काठमाडौं– इंग्ल्यान्डको विश्वप्रसिद्ध लर्ड्स मैदानमा आज नेपाल, नेदरल्यान्ड्स र एमसिसीसँग त्रिकोणात्मक टी–२० सिरिज हुँदैछ।
एमसिसी माहेला जयवर्द्धनेको कप्तानीमा मैदान उत्रनेछ। श्रीलंकाका पूर्व कप्तान जयवर्द्धनेको नेतृत्वमा उत्रने टिममा इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय खेलाडी जोनाथन ट्रट पनि हुनेछन्।
नेपाल र नेदरल्यान्ड्सबीच हुने खेललाई भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले टी–२० अन्तर्राष्ट्रिय खेलको मान्यता दिएको छ। नेपालले तीन वर्षपछि टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो।
नेपालले नेदरल्यान्ड्सबिरुद्ध भने पाँचौ टी–२० खेल खेल्न लागेको हो। यसअघि नेपालले नेदरल्यान्ड्ससँग ४ खेलको टी–२० सिरिज खेलको थियो। उक्त सिरिजमा नेदरल्यान्ड्स ३–१ ले विजयी भएको थियो।
खेल तालिका
एमसिसी भर्सेस नेदरल्यान्ड्स – दिउँसो ३:४५ बजे
नेपाल भर्सेस एमसिसी – साँझ ५:५० बजे
नेपाल भर्सेस नेदरल्यान्ड्स – राति १०:०५ बजे
नेपाली टिम
पारस खड्का (कप्तान), अनिलकुमार साह, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल
एमसिसी
माहेला जयवर्द्धने (कप्तान), कसिफ अलि, डेलान बड, बरुण चोपडा, माट कोल्स, डान डाउथवेट, एलास्डयर इभान्स, जेम्स फोस्टर, पिटर मुर, टम स्मिथ, जोनाथन ट्रट, मार्ट वाट
नेदरल्यान्ड्स
पिटर सिलार (कप्तान), वेस्ले बारेसी, स्कट इडवार्ड्स, क्लेटोन फ्लोड, फ्रेडरिक क्लासन, बास डे लिड्स, पाउल भान मीबेरेन, म्याक्स ओडोड, हिडी ओभरजिक्स, मिचेल रिप्पोन, सेन स्टनर, टोनी स्टा, रायन टेन डोजटाचे, तोबिएस भिसी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।