वपाको समानुपातिक उम्मेदवारीबाट नाम फिर्ता लिने छ जना पुगे सोमबार, पुस २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्