काठमाडौं– एक लाख रुपैयाँ घुस लिदै गर्दा एक इन्जिनियर पक्राउ परेका छन्। सिमलटारी -प्यूठान सडक आयोजनाका सब इन्जिनियर प्रकाश झा शनिबार बिहान पक्राउ परेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। गुल्मीको तमघासस्थित निवासबाटै उनी पक्राउ परेका हुन्।
काम वापतको भुक्तानीका लागि उनले ठेकदारसँग घुस लिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।