काठमाडौं– लन्डनको लर्डस् क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा मेरिलोबन क्रिकेट क्लब(एमसिसी)ले नेपाललाई ४१ रनको लक्ष्य दिएको छ। एमसीसीले ६ ओभरमा ४ विकेट गुमाएर ४० रन बटुलेको हो।
वर्षाका कारण खेल ६–६ ओभरमा झारिएको हो।
पहिलो खेलमा नेदरल्याण्डले एमसिसीलाई १० रनले पराजित गरेको थियो।
सुरुमा फिल्डिङ रोजेको नेपालले बलिङमा राम्रो प्रदर्शन गर्याे। अन्तिम ओभरमा सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै २ रन मात्र दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।