कञ्चनपुर– भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या घटनाको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) ले डिएसपीको नेतृत्वमा अनुसन्धान टोली खटिएको छ। घटना निकै रहस्यमय भएकाले सिआइबीबाट टोली खटाइएको हो।
सिआइबीका डिएसपी अंगुर जिसी नेतृत्वको टोलीको घटनाको अनुसन्धान सुरु गरेको छ।
गत बिहीबार दिउँसो सडक छेउमा उनी मृत भेटिएकी थिइन्। उनको बलात्कारपछि हत्या भएको आफन्तले आशंका गरेका छन्।
पन्तको सोमबार महाकाली नदीको भुजेला घाटमा अन्त्येष्टी गरिएको छ। प्रशासनसँग सहमतिपछि आफन्तले शव बुुझेका हुन्।
पन्त हत्याका अभियुक्तलाई पक्राउ गर्न संसदमा समेत कुरा उठिसकेको छ। कञ्चनपुरका एसपी दिल्लीराज बिष्टले केही दिनभित्रै अभियुक्त पक्राउ गरिने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।