• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

पुस्तक अंश : पैसा कमाउनु मात्र ठूलो कुरा होइन, जिउन पाउनु खुसीको कुरा रहेछ

डा भगवान कोइराला बुधबार, भदौ २९, २०७९  १३:४३
1140x725

चिकित्सकका रुपमा काम गर्न थालेको करिब ३० वर्षको अवधिमा मैले थुप्रै कुरा सिक्ने अवसर पाएँ। साथै यस सन्दर्भमा मैले गरेको कामले विशेषगरी मुटु उपचारको क्षेत्रमा केही योगदान पुग्यो होला भन्ने अनुभव गरेको छु। 

आत्मसन्तुष्टि कस्ता कार्यबाट लिनु बढी ठीक हो भन्नेबारे पनि सार्वजनिक जीवन जिउने मानिस स्पष्ट हुनुपर्छ। अस्पतालमा उपचार सेवा लिनै नसक्ने बिरामीलाई आर्थिक सहयोग जुटाएर उपचार गरिदिँदा निश्चय नै आत्मसन्तुष्टि हुन्छ। यसरी केही व्यक्तिलाई उपचार गर्न पनि सकिएला। तर देशव्यापी रुपमा यसका लागि कुनै एउटा लोककल्याणकारी प्रणाली बसाउन सकियो भने यसबाट हजारौं बिरामीले सधैंका लागि सेवा प्राप्त गर्न सक्ने हुन्छ। यस्ता कार्यबाट प्राप्त हुने आत्मसन्तुष्टि पनि तुलनात्मक रुपमा धेरै बढी हुन्छ। त्यसकारण केही व्यक्तिलाई लक्ष्य गरेर काम गर्नुभन्दा बृहत्तर जनताको हित हेरेर प्रणाली बसाउनुपर्छ भन्ने मेरो जीवनको मान्यता छ।

नेपालमा पहिलो पटक ओपनहार्ट सर्जरी प्रोग्राम सुरू गर्न सकियो। गङ्गालाल अस्पतालको स्थापना र सञ्चालन, मनमोहन सेन्टरको स्थापना तथा सञ्चालनमा महङ्खवपूर्ण भूमिका निर्वाह गर्न सकियो। मुटुको शल्यक्रिया सेवालाई निजी क्षेत्रमा र काठमाडौं उपत्यका बाहिरसमेत विस्तार गर्ने कार्यमा केही सहयोग गर्न सकिएको छ। यस अवधिमा आफैं प्रत्यक्ष संलग्न भएर वा मैले नेतृत्वको गरेको टिमले करिब १४-१५ हजार कार्डियोभास्कुलर सर्जरी गरिसकेको छ।

स्थापनाकालमा सिभिल हस्पिटल तथा अर्गान ट्रान्सप्लान्ट सेन्टरको सञ्चालक समितिमा बसेर दुवै अस्पताललाई सञ्चालनमा ल्याउन सक्दो सहयोग गरें। ग्रामीण तथा दुर्गम क्षेत्रहरुमा विभिन्न स्थानीय सङ्घ-संस्थाहरुको सहकार्यमा दर्जनौं हेल्थ क्याम्पहरुमार्फत दसौं हजारभन्दा बढी बिरामीहरुलाई मुटुको विशेषज्ञ सेवा प्रदान गरिएको छ। यसले निश्चय नै आफ्नो स्वास्थ्यबारे अनभिज्ञ र रोगबारे ज्ञात भएर पनि सहरमा उपचारका लागि जान नसकेका थुप्रै नेपालीलाई घरदैलोमा स्वास्थ्य सेवा उपलब्ध भएको छ। यस किसिमको सेवाले उनीहरुको अनुहारमा देखिने खुसीले अझै केही गर्ने हौसला बढेर आउँछ।

IMG_20191225_1313321663142454.jpg

Ncell 2
Ncell 2
nimb
nimb

नसर्ने रोगहरुको विषयलाई एउटा महङ्खवपूर्ण एजेन्डाका रुपमा राष्ट्रिय स्वास्थ्य नीतिमा समावेश गर्न, सुर्तीजन्य वस्तुको नियन्त्रण र स्वास्थ्य सेवामा विकेन्द्रीकरण गर्ने जस्ता विषयलाई राष्ट्रिय स्वास्थ्य नीतिमा समावेश गर्ने विषयमा केही पहल गर्न सकियो। कर्णाली प्रदेश स्वास्थ्य परामर्श समिति तथा स्वास्थ्य मन्त्रालयको सल्लाहकार समितिमार्फत राष्ट्रिय स्वास्थ्य नीति निर्माणमा सहयोग गर्न सकियो। यस्तै सहिद गङ्गालाल हृदय केन्द्र तथा मनमोहन केन्द्रमा समेत गरिबहरुलाई मुटुको भल्भ निःशुल्क उपलब्ध गराउने, १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई अपरेसनलगायत मुटुसम्बन्धी सम्पूर्ण उपचार निःशुल्क गराउने, ७५ वर्षभन्दा बढी उमेरका नागरिकलाई मुटुसम्बन्धी अपरेसनलगायत सम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराउने व्यवस्था गर्न सफल भइयो।

आफूले सिकेको ज्ञानलाई जुनियर चिकित्सकहरु र चिकित्सा शिक्षाका विद्यार्थीहरुलाई पनि सिकाउन पाएकोमा मलाई गौरवको अनुभव भएको छ। कार्डियोथोरासिक एन्ड भास्कुलर सर्जरीमा एमसिएच (पिएचडी सरह) प्रोग्रामको संयोजकका रुपमा थुप्रै विद्यार्थीलाई तालिम दिन सकिएको छ। विभिन्न व्यावसायिक सोसाइटी, चिकित्सा शिक्षा आयोग तथा कमिटीहरुमार्फत पनि स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको क्षेत्रमा केही योगदान गर्न सकियो भन्ने लागेको छ। 

सार्वजनिक क्षेत्रमा यति लामो काम गरेपछि अबका दिन कसरी अगाडि लैजाने भन्ने सोचिराखेको बेला साथी उपेन्द्र महतोले मेडिसिटी अस्पतालमा प्रमुख भएर जाने निम्तो दिए। एक मनले जाऊँ कि भन्ने लाग्यो। तर भुइँचालोपछि भने विचार फेरियो। भुइँचालोमा हजारौं व्यक्तिको मृत्यु र त्यसभन्दा बढी घाइते भएको देखेपछि लाग्यो- पैसा कमाउनु मात्र ठूलो कुरा होइन, जिउन पाउनु खुसीको कुरा रहेछ, अरुका लागि जिउन पाउनु त सौभाग्य रहेछ। फेरि अमेरिकामा पढ्दै गरेको छोरा नीरभले एक दिन फोनमा भन्यो, “बाबा, अब तपाईंले मेरा लागि खर्च गर्नुपर्दैन। तसर्थ पैसाका लागि तपाईंले आफूलाई मन नपर्ने कुनै काम गर्न जरूरी छैन। तपाईं निजी संस्थाको प्रमुख भएर नगए पनि हुन्छ। तपाईंले देशको नीतिगत तहमा काम गर्नुभए बेस हुन्छ। पछि म पनि तपाईंलाई सघाउँला।”

Discussion on Design1663142483.jpg

करिअर एवम् समाजबारे मसँग कुरा गरिरहने छोराको सुझाव बलियो मार्गनिर्देशन सावित भयो। म सरकारी जागिर छाडेर निजी संस्थामा पूर्णकालीन काम गर्न नजाने भएँ। तर सरकारी जागिर सकिएपछि पनि मैले काम गर्न सक्ने समय अझ धेरै बाँकी भएकाले घरपरिवार, साथी तथा चिकित्सकको सल्लाहबमोजिम भविष्यमा एक चुनौतीपूर्ण काम गर्ने निधो गरें। 

नेपालमा बालरोग उपचारका क्षेत्रमा खासै ठूलो काम हुन सकेको छैन। बालबालिकाको स्वास्थ्य, त्यसमा पनि मुटु स्वास्थ्यमा मेरो विशेष चासो र दक्षता छ। त्यसैले काठमाडौंमा एक बहुविशेषज्ञ सेवासहितको स्तरीय बाल अस्पताल र बाँकी छ प्रदेशमा एकएक ओटा जनरल बाल अस्पताल बनाउन पहल गर्ने निधो गरें। यसका लागि काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ नामक गैरनाफामूलक संस्था दर्ता भएको छ। काठमाडौंको गोल्फुटारस्थित हेपाली हाइटमा नेपाल सरकारबाट ४२ रोपनी जग्गा लिजमा प्राप्त भई कन्सेप्ट डिजाइनको काम अन्तिम चरणमा पुगेको छ। अन्य प्रदेशहरुमा पनि स्वस्फूर्त रुपमा उत्साहजनक तरिकाले हामीलाई बोलाइएको अवस्था छ। गैरनाफामूलक क्षेत्रबाट यो काम गर्न सके करिब डेढ करोड बालबालिकाको स्वास्थ्यमा उल्लेख्य सहयोग पुग्ने थियो। सरकारी र गैरसरकारी क्षेत्रको सहकार्यमा एउटा नमुना विशिष्टीकृत सेवाप्रदायक प्रणालीको पनि विकास हुने थियो। अवकाशपछिको जीवन यही काममा समर्पित गर्ने विचार गरेको छु। यहाँहरुको समेत सहयोग भए यो काम पूरा हुन्छ भन्ने विश्वास छ।

(डा. भगवान कोइरालाको सोमबार लोकार्पण भएको पुस्तक 'हृदय' को एक अंश। हालसम्म सीमित संस्करण मात्र सार्वजनिक भएको यस पुस्तकको नियमित संस्करण असोज पहिलो साता उपलब्ध हुनेछ। २५,००० रुपैयाँ मूल्य अङ्कित विशेष संस्करण बिक्रीबाट प्राप्त शतप्रतिशत रकम र नियमित संस्करणको लेखकस्वको ५० प्रतिशत रकम विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजनाका लागि जानेछ।)

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १३:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आज तीन वटा संसदीय समितिका बैठक बस्दै
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्