• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

आराम गर्दा पनि मेरुदण्ड दुख्ने रोग के हो?

64x64
नेपाल लाइभ सोमबार, साउन १४, २०७५  ०५:१९
1140x725

केही मानिसमा आराम गर्दा मेरुदण्ड दुख्ने तर काम वा हिँडडुल गर्दा कम हुने समस्या देखिन्छ। यसलाई ‘स्पोनडाइलो आर्थराइटिस’ अर्थात् बोलीचालीको भाषामा मेरुदण्डको बाथ भनिन्छ। यसलाई सामान्य रुपमा मेरुदण्डको रोगको रुपमा लिइए पनि यसले शरीरका अन्य जोर्नी र अंगमा पनि उत्तिकै असर गरिरहेको हुन्छ। यो केवल मेरुदण्डको बाथ मात्र नभई दीर्घकालीन रोग हो। 

यो रोग महिलाको तुलनामा पुरुषलाई बढी हुने गर्छ। विशेषगरी कम उमेरका पुरुषमा यो समस्या बढी देखिन्छ। यो रोगअन्तर्गत एन्काइलोजिङ स्पोनडाइलो आर्थराइटिस, रियाक्टिभ आर्थराइटिस, सोरियाटिक अर्थाराइटिस, इन्टेरोपेथिक आर्थराइटिस र जुभेनियल (१६ वर्ष मुनिका बच्चामा हुने) स्पोनडाइलो आर्थराइटिस पर्दछन्। तर, यसमा सबैभन्दा प्रमुख समस्या भनेको एन्काइलोजिङ स्पोनडाइलो आर्थराइटिस नै हो। यो आर्थराइटिस सामान्यतया वंशाणुगत रुपमा जसमा ‘एचएलए बी २७’ जीन पोजेटिभ हुन्छ, उनीहरुमा देखिने गर्दछ। यसबाहेक आन्द्रमा हुने जीवाणुको संक्रमणले यी समस्या देखिने तथ्यहरु फेला परेका छन्। 

एन्काइलोजिङ स्पोनडाइलो आर्थराइटिसमा विशेषगरी मेरुदण्ड, कम्मर र मेरुदण्डबीचको हड्डीमा असर गर्छ। यो समस्या २० देखि ४० वर्षबीचका पुरुष युवामा बढी देखिन्छ।

रियाक्टिभ आर्थराइटीस पिसाबको संक्रमण वा पखाला लागेको केही दिनदेखि केही हप्तापश्चात् पनि देखापर्न सक्छ। जसमा शरीरका ठूला जोर्नीमा असर गर्छ। धेरैजसो खुट्टाका जोर्नीमा समस्या देखिन्छ। 

सोरियाटिक आर्थराइटिस सोराइसिस भन्ने छालाका रोगीमा देखिन्छ। जसमा शरीरका साना तथा ठूला दुवै जोर्नीमा असर पर्न सक्छ। 

इन्टेरोपेथिक आर्थराइटीस आन्द्राको अल्सरेटिभ कोलाइटिस र क्रोन्स रोग भएका बिरामीमा देखिन्छ। आन्द्राको यी समस्यामा पेट दुख्ने, दीर्घकालिन पखाला लाग्ने, दिसामा रगत जाने, तौल घट्नेजस्ता लक्षण देखिन्छन्। इन्टेरोपेथिक आर्थराइटिसमा मेरुदण्ड र कम्मरबीचको जोर्नी तथा घुँडामा दुख्ने समस्या हुन्छ। 

लक्षण
सवैभन्दा बढी हुने ‘एन्काइलोजिङ स्पोनडाइलो आर्थराइटिस’ को प्रमुख लक्षण ढाडको तल्लो भाग दुख्नु हो। यो दुखाइ महिनौंसम्म रहिरहन्छ र बिस्तारै बढ्दै जान्छ। आराम गर्दा ज्यादा दुख्ने र केही काम वा हिँड्डुल गर्दा दुखाई कम हुने यसका विशेषता हुन्। यसका साथै बिहान उठ्दा शरीर कक्रिएजस्तो हुन्छ। जुन हिड्डुल गर्न थालेपछि बिस्तारै कम हुँदै जान्छ। दुखाइका कारणले रातको दोस्रो प्रहरमा बिरामीको निद्रा टुट्ने, ढाडको तत्लो भाग पालैपालो दुख्नेजस्ता लक्षण देखिन सक्छन्। दुखाइका कारण निहुरिन गाह्रो हुने हुनाले दैनिक कामकाजमा कठिनाई हुन्छ। यसका साथै बिरामीमा थकान तथा कमजोरी महसुस हुन्छ।

लामो समयससम्म उपचार नभएमा हड्डीमा परेको असरका कारण ढाड कुप्रिने, घाँटी चलाउन कठिनाई हुने समस्या निम्तिन्छ। कहिलेकाही यो रोगमा हात वा खुट्टाको पुरै औला सुन्निएर दुख्ने पनि हुनसक्छ। खुट्टा टेक्ने बेलामा कुर्कुच्चा दुख्नु यो रोगको अर्को लक्षण हो। 

Ncell 2
Ncell 2
nimb
nimb

जटीलता 
यस रोगले जोर्नीबाहेक आँखा, मुटु, मिर्गौला र आन्द्रामा पनि नकारात्मक असर पु¥याउन सक्छ। कहिलेकाही यो रोगमा अकस्मात् आँखा रातो भएर दुख्ने र दृष्टिमा समस्या आउने  हुनसक्छ। उपचार नगरेको खण्डमा मिर्गौला फेल हुने तथा मुटुको भल्भको समस्याका कारण मानिसको मृत्यु पनि हुनसक्छ।

पहिचान
यो रोगको शंका लागेमा आवश्यकताअनुसार रगत परीक्षण, एक्स–रे तथा एमआरआई गराइन्छ। रगत परीक्षणमा एचएलए बी २७ जीनको परीक्षण यसको विशेष जाँच हो। 

उपचार
रोग पहिचान भएपछि यसको उपचार सम्भव छ। यो रोगका लागि खाने औषधिका साथै इन्जेक्सनहरु पनि उपलब्ध छन्, जसलाई बायोलोजिक्स भनिन्छ। बायोलोजिक्स छालामा दिने र नशामा दिने दुवै खालका हुन्छन््। बिरामीको अवस्था हेरेर कुन प्रकारको औषधि दिने हो, त्यो निर्णय विशेषज्ञ चिकित्सकले गर्ने गर्छन्। औषधिबाहेक यो रोगको उपचारसँग जोडिएको महत्वपूर्ण पक्ष नियमित व्यायाम हो। व्यायामले मेरुदण्ड स्वस्थ्य रहन मद्दत पु¥याउनुका साथै मंशपेशी बलियो बनाउने, दुखाई कम गर्न एवं शरीर कक्रन कम गर्न मद्दत गर्छ। 

मेरुदण्डमा मात्र नभई शरीरका अन्य जोर्नी र अंगमा समेत नकारात्मक असर पु¥याउने हुनाले स्पोनडाइलो आर्थराइटिसको समयमै निदान र उपचार गर्नुपर्छ। समयमै उपचार गराएमा यसबाट हुने गम्भीर जटिलताबाट समयमा नै बच्न सकिन्छ। 

-(वाथरोग विशेषज्ञ डा बिष्ट वीर अस्पतालमा कार्यरत छन्)

प्रकाशित मिति: सोमबार, साउन १४, २०७५  ०५:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्