• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

पल शाहको मुद्दाकाे पूर्णपाठ : प्रमाणले पुष्टि नगर्दा सफाइ, सञ्चार माध्यम र अभिभावकको भूमिकामाथि टिप्पणी 

64x64
नेपाल लाइभ शुक्रबार, असोज ७, २०७९  १७:२६
1140x725

काठमाडौं-  नाबालिग गायिकामाथि बलत्कार गरेको आरोप लागेर सफाइ पाएका तर बाल यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर भएका पल शाह (पूर्णविक्रम) को मुद्दाको पूर्णपाठ सार्वजनिक भएको छ। जिल्ला अदालत नवलपुरले भदौ २१ गते पुर्पक्षका लागि थुनामा रहेका उनलाई साढे २ वर्ष कैद र  क्षतिपूर्ति भराउने फैसला गरेको थियो। 

नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले शाह बाल यौन दुर्व्यवहारको मुद्दामा  दोषी ठहर गर्दै पीडितलाई १० लाख क्षतिपूर्ति  र २५ हजार जरिवाना गरेको थियो। उनीविरुद्ध तनहुँ जिल्ला अदालतमा पनि मुद्दा विचाराधीन छ।  

बलात्कार आरोपमा जाहेरी परेपछि शाह गत फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गर्दै जिल्ला प्रहरी कार्यालय, तनहुँमा उपस्थित भएका थिए। 

सञ्चार माध्यमदेखि पीडितका अभिभावकको भूमिकामाथि टिप्पणी 
जिल्लाले पूर्णपाठमा सार्वजनिक सञ्चार माध्यमले गरेको 'मिडिया ट्रायल' देखि पीडितको अभिभावकको भूमिकासम्मलाई लिएर व्याख्या गरेको छ। त्यस्तै जिल्लाले शाहले आफ्नो 'पब्लिक फिगर' लाई गलत रुपमा प्रयोग गरेको भने ठहर गरेको छ। 

‘आफूप्रति कोही नजिक हुन र आफ्नो पब्लिक फिगरको कारणले फ्यान बन्न खोज्यो भन्दैमा आफ्नो रिल लाइफको क्रेजलाई वास्तविक जीवनमा गलत रुपले प्रयोग गर्नु हुँदैन,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘आर्कषण हुनु , नजिक हुनु र उसँसग हिडडुल गर्न खोज्दैमा त्यसको गलत प्रयोग वा आफूलाई गलत क्रियाकलाप गर्न अनुमति हुँदैन।’ 

फैसलाको पूर्णपाठमा बलात्कार ठहर गर्न प्रमाणको अभाव रहेको, न्यायालयले शंकाको भरमा मात्रै फैसला गर्न नसक्ने भनिएको छ।  ‘पीडित भनिएकी बालिकाले आफूमाथि जबरजस्ती करणी नभएको, जाहेरवाला र पीडितले पनि आफैले पनि अरुको उक्साहटमा परी जाहेरी दिएको बकपत्र गरेको देखिन्छ,’  पूर्णपाठमा भनिएको छ, ‘यसरी अदालतसमक्ष गरेको बयान समेतलाई हेर्दा अभियोगपत्रलाई मात्रै प्रमाणका रुपमा लिंदै ठहर गर्नेसम्म पुग्न सकिंदैन।’ 

पीडित नाबालिका आफू पनि गायन  र म्युजिक भिडियो लगायत अभिनयको क्षेत्रमा अलग्गै पहिचान बनाएकी र उदाउँदो बाल प्रतिभा  भएको देखिएको बताउँदै उनले आफूलाई जोखिममा राखेर अरुलाई फसाउने खोजेको भन्ने जिकिर पनि अदालतले गलत सावित गरेको छ।  

शाहलाई सफाइ दिने ठहरखण्डको प्रकरण ५२ मा अनुमानको आधारमा जबर्जस्ती करणी भएको कसुर ठहर गर्न नमिल्ने तर्क गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘मिसिल संलग्न प्रतिवादीको मौका र अदालतको बयान, पीडित स्वयंले जाहेरी व्यहोरा खण्डित हुने गरी अदालतमा उपस्थित भई गरेको बकपत्र, जाहेरवालाको आफ्नै जाहेरी व्यहोरा खण्डित हुने गरी अदालतसमक्ष उपस्थित भई गरेको बकपत्र देखिन्छ,’ पूर्णपाठमा भनिएको छ, ‘घटनाविवरण कागज गर्ने व्यक्तिहरु र मौकामा कागज गर्ने अन्य व्यक्तिहरुले मौकामा गरेको कागज र अदालतसमक्ष समेत उपस्थित भइ गरेको बकपत्र समेतबाट यी प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले जवरजस्ती करणी गरेको  निष्कर्षमै पुग्न सकिँदैन।’ 

मिसिल भन्दा बाहिर गइ अनुमानको आधारमा करणी भएको भनी तथ्य र मिसिलमा आधारित नभई प्रतिवादी उपर कसूर ठहर गर्न नमिल्ने  समेत फैसलामा भनिएको छ।

यसैगरी कन्याजाली च्यातिएको कुरालेसमेत कसुर प्रमाणित नगर्ने उल्लेख छ। भनिएको छ,  'पीडितको स्वास्थ्य जाँच परीक्षणबाट कन्याजाली च्यातिएको भनी उल्लेख भए पनि शारीरिक सम्पर्क वा करणीको कारणबाट नै कन्याजाली च्यातिएको हो भनी अनुमान गर्न समेत स्वयम् पीडित आफूले सानैबाट साइकल चलाउने र अरुलाई सिकाउने गरेको हुँ भनि अदालतसमक्ष आई गरेको बकपत्रबाट खण्डित हुन आएको छ।’ 

जबरजस्ती करणीको कसूरको अभियोगमा गरिएको दावी बाहेक अन्य वस्तुनिष्ठ प्रमाण कागजातबाट देखिन नआएकोले प्रतिवादीबाट अभियोगमा दावी गरेजस्तो फैसला नहुने बताइएको छ। थप भनिएको छ, 'पीडित परिवर्तित नाम २०७८ गैडाकोट ५(क) उपर मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र (२) बमोजिमको कसूर अपराध गरेको नदेखिँदा प्रतिवादी पल शाह भन्ने पूर्ण विक्रम शाहले आरोपित कसूरबाट सफाइ पाउने ठहर्छ।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अभिभावकीय जिम्मेवारी पूरा गर्न सकेको देखिएन 
जिल्लाले जाहेरवाला पीडितका बावु आमाको भूमिकामाथि पनि फैसलामा टिप्पणी गरेको छ।  ‘जाहेरवाला अर्थात् पीडित नाबालिकाका बुवाले आफ्नो अभिभावकीय जिम्मेवारी पूरा गर्न नसकेको देखिन्छ,’ फैसलाको पूर्णपाठमा भनिएको छ।   आगामी दिनमा अभिभावकीय कर्तव्य बहन गर्नुपर्ने गर्न सचेतसमेत  फैसलामा गराइएको छ। 

‘जाहेरवालाले उमेर नपुगेको आफ्नो नाबालक छोरीलाई गायन र अभिनय क्षेत्रमा आफ्नो अभिभावकीय जिम्मेवारी पूरा नगरी एक्लै छोडेको, आफूले पूरा गर्नुपर्ने अभिभावकीय कर्तव्यबाट च्यूत रहेको, आफूखुशी गायन र अभिनयमा एक्लै जान दिएको देखिन्छ,’  फैसलामा भनिएको छ, ‘यी विविध कारणबाट एउटा प्रतिभावान बाल कलाकारमाथि यौन दुर्व्यवहार सम्मको हिंसा पर्न गएको देखिँदा जाहेरवालालाई आगामी दिनहरुमा आफ्नो अभिभावकीय कर्तव्य वहन गर्न र नाबालक छोरीलाई आफ्नो पूर्ण संरक्षणमा राखी निजको शिक्षादिक्षा लगायतका काममा उचित ध्यान दिनसमेत यसै फैसलाबाट सचेत गराइन्छ ।’

मिडिया ट्रायलमा जोड दिँदै सचेत हुन आदेश 
फैसलाको पूर्णपाठमा जिल्ला  न्यायाधीश यज्ञप्रसाद आचार्यले मिडिया ट्रायल र सञ्चार माध्यमले सचेत हुनुपर्ने धेरै कुरा ब्याख्या गरेका छन्। आम जनताको सूचनाको हक रहेका सञ्चार माध्यमका कारण अदालत र न्यायाधीशमाथि आइपर्ने दबावको विषय पनि पूर्णपाठमा टिप्पणी गरेका छन्। 

सडकको आवाज वा मिडियामा आएका समाचारकै आधारमा अदालतले फैसला गर्न नमिल्ने भन्दै मिसिलमा रहेका तथ्य र प्रमाण नै सबैभन्दा महत्वपूर्ण हुने उल्लेख फैसलामा छ।  तथ्यमा आधारित भएर सार्वजनिक सञ्चार माध्यमले समाचार सम्प्रेषण गर्नुपर्ने फैसलामा लेखिएको छ। 

‘मिसिल संलग्न माथि उल्लेखित आधार र प्रमाणहरुबाट प्रतिवादीले करणीको कसूर गरेको भनी अनुमान गर्न मिल्ने अवस्था देखिँदैन । अदालतले सडकमा उठाइएको आवाज एवम् प्रदर्शन र मिडियामा भएको ट्रायललाई हेरेर निर्णयमा पुग्ने होइन,’ फैसलाको पुर्णपाठमा भनिएको छ, ‘अदालतमा पेश भएको कुनै पनि विवादको निर्णयमा पुग्नको लागि मिसिलमा पेश भएका तथ्य र प्रमाण नै निर्णयको लागि आवश्यक हुन्छ। अझ फौजदारी विवादको हकमा प्रतिवादी माथी लगाइएको आरोप वादी पक्षबाट शंकारहित तवरबाट पुष्टि गरिएको हुनु पर्दछ।’

बालबालिका विरुद्धको कसुर अपराधलाई मिडियाले हल्का रुपमा लिएर गोपनीयता कायम राख्न नसकेको आरोप जिल्ला अदालतले लगाएको छ। विषयवस्तुको संवेदनशीलतालाई बेवास्ता गरिएको र फोटो तथा नाम समेत राखेर समाचार सम्प्रेषण हुने कार्य भएको फैसलामा उल्लेख छ। 

‘बालबालिका उपरको कसूर अपराधलाई हल्का रुपमा लिई गोपनीयता कायम गर्नुपर्ने कसूर अपराधमा समेत मिडिया ट्रायल गर्ने, आफ्नो न्युजमा भ्यूज बढाउनको लागि विषयवस्तुको संवेदनशीलतालाई बेवास्ता गरिएको देखियो,’ फैसलाको  पूर्णपाठमा भनिएको छ, ‘यसरी समाचार सम्प्रेषण गरी आफूखुसी सत्य तथ्य भन्दा बाहिर गई समाचारहरु बनाउँदा र सम्प्रेषण गर्दा यसले समाजमा एउटा नकारात्मक सन्देश प्रवाह हुन गएकोले सम्पूर्ण मिडिया क्षेत्रलाई समेत विषयवस्तुको संवेदनशीलतालाई विचार गरेर मात्रै वास्तविक समाचार सम्प्रेषण गर्न र नागरिकको सूचनाको हकलाई सम्मान गर्न सचेत गराइन्छ।’

जिल्लाले सञ्चारमाध्यमलाई सचेत गराइएको फैसलाको जानकारी प्रेस काउन्सिल नेपाललाई समेत दिन आदेशमा भनेको छ। 

यस्तो छ फैसलाको पूर्णपाठ

प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  १७:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्