बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ।
तिलोत्तमा–१० बेहोराकी १२ वर्षीया दीपिका ज्ञवालीको चट्याङ लागेर आइतबार मृत्यु भएको हो। चट्याङ लागेर घाइते दीपिकालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ।
तिलोत्तमा नगरपालिका–१७ मा रहेको खेतमा आमासँग घाँस काट्न गएका बेलामा साँझ ५ बजेतिर उनलाई चट्याङ लागेको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।