काठमाडौं– निक्षेपकर्तालाई ठगी गरेको आरोपमा प्रहरीले सहकारीका दुई सञ्चालकलाई पक्राउ गरेको छ। ताहाचलका रोशन कुमार खड्गी र प्रकृती श्रेष्ठलाई सिआइबीले पक्राउ गरेको हो।
उनीहरु साइनिङ स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ नामक संस्थामार्फत ४ करोड १७ लाख ५८ हजार रुैयाँ ठगी गरेका थिए।
सो मुद्दामा काठमाडौं जिल्ला अदालतले उनीहरुलाई गत बैशाख १७ गते डेढ वर्ष कैद र ४७ लाख ६२ हजार २ सय २५ रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।
सहकारीको पैसाले आफ्नो नाममा घरजग्गा खरिद गरी उनीहरुले ठगी गरेका हुन्।
पक्राउ परेका दुवै जना जेल चलान भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।