• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २, २०८२ Fri, Jan 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

संसद् सकिँदैमा चोलेन्द्रमाथिको महाभियोग सकिँदैन

शम्भु थापा बुधबार, भदौ २९, २०७९  १८:१०
1140x725

पूर्वन्यायाधीश टोपबहादुर सिंह, जसलाई म एकदमै आदर गर्छु। उहाँले बोलाउनु भयो। म उहाँको निम्तोलाई स्वीकार गरेर यहाँ आएको छु। सिंह तिनै व्यक्ति हुनुहुन्छ, जसले अहिले महाभियोग लागेर निलम्वनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई कानुन सिकाउनुभयो। सिंहले सिकाएको कानुनकै जगमा उनी प्रधानन्यायाधीशसम्म पुगेका हुन्।

तिनै राणाले अहिले सिंह लगायतका सम्मानित पूर्वन्यायाधीशहरुमाथि संसदीय समितिमा आफूमाथि लागेको आरोपमा उभिएर टिप्पणी गरे। राणाको दिमागी अध्ययन, चरित्र कस्तो रहेछ भन्नेमा उनको टिप्पणीले प्रष्ट भएको छ।

मैले राणाका बारेमा थप भनिरहनु पर्दैन। अहिले उनीमाथि भ्रष्टाचार नै भ्रष्टाचारको आरोप छ। राणाले महाभियोग छानविन समितिमा उभिएर जुन टिप्पणी गरे, त्यो दुखद छ।

न्यायाधीश बनेर अवकाश पाएका टोपबहादुर सिंह, पवनकुमार ओझाहरुमाथि जसरी टिप्पणी गरिएको छ यसले राणाको अवस्था पुष्टि गरेको छ। 

पूर्वन्यायाधीश फोरमले नै सबैभन्दा पहिला चोलेन्द्रशमशेर राणाको गतिविधिमाथि प्रश्न उठाएको हो। अहिले राणाको महाभियोग के हुने भनेर धेरै चर्चा भएको सुनें। पूर्वन्यायाधीश फोरमले पनि आफ्नो विज्ञप्तिमा ती कुरा उल्लेख गरेकै होला। तर मेरो विचार अरुभन्दा अलि फरक छ। यसका लागि सविधानको धारा १०१ मा हेर्न जरुरी छ। उक्त धारामा संघीय संसदमा पेस हुने भनिएको छ।

चोलेन्द्रशमशेर राणाको महाभियोगमा पनि यो धारा आकर्षित हुन्छ। धारा १ मा महाभियोग सम्बन्धी व्यवस्था छ। यो संविधान र कानुनको गम्भीर उल्लंघन गरेको आधारमा प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले राष्ट्रपति र उपराष्ट्रपति विरुद्ध महाभियोग पेस गर्न सक्नेछ भनिएको छ। त्यस्तो प्रस्ताव संघीय संसदको दुवै सदनको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाइ मतबाट पारित भएमा निज पदमुक्त हुनेछ भनिएको छ।

संविधानको यो व्यवस्था चोलेन्द्रशमशेरको हकमा पनि लागू हुन्छ। महाभियोग स्थायी प्रकृतिको छ। यो संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा पनि जान्छ। त्यसैले महाभियोगको प्रस्ताव मर्छ भनेर कसैले भन्न सक्दैन।

प्रतिनिधि सभा निरन्तरताका लागि नयाँ सदस्य खोज्न निर्वाचनमा जान लागेको हो। यो मरेको छैन त्यसैले महाभियोग ज्युँदै रहन्छ। आवश्यक परेमा दुवै सदनका सांसदहरु मिलेर दुई तिहाइ पुर्याएर पारित गर्न सकिन्छ। महाभियोग मुद्दा हो। मुद्दा फैसला नभई सकिँदैन। हामी मुद्दा गर्ने वकिलले बुझेको कुरा यत्ति हो। चोलेन्द्रशमशेरकै भाषामा भन्दा हामी ठालु वकिलले, वरिष्ठ वकिलले बुझेको यही हो।  

Ncell 2
Ncell 2

यसरी हेर्दा वादी महाभियोग लगाउने सांसदहरु हुन्। प्रतिवादी चोलेन्द्रशमशेर हुन्। यो उनले सर्वोच्चमा रहँदा गरेका कुकृत्यहरुको आरोप हो। हामी साक्षी छौं। अदालतमा मुद्दा दायर भएपछि फैसला हुनुपर्छ अनि मात्र सकिन्छ।

यो मुद्दामा सबैभन्दा पहिला बोल्ने कोही थियो भने त्यो पूर्वन्यायाधीश फोरम थियो। उसले चोलेन्द्रशमशेरले न्यायिक विचलन ल्याएकाले हटाउनुपर्छ भनेर सार्वजनिक रुपमा पहिला बोलेको थियो।  पूर्वन्यायाधीशहरुले नै नेपाल बार पनि छ र भनेर प्रश्न गरेका थिए।

पूर्वन्यायाधीशले भनेपछि न्यायाधीशहरुले कात्तिक ८ गतेदेखि आन्दोलन सुरु गरे। अनि मात्र बारका कानुन  व्यवसायी उत्रेका हुन्। महाभियोग कहिल्यै मर्दैन। चोलेन्द्रले आफू विरुद्ध बोल्नेहरुका विषयमा जेसुकै टिप्पणी गरुन्, अझ मेरोबारेमा पनि जेसुकै टिपप्णी गर्छन् गरून्।

राणाले कति निचतापूर्वक काम गरे भने, आमाको शोक बारिरहेका न्यायाधीश प्रकाशमान सिंह राउतलाई न्यायाधीशको भेला बोलाएको भनेर समेत लेखाए। चोलेन्द्र को हुन् भन्ने कुरा केही समयअघि सार्वजनिक भएको रुद्र पोखरेलको अडियोले पनि पुष्टि गरेको छ।

कसरी एक जना बिचौलियाले घुस खान न्यायाधीशलाई चोलेन्द्रको पावर लगाए र उनको हैसियत के हो भन्ने देखाएको छ। उनले त हामी कतिपयलाई ठालु वकिल बनाए। यत्रो समय त वकालत गरियो तर  चोलेन्द्रकै समय घुस खुवाउन पर्खनुपर्ने थिएन।

मैले गर्वका साथ ठालु वकिलहरुको सेटिङ भत्काएँ भनेर चोलेन्द्रले भने। तर उनी नै इतिहासमा बदनाम व्यक्ति भए। कतिपय मुद्दामा आफूले गलत गरेको समितिमै स्वीकार गरेका छन्। अनि अरुलाई ठालु वकिल, सेटिङ भत्काएँ र घुस खान नदिएको भनी भ्रामक आरोप लगाए। 

हामीलाई पनि समितिले बोलाएको छ। बाँकी कुरा त्यही समितिमा उभिएर भन्छौं। मुख्य कुरा संसद् सकिँदैमा महाभियोग सकिँदैन।

अमेरिकामा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध दायर भएको महाभियोग पनि उनी राष्ट्रपतिबाट बिदा भए पनि चलेको थियो। नेपालमा पनि संसद् सकिएपछि बाँकी रहन्छ र अर्को संसदले यसलाई थप छानविन गरेर उनीमाथि निर्णय दिनुपर्छ।  

(वरिष्ठ अधिवक्ता थापाले पूर्वन्यायाधीश फोरममा बोलेको मुख्य अंश।)

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एमालेले बोलायो सचिवालय बैठक
आधिकारिकता दाबी गर्न गगन पक्षका नेताहरू निर्वाचन आयोगमा
काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
एमालेले बोलायो सचिवालय बैठक शुक्रबार, माघ २, २०८२
आधिकारिकता दाबी गर्न गगन पक्षका नेताहरू निर्वाचन आयोगमा शुक्रबार, माघ २, २०८२
काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगद्वारा आचारसंहिता कार्यान्वयनबारे राजनीतिक दलहरूसँग छलफल शुक्रबार, माघ २, २०८२
राप्रपाको महामन्त्री बनाइने शर्तमा नानीमैयाले तोडिन् अनशन शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
कांग्रेस कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्