• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

पल शाहको मुद्दाकाे पूर्णपाठ : प्रमाणले पुष्टि नगर्दा सफाइ, सञ्चार माध्यम र अभिभावकको भूमिकामाथि टिप्पणी 

64x64
नेपाल लाइभ शुक्रबार, असोज ७, २०७९  १७:२६
1140x725

काठमाडौं-  नाबालिग गायिकामाथि बलत्कार गरेको आरोप लागेर सफाइ पाएका तर बाल यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर भएका पल शाह (पूर्णविक्रम) को मुद्दाको पूर्णपाठ सार्वजनिक भएको छ। जिल्ला अदालत नवलपुरले भदौ २१ गते पुर्पक्षका लागि थुनामा रहेका उनलाई साढे २ वर्ष कैद र  क्षतिपूर्ति भराउने फैसला गरेको थियो। 

नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले शाह बाल यौन दुर्व्यवहारको मुद्दामा  दोषी ठहर गर्दै पीडितलाई १० लाख क्षतिपूर्ति  र २५ हजार जरिवाना गरेको थियो। उनीविरुद्ध तनहुँ जिल्ला अदालतमा पनि मुद्दा विचाराधीन छ।  

बलात्कार आरोपमा जाहेरी परेपछि शाह गत फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गर्दै जिल्ला प्रहरी कार्यालय, तनहुँमा उपस्थित भएका थिए। 

सञ्चार माध्यमदेखि पीडितका अभिभावकको भूमिकामाथि टिप्पणी 
जिल्लाले पूर्णपाठमा सार्वजनिक सञ्चार माध्यमले गरेको 'मिडिया ट्रायल' देखि पीडितको अभिभावकको भूमिकासम्मलाई लिएर व्याख्या गरेको छ। त्यस्तै जिल्लाले शाहले आफ्नो 'पब्लिक फिगर' लाई गलत रुपमा प्रयोग गरेको भने ठहर गरेको छ। 

‘आफूप्रति कोही नजिक हुन र आफ्नो पब्लिक फिगरको कारणले फ्यान बन्न खोज्यो भन्दैमा आफ्नो रिल लाइफको क्रेजलाई वास्तविक जीवनमा गलत रुपले प्रयोग गर्नु हुँदैन,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘आर्कषण हुनु , नजिक हुनु र उसँसग हिडडुल गर्न खोज्दैमा त्यसको गलत प्रयोग वा आफूलाई गलत क्रियाकलाप गर्न अनुमति हुँदैन।’ 

फैसलाको पूर्णपाठमा बलात्कार ठहर गर्न प्रमाणको अभाव रहेको, न्यायालयले शंकाको भरमा मात्रै फैसला गर्न नसक्ने भनिएको छ।  ‘पीडित भनिएकी बालिकाले आफूमाथि जबरजस्ती करणी नभएको, जाहेरवाला र पीडितले पनि आफैले पनि अरुको उक्साहटमा परी जाहेरी दिएको बकपत्र गरेको देखिन्छ,’  पूर्णपाठमा भनिएको छ, ‘यसरी अदालतसमक्ष गरेको बयान समेतलाई हेर्दा अभियोगपत्रलाई मात्रै प्रमाणका रुपमा लिंदै ठहर गर्नेसम्म पुग्न सकिंदैन।’ 

पीडित नाबालिका आफू पनि गायन  र म्युजिक भिडियो लगायत अभिनयको क्षेत्रमा अलग्गै पहिचान बनाएकी र उदाउँदो बाल प्रतिभा  भएको देखिएको बताउँदै उनले आफूलाई जोखिममा राखेर अरुलाई फसाउने खोजेको भन्ने जिकिर पनि अदालतले गलत सावित गरेको छ।  

शाहलाई सफाइ दिने ठहरखण्डको प्रकरण ५२ मा अनुमानको आधारमा जबर्जस्ती करणी भएको कसुर ठहर गर्न नमिल्ने तर्क गरिएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

‘मिसिल संलग्न प्रतिवादीको मौका र अदालतको बयान, पीडित स्वयंले जाहेरी व्यहोरा खण्डित हुने गरी अदालतमा उपस्थित भई गरेको बकपत्र, जाहेरवालाको आफ्नै जाहेरी व्यहोरा खण्डित हुने गरी अदालतसमक्ष उपस्थित भई गरेको बकपत्र देखिन्छ,’ पूर्णपाठमा भनिएको छ, ‘घटनाविवरण कागज गर्ने व्यक्तिहरु र मौकामा कागज गर्ने अन्य व्यक्तिहरुले मौकामा गरेको कागज र अदालतसमक्ष समेत उपस्थित भइ गरेको बकपत्र समेतबाट यी प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले जवरजस्ती करणी गरेको  निष्कर्षमै पुग्न सकिँदैन।’ 

मिसिल भन्दा बाहिर गइ अनुमानको आधारमा करणी भएको भनी तथ्य र मिसिलमा आधारित नभई प्रतिवादी उपर कसूर ठहर गर्न नमिल्ने  समेत फैसलामा भनिएको छ।

यसैगरी कन्याजाली च्यातिएको कुरालेसमेत कसुर प्रमाणित नगर्ने उल्लेख छ। भनिएको छ,  'पीडितको स्वास्थ्य जाँच परीक्षणबाट कन्याजाली च्यातिएको भनी उल्लेख भए पनि शारीरिक सम्पर्क वा करणीको कारणबाट नै कन्याजाली च्यातिएको हो भनी अनुमान गर्न समेत स्वयम् पीडित आफूले सानैबाट साइकल चलाउने र अरुलाई सिकाउने गरेको हुँ भनि अदालतसमक्ष आई गरेको बकपत्रबाट खण्डित हुन आएको छ।’ 

जबरजस्ती करणीको कसूरको अभियोगमा गरिएको दावी बाहेक अन्य वस्तुनिष्ठ प्रमाण कागजातबाट देखिन नआएकोले प्रतिवादीबाट अभियोगमा दावी गरेजस्तो फैसला नहुने बताइएको छ। थप भनिएको छ, 'पीडित परिवर्तित नाम २०७८ गैडाकोट ५(क) उपर मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र (२) बमोजिमको कसूर अपराध गरेको नदेखिँदा प्रतिवादी पल शाह भन्ने पूर्ण विक्रम शाहले आरोपित कसूरबाट सफाइ पाउने ठहर्छ।’ 

अभिभावकीय जिम्मेवारी पूरा गर्न सकेको देखिएन 
जिल्लाले जाहेरवाला पीडितका बावु आमाको भूमिकामाथि पनि फैसलामा टिप्पणी गरेको छ।  ‘जाहेरवाला अर्थात् पीडित नाबालिकाका बुवाले आफ्नो अभिभावकीय जिम्मेवारी पूरा गर्न नसकेको देखिन्छ,’ फैसलाको पूर्णपाठमा भनिएको छ।   आगामी दिनमा अभिभावकीय कर्तव्य बहन गर्नुपर्ने गर्न सचेतसमेत  फैसलामा गराइएको छ। 

‘जाहेरवालाले उमेर नपुगेको आफ्नो नाबालक छोरीलाई गायन र अभिनय क्षेत्रमा आफ्नो अभिभावकीय जिम्मेवारी पूरा नगरी एक्लै छोडेको, आफूले पूरा गर्नुपर्ने अभिभावकीय कर्तव्यबाट च्यूत रहेको, आफूखुशी गायन र अभिनयमा एक्लै जान दिएको देखिन्छ,’  फैसलामा भनिएको छ, ‘यी विविध कारणबाट एउटा प्रतिभावान बाल कलाकारमाथि यौन दुर्व्यवहार सम्मको हिंसा पर्न गएको देखिँदा जाहेरवालालाई आगामी दिनहरुमा आफ्नो अभिभावकीय कर्तव्य वहन गर्न र नाबालक छोरीलाई आफ्नो पूर्ण संरक्षणमा राखी निजको शिक्षादिक्षा लगायतका काममा उचित ध्यान दिनसमेत यसै फैसलाबाट सचेत गराइन्छ ।’

मिडिया ट्रायलमा जोड दिँदै सचेत हुन आदेश 
फैसलाको पूर्णपाठमा जिल्ला  न्यायाधीश यज्ञप्रसाद आचार्यले मिडिया ट्रायल र सञ्चार माध्यमले सचेत हुनुपर्ने धेरै कुरा ब्याख्या गरेका छन्। आम जनताको सूचनाको हक रहेका सञ्चार माध्यमका कारण अदालत र न्यायाधीशमाथि आइपर्ने दबावको विषय पनि पूर्णपाठमा टिप्पणी गरेका छन्। 

सडकको आवाज वा मिडियामा आएका समाचारकै आधारमा अदालतले फैसला गर्न नमिल्ने भन्दै मिसिलमा रहेका तथ्य र प्रमाण नै सबैभन्दा महत्वपूर्ण हुने उल्लेख फैसलामा छ।  तथ्यमा आधारित भएर सार्वजनिक सञ्चार माध्यमले समाचार सम्प्रेषण गर्नुपर्ने फैसलामा लेखिएको छ। 

‘मिसिल संलग्न माथि उल्लेखित आधार र प्रमाणहरुबाट प्रतिवादीले करणीको कसूर गरेको भनी अनुमान गर्न मिल्ने अवस्था देखिँदैन । अदालतले सडकमा उठाइएको आवाज एवम् प्रदर्शन र मिडियामा भएको ट्रायललाई हेरेर निर्णयमा पुग्ने होइन,’ फैसलाको पुर्णपाठमा भनिएको छ, ‘अदालतमा पेश भएको कुनै पनि विवादको निर्णयमा पुग्नको लागि मिसिलमा पेश भएका तथ्य र प्रमाण नै निर्णयको लागि आवश्यक हुन्छ। अझ फौजदारी विवादको हकमा प्रतिवादी माथी लगाइएको आरोप वादी पक्षबाट शंकारहित तवरबाट पुष्टि गरिएको हुनु पर्दछ।’

बालबालिका विरुद्धको कसुर अपराधलाई मिडियाले हल्का रुपमा लिएर गोपनीयता कायम राख्न नसकेको आरोप जिल्ला अदालतले लगाएको छ। विषयवस्तुको संवेदनशीलतालाई बेवास्ता गरिएको र फोटो तथा नाम समेत राखेर समाचार सम्प्रेषण हुने कार्य भएको फैसलामा उल्लेख छ। 

‘बालबालिका उपरको कसूर अपराधलाई हल्का रुपमा लिई गोपनीयता कायम गर्नुपर्ने कसूर अपराधमा समेत मिडिया ट्रायल गर्ने, आफ्नो न्युजमा भ्यूज बढाउनको लागि विषयवस्तुको संवेदनशीलतालाई बेवास्ता गरिएको देखियो,’ फैसलाको  पूर्णपाठमा भनिएको छ, ‘यसरी समाचार सम्प्रेषण गरी आफूखुसी सत्य तथ्य भन्दा बाहिर गई समाचारहरु बनाउँदा र सम्प्रेषण गर्दा यसले समाजमा एउटा नकारात्मक सन्देश प्रवाह हुन गएकोले सम्पूर्ण मिडिया क्षेत्रलाई समेत विषयवस्तुको संवेदनशीलतालाई विचार गरेर मात्रै वास्तविक समाचार सम्प्रेषण गर्न र नागरिकको सूचनाको हकलाई सम्मान गर्न सचेत गराइन्छ।’

जिल्लाले सञ्चारमाध्यमलाई सचेत गराइएको फैसलाको जानकारी प्रेस काउन्सिल नेपाललाई समेत दिन आदेशमा भनेको छ। 

यस्तो छ फैसलाको पूर्णपाठ

प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  १७:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पुल बगाएपछि धादिङबेँसीमा पेट्रोल लिन सर्वसाधारणको भिड
रसुवासहित ६ जिल्लालाई गर्‍यो संकटग्रस्त जिल्ला घोषणा, अरु के–के निर्णय भए?
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन
सम्बन्धित सामग्री
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
पुल बगाएपछि धादिङबेँसीमा पेट्रोल लिन सर्वसाधारणको भिड बुधबार, भदौ १०, २०८३
रसुवासहित ६ जिल्लालाई गर्‍यो संकटग्रस्त जिल्ला घोषणा, अरु के–के निर्णय भए? बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
विदुरस्थित एक माध्यमिक विद्यालय बाढीले बगायो बुधबार, भदौ १०, २०८३
प्रतिनिधि सभा बैठक [लाइभ] बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्