• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अब होटल तथा रेष्टुराँले सर्भिस चार्ज र भ्याट जोडेर लिन नपाउने

64x64
नेपाल लाइभ शनिबार, असोज ८, २०७९  ११:२७
1140x725

काठमाडौं– अब होटल तथा रेष्टुराँहरुले सर्भिस चार्ज र मूल्य अभिवृद्धिकर (भ्याट) मेनुमा अतिरिक्त जोडेर लिन नपाउने भएका छन्।

एक उपभोक्ताले ठगीमा परेको भन्दै दायर गरेको मुद्दामा फैसला सुनाउँदै काठमाडौं जिल्ला अदालतले मेनुभन्दाबाहेक अतिरिक्त रकम लिने कार्य गैरकानुनी ठहर गरेको छ।

जिल्ला अदालतले मेनुमा अतिरिक्त रकम जोड्ने कार्य उपभोक्ता संरक्षण ऐन, २०७५ र मूल्य अभिवृद्धि कर ऐन, २०५२ विपरीत भएको फैसलामा भनेको छ। जिल्ला अदालतको यो फैसलापछि अब होटल तथा रेष्टुराँहरुले सर्भिस चार्ज र भ्याटका नाममा थप रकम लिएमा ठगी हुने छ।

उनीहरुविरुद्ध क्षतिपूर्ति र जरिवानाको सजाय पनि हुने छ। मदन ढुंगानाले काठमाडौंको बुढानीलकण्ठस्थित ग्रिन भ्याली रिसोर्टविरुद्ध दायर गरेको मुद्दामा २०७९ भदौ ०२ गते जिल्ला अदालतले  फैसला  सुनाउँदै यस्तो ठहर गरेको हो।

आन्तरिक राजश्व कार्यालयको जवाफमा पनि होटल तथा रेष्टुराँहरुले आफ्नो मेनु प्राइस तयार गर्दा नै यस्तो सबै कुरा समावेश गर्नुपर्ने र पछि थप गर्न नमिल्ने उल्लेख गरेको भन्दै जिल्ला अदालत काठमाडौंले यस्तो रकम थप गरी लिएमा ठगी हुने उल्लेख छ। 

‘होटलले  राखेको मेनुप्राइस हेर्दा उक्त रकम मेनुप्राइसमा समावेश गरेको देखिन आएन,’ फैसलामा भनिएको छ, ‘मेनुप्राइसमा सेवा शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) समावेश नै नगरी उक्त रकमसमेत समावेश गरी प्रतिवादीले वादीसँग भुक्तानी लिएको देखियो।’  

कानुनले तोकेको शर्त र परिधि नाघी आफूखुशी अनुचित भुक्तानी लिने अधिकार कोही कसैलाई नहुने फैसलामा भनिएको छ। प्रतिवादीका  काम कारबाही कानुन विपरीतको देखिएकोले सेवा शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) को मूल्यसमेत समावेश गरी मेनुप्राईस राख्न लगाउने गरी मेनुप्राईसमाभन्दा बढी भुक्तानी लिएको रकम ३ हजार ७८ रुपैयाँ ६३ पैसा र वादीलाई पुग्न गएको क्षति र दुखःकष्ट समेतलाई मध्यनजर राखी क्षतिपूर्तिवापत  १० हजार भराउने फैसला अदालतले गरेको छ। 

‘उपभोक्ता संरक्षण ऐन, २०७५ ले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकारको संरक्षण तथा सम्वर्धन गर्न, उपभोक्तालाई प्राप्त हकको प्रचलनका लागि न्यायिक उपचार प्रदान गर्न र उपभोक्तालाई हुन सक्ने हानी नोक्सानीवापत क्षतिपूर्ति उपलब्ध गराउने हक सुनिश्चित गरेको छ,’ फैसलामा भनिएको छ, ‘उक्त ऐनले वस्तु वा सेवाको प्रयोगबाट भएको हानी नोक्सानीविरुद्ध क्षतिपूर्ति पाउने अधिकार उपभोक्तामा सुरक्षित गरेको देखिन्छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

यस्तो थियो घटना:
गत साउनमा ढुंगाना बुढानीलकण्ठस्थित ग्रिन भ्याली रिसोर्ट पुगेका थिए।  त्यहाँ उनीहरुले खानपिन गरेका थिए। भुक्तानी दिन खोज्दा मेनुमा १० प्रतिशत सेवा शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धिकर अतिरिक्त लिने गरिएको बताएपछि ठगीको उजुरी गरेका थिए।

मूल्य अभिवृद्धिकर नियमावली २०५३ को नियम १४ ख मा वस्तु वा सेवाको मूल्यमा करसहितको मूल्य उल्लेख हुनुपर्ने कुरा उल्लेख भएको अवस्थामा होटलले तिराउन लागेको बिल गैरकानुनी भएको भन्दै उनी आन्तरिक राजश्व विभागदेखि जिल्ला अदालतसम्म उपभोक्ता अधिकार माग्दै पुगेका थिए। लगत्तै राजश्व विभागको टोलीले अनुगमन गर्दै १० हजार जरिवाना गरेको थियो।

लाखौं ठगी गर्ने अनि १० हजारमात्र जरिवानाले उन्मुक्ति नपाउने भन्दै उनले जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए। आन्तरिक राजश्व कार्यालय महाराजगञ्जमा उजुरी गर्दा उजुरीकर्ताले आफूसँग मेनु प्राइसमा उल्लेख भएको भन्दै ३ हजार ८२ रुपैयाँ बढी रकम लिइएको भन्दै उक्त रकम फिर्ता पाउने व्यवस्था गर्न पनि निवेदन दिएका थिए। 

साथै ठगी गर्ने रिसोर्टलाई कारबाहीको पनि माग गरेका थिए। आन्तरिक राजश्व कार्यालय महाराजगञ्जमा उजुरी गर्दा कारबाहीबारे जानकारी दिएको तर बढी मूल्य लिएको सम्बन्धमा कारबाही गरिएको र रकम फिर्ता गराउने क्षेत्राधिकार आफूमा नभएको जवाफ दिएको थियो।

Xtrem

Xtrem

आन्तरिक राजश्व कार्यालयले क्षतिपूर्ति नभराउने भएपछि उपभोक्ता वाणिज्य तथा उपभोक्ता संरक्षण विभागमा पनि उजुरी बोकेर पुगेका थिए ढुंगाना। तर, उपभोक्ता विभागले पनि क्षतिपूर्तिको व्यवस्था विभागले गर्न नसक्ने भन्दै त्यसका लागि अदालत जानुपर्ने भन्दै उजुरीकर्तालाई पत्र दिएको थियो।

यसरी यो मुद्दा जिल्ला अदालत पुगेको थियो। हालै मात्र सर्वोच्च अदालतले उपभोक्ताको ठगीका लागि हेर्न छुट्टै उपभोक्ता अदालत गठन गर्न आदेश गरेको छ। सरकारले सातै प्रदेशमा उपभोक्ता अदालत गठन गर्ने चर्चा धेरै अघिदेखि गर्दै आएको छ तर हालसम्म गठन हुन सकेको छैन। अन्तर्राष्ट्रिय रुपमा पनि यस्ता अदालतहरुले उपभोक्ताको ठगी सम्वन्धी गुनासोहरु सुन्ने र फैसला गर्ने गर्दछन्। 

बुढानीलकण्डस्थित ग्रिन भ्याली रिसोर्ट अत्यन्तै व्यस्त र चल्तीको रिसोर्ट हो। उक्त रिसोर्टको वार्षिक कारोवार ५० करोडभन्दा बढी रकमको हुने गरेको छ। तर, कानुन विपरीतको शुल्क लिएको भनेर उजुरी गर्दा कर कानुनले क्षतिपूर्तिको व्यवस्था पनि नगरेको भन्दै मात्रै एक हजार जरिवाना गरेर उम्कने स्थिति आएको छ।

सामान्य अवस्थामा ५० करोडको कारोबार हुँदा करिब ६ करोड भ्याट मात्रै हुन्छ। तर, यदि सेवा शुल्क र भ्याटवापत अतिरिक्त शुल्क लिने हो भने ५० करोडको १० प्रतिशतले हुने रकम ५ करोड र कूल हुने ५५ करोडको १३ प्रतिशत रकम जोड्दा थप ७ करोड भ्याटवापत तिर्नुपर्ने हुन्छ। 

यसरी ५० करोडको कारोबारमा उपभोक्ताले करिब १२ करोड रुपैयाँ अतिरिक्त रकम तिर्नुपरेको हुन्छ। तर, करिब १२ करोड रुपैयाँ रिसोर्टले ठगी गरी अतिरिक्त शुल्क असुल गर्दा कर कार्यालयले भने मात्रै एक हजार जरिवाना गरेर उन्मुक्ति दिने गरेको छ।

यस्तो छ फैसलाको पूर्णपाठ

No description available.No description available.No description available.

प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  ११:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सक्ने निर्णय
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
दसैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सक्ने निर्णय मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद मंगलबार, असोज २०, २०८३
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्