काठमाडौं– वैदेशिक रोजगारीका लागि उत्तर कोरिया लैजाने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। सिन्धुलीका रामबहादुर थापा, मकवानपुरका दिनेश श्रेष्ठ र मकवानपुरकी कल्पना ढुंगानालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले पक्राउ गरेको हो।
उनीहरुले उत्तर कोरियामा लगेर कृषि फर्ममा जागिर लगाइदिने भन्दै ठगी गरेको सिआइबीका डिआईजी नारायणसिंह खड्काले बताए।
उनीहरुले २ जनासँग ५ लाख रुपैयाँ लिएका थिए। पक्राउ परेपछि उनीहरुले अन्य देशमा पठाइदिने भनेर समेत ठगी गरेको खुलेको छ।
पक्राउ परेकामध्ये थापा र ढुंगानाले दक्षिण अफ्रिका, अष्ट्रेलिया र पोल्याण्ड पठाउने भनेर समेत ४२ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका उपर ठगी मुद्दामा सिआइबीले कारबाही थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।