काठमाडौं– मिस बिश्वकर्मा कार्यक्रम आयोजना गर्ने भन्दै ठगी गर्ने युवक पक्राउ परेका छन्। मोरङको पथरी शनिश्वरे नगरपालिका–८ घर भइृ हाल बुढानिलकन्ठ बस्ने ३० वर्षिय दिपक बराईलीलाई महानगरीय अपराध महाशाखाले शुक्रबार पक्राउ गरेको हो।
उनले २० भन्दा धेरै युवतीलाई ठगी गरेका छन्।
अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीका अनुसार उनले युवतीहरुलाई कार्यक्रमका लागि मलेसिया लैजाने समेत भनेर उनीहरुको पासपोर्ट समेत लिएका थिए। प्रति युवती १५ हजार रुपैयाँ लिएका बराईली फरार भएपछि पीडितहरुले प्रहरीमा उजुरी दिएका हुन्।
ठगीनेमा धेरैजसो पूर्वी जिल्लाका युवतीहरु छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।