• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसद्को अन्तिम दिन शीर्ष नेता : बोल्दिनँ भन्दा भन्दै बोलायो साथीले!

64x64
नेपाल लाइभ शनिबार, असोज १, २०७९  १६:०४
1140x725

काठमाडौं- प्रतिनिधि सभाको अन्तिम दिन शनिबार। जस्तोसुकै बादविवाद भए पनि छुट्टिने बेला हार्दिकता बाँड्ने नेपाली प्रचलन हो। त्यही संसद्‌मा केही दिनअघि हुम्लाकी सांसद् रंगमती शाहीले संसद्‌बाट बिदा लिँदै खश भाषामा भनिन्, ‘निको भन्या सम्झी जाया,  फुच्चो भन्या बिर्सी जाया (राम्रो बोलेकी भए सम्झिदिनु,  नराम्रो बोलेकी थिएँ भने बिर्सिदिनु)।’

ठूला पार्टी शीर्ष नेताहरुलाई पनि हार्दिकतासहित छुट्टिनुपर्ने सचेतना नभएको होइन। त्यसकारण तीखो बोलेर आफूपछि बोल्नेको मुटु छेडिदिएका प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लागेको थियो- 'आज छुट्टिने बेलामा के कठोर बोली बोल्नु छ र?’

ओली आइलागेपछि जाइलागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लागेको थियो-  आज 'त्यस रुपमा' प्रस्तुत हुन आवश्यक छैन। 

तर, उनीहरु शनिबारको बैठकमा 'बोल्दिनँ भन्दा भन्दै बोलायो साथीले' अवस्थामा आइपुगे। छुट्टिने बेलामा ‘पख्लास् तँलाई मंसिर ४ गतेपछि’ भन्ने ठाउँमा पुगे।

आगामी निर्वाचनबाट तह लगाउने संकेसहित एमाले अध्यक्ष केपी शर्मा ओलीले भने,  ‘अब मंसिर ४ आउँदैछ। त्यसपछि जनताले देखाउनेछन्।’

त्यसको जवाफमा उत्रिए माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड। उनले भने,  ‘हाम्रो प्रतिपक्षी दलका नेताले भन्नुभयो मंसिर ४ गते थाहा हुन्छ, हेरौंला भनेर। मैले स्थायित्व र विकासलाई अवरोध गरेछु। स्थायित्वलाई अस्थिरतामा लगेछु भन्नुहोला र राम्रो वातावरण बन्ला सोचेको त फेरि उहि अहंकार? ठिकै छ मंसिर ४ गते हेर्ने, तपाईंले पनि हेर्नुहुन्छ,  हामीले पनि हेर्छौं। जनताको फैसला स्वीकार गर्ने नै हो।’

प्रचण्डपछि बोलेका एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले दाहाललाई सघाए,  'दिमाग खुल्ला कि भन्यो, खुल्दैन। आउने चुनावले दिमाग खुल्छ कि?’

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफैं मैदानमा उत्रिएनन्। झगडा बिउ रोपेपछि कम्युनिस्ट नेताहरु बाहुला सुर्केर उत्रिहाल्छन् भन्ने उनलाई थाहा थियो। उनले विवादको बिउ झिके,  'हुन त हाम्रो प्रतिपक्ष दलको नेताले परमादेशको सरकार भनेर भन्नु हुन्छ। यो संसद्‍ नै परमादेशबाट आएको हो। जसमा उहाँहरू र म काम गर्न पाइरहेका छौं। परमादेश नभएको भए उहाँ र हामी सँगै बसेर काम गर्न पाउने थिएनौं। विधेयक पारित गर्न सक्दैनथ्यौं। परमादेशले भेट गर्ने मौका दिएको छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

ओलीलाई यो बोली सह्य भएन। प्रधानमन्त्री देउवाको त्यही भनाइ उप्काएर ओलीले भने,  ‘आज छुट्टिने बेलामा के कठोर बोली बोल्नु छ र?  प्रधानमन्त्रीले यस्सो कुरा उठाउनु भएको भएर मात्र बाटो बिराउला कि भनेर त्यसलाई सही बाटोमा लैजान मात्र भनेको हुँ। अहिले भ्रष्टाचार त के कुरा गर्नु र? ...भन्दा देख्नेलाई लाज! एउटा नेपालीमा उखान छ त्यसको आधीमात्र भनेको। भ्रष्टाचारको उन्मूलन संविधान र कानुनबमोजिमको राज जनताले आकांक्षा गरेका हुन्छन्। बाहिर–बाहिर एकथोक भनिने र भित्र–भित्र अर्कोथोक गरिने अपेक्षा गरेका हुँदैनन्। जेहोस् सम्माननीय प्रमले यसो कुरा उप्काउनु भएको हुनाले मात्र यो कुरा भनेको हुँ।'

उनले अहिले निर्वाचनमा जानु नै रहेछ तर आफूले लैजाने कुरा गर्दा प्रतिगमन भएको आरोप लगाएको कुरा सम्झाए। ‘निर्वाचन घोषणा गर्नु प्रतिगमन हो? परमादेशबाट नक्कली सरकार गठन गर्ने कुरा प्रतिगमन हो,’ ओलीले भने।

ओलीले यसरी जवाफ दिइरहँदा दुई पटक सर्वोच्चले असंवैधानिक भनेको विघटन गलत नभएको जिकिर गरे। उनले आफ्नो निर्णय उल्ट्याउने सर्वोच्चको फैसला र न्यायाधीशहरुले तक्मा पाउनेदेखि अहिले विभिन्न कुरा आएको भन्दै फैसला गलत भएको दाबी गरे।

ओलीको दाबी आएपछि प्रचण्ड रोकिने अवस्था रहेन। प्रतिपक्ष दलका नेता ओलीले बोल्न बाध्य पारेको बताउँदै प्रचण्डले पार्टीभित्रको विवादमा तारो संसद्लाई बनाइएको स्पष्ट पारे। 

‘प्रमुख प्रतिपक्ष दलका नेताले लोकतन्त्र र प्रतिगमनको व्याख्या गरेको सुनियो। जे भने पनि हुने रहेछ कि भन्ने लागेको छ,’ उनले भने, ‘संविधानमा अर्को सरकार गठनको सम्भावना हुँदै दलभित्र नै छलफल नै नगरी संविधानको भावना विपरीत प्रतिनिधि सभा विघटन प्रतिगमन नभए के हो?’

परामादेश मात्रै होइन, नागरिकता विधेयकका विषयमा पनि नेताहरुले एकअर्काविरुद्ध उत्रिए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले नागरिकताको समस्या समाधानका लागि अध्यादेश ल्याउँदा मुद्दा हाल्न लगाएर रोकिएको बताए। 

शनिबार प्रतिनिधि सभाको यस कार्यकालकै अन्तिम बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले उतिबेला अध्यादेश ल्याउँदा मुद्दा हालेर रोक्न लगाउने तर अहिले प्रोपोगाण्डा मच्चाइएको आरोप लगाए। 

उनले अध्यादेश ल्याउने सरकारको अधिकारमासमेत अदालतबाट मुद्दा हालेर रोकिएको बताए। ओलीले आफूहरुले जन्मसिद्धका आधारमा नागरिकता दिन संशोधन ल्याउनभन्दा सरकारले नमानेको तर एमालेको कारण नागरिकता नदिएको आरोप लगाइने गरेको बताए। 

उनले भने, ‘नागरिकता विधेयकमा ऐन ल्याउनभन्दा नल्याउने अनि प्रोपोगाण्डा गरेर राजनीति गरेको आरोप लगाउने?’, उनले भने। 

पहिलोपटक सन्देशसहित फिर्ता पठाए पनि सरकारले त्यसको बेवास्ता गर्दै जस्ताको तस्तै पारित गरेको थियो। दुई सातादेखि राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयक रोकेर राखेकी छिन्। 

त्यसको जवाफमा प्रचण्डले आफूले पटक–पटक राज्य व्यवस्था समितिको प्रतिवेदनलाई अगाडि बढाउन गरेको आग्रहलाई तत्कालीन प्रधानमन्त्री ओलीले बेवास्ता गरेको बताए।

‘जतिबेला उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो। म पार्टीको अध्यक्ष थिएँ। राज्य व्यवस्था समितिमा नागरिकतासम्बन्धी विषयमा लामो छलफल गरेर बहुमतद्वारा एउटा निर्णय भयो। त्यतिबेला राज्य व्यवस्था समितिका सभापति अहिले भूमि व्यवस्थामन्त्री हुनुहुन्छ। म अध्यक्ष, उहाँ (ओली) प्रधानमन्त्री। ६ महिनासम्म लगातार, पटक–पटक बैठक गरेका छौं। जे राज्य व्यवस्थाबाट पारित भयो। त्यसलाई फुल हाउसमा लैजाऔँ (त्यतिबेला हाउस विघटन भएको थिएन) भन्दा कानमा तेल हालेर बस्ने भनौं कि बेवास्ता गर्ने उहाँ नै होइन र?’, प्रचण्डले भने।

यसरी अन्तिम दिनको बैठक पनि तिक्ततापूर्ण बनाएर नेताहरु चुनावकेन्द्रित हुने भएका छन्।

प्रकाशित मिति: शनिबार, असोज १, २०७९  १६:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रसुवा बाढी अपडेट : १ हजार २५२ शव फेला
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आज, को को परे मनोनयनमा ?
एसीसी प्रिमियर कपमा नेपाल ६ विकेटले विजयी
सम्बन्धित सामग्री
रास्वपाको सचिवालय बैठक जारी पार्टी सभापति रवि लामिछानेले बिहान १० बजे बोलाएको बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा जारी रहेको हो । बिहीबार, भदौ १८, २०८३
बाढी प्रभावित क्षेत्रमा पुगेर फर्केपछि गगनले दिए भिडियाे सन्देश, के छ सन्देशमा ? बिहीबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले सहयोग गर्न सक्नेले सहयोगमा जुट्न र नसक्नेले कम्तीमा विपत्तिको समयमा कटु... बिहीबार, भदौ १८, २०८३
देउवा पक्षको छुट्टै महाधिवेशन तयारीपछि कांग्रेस अनुशासन समिति बैठक बोलाइयो निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेपछि संस्थापनले अनुशासन समिति... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
रसुवा बाढी अपडेट : १ हजार २५२ शव फेला बिहीबार, भदौ १८, २०८३
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आज, को को परे मनोनयनमा ? बिहीबार, भदौ १८, २०८३
एसीसी प्रिमियर कपमा नेपाल ६ विकेटले विजयी बिहीबार, भदौ १८, २०८३
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कहाँबाट जाने ? विभागले देखायो वैकल्पिक बाटो बिहीबार, भदौ १८, २०८३
रास्वपाको सचिवालय बैठक जारी बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
सदनमा प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रचण्डको प्रश्न– ‘यहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो ?’ बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्