काठमाडौं- लन्डनको लर्ड्स क्रिकेट मैदानमा नेपाल र नेदरल्यान्ड्सबीच भएको खेल नतिजा बिहीन भएको छ। आइतबार राति भएको खेल वर्षाका कारण टुंगिन पाएन। आयोजक एमएमसी, नेपाल र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक खेललाई मौसमले प्रभावित पार्यो।
अन्तिम खेलमा नेपाल र नेदरल्यान्ड्स भिडेका थिए। मैदानमा भारि वर्षापछि खेल रद्द भएको हो। खेल रोकिनुअघि टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले १६ दशमलब ४ ओभरमा ४ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो। १२औं ओभरमा वर्षाले रोकिएपछि सुरु भएको खेल पुनः १७औं ओभरमा पुगेर रद्द भयो।
नेपालका लागि सोमपाल कामी, बसन्त रेग्मी र करण केसीले एक-एक विकेट लिए। त्यसपछि आयोजकले खराब मौसमका कारण अर्को इनिङ हुन नस्क्ने जनाएपछि नेपाल र नेदरल्यान्ड्सबीचको खेल जतिजाबिनै टुंगिएको हो।
यसअघि नेपालले आयोजक एमएमसीसँग भएको ६ ओभरको खेलमा ९ विकेटको जित हात पारेको थियो भने पहिलो खेलमा नेदरल्याण्ड्सले एमसिसीलार्इ १० रनले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।