• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

एसियाली खेलकुद : नेपालका १८१ खेलाडीले २८ खेलमा प्रतिस्पर्धा गर्दै

64x64
नेपाल लाइभ शुक्रबार, साउन ११, २०७५  ११:५८
1140x725

काठमाडौं– आगामी भदौ २ देखि १६ गतेसम्म इन्डोनेशियामा हुने १८औँ एशियाली खेलकूद प्रतियोगितामा सहभागी हुने १ सय ८१ खेलाडी अहिले बन्द प्रशिक्षणमा व्यस्त छन्। प्रतियोगिता शुरु हुन केही साता मात्र बाँकी रहँदा प्रतियोगिताका २८ खेलमा सहभागिता जनाउन लागेको नेपालका तर्फबाट १२५ पुरुष र ५६ महिला खेलाडी अहिले राजधानी र मोफसलका विभिन्न शहर तथा विदेशमा प्रशिक्षण लिइरहेका छन् ।

राष्ट्रिय खेलकूद परिषद्(राखेप)का अनुसार काठमाडौँमा आर्चरी, सुटिङ, एथलेटिक्स, सेपाकताक्रो, क्लाइम्बिङ, कराते, गल्फ, उसु, बास्केटबल, पौडीलगायत खेलको प्रशिक्षण जारी छ । त्यस्तै ललितपुरमा साइक्लिङ, फुटबल, ब्याडमिन्टन, ट्रायथलन, लनटेनिसलगायतको प्रशिक्षण चल्दैछ भने पोखरामा पाराग्लाइडिङ र कबड्डी, भीमदत्तनगरमा भलिबल तथा नेपालगन्जमा भारोत्तोलन र कुस्तीको बन्द प्रशिक्षण चलिरहेको छ । परिषद्का अनुसार अधिकांश खेलको तयारी स्वदेशमै भए पनि पदकको आशा गरिएको छ ।

टेबलटेनिसका पाँच खेलाडीसहित सात जना अहिले भारतमा प्रशिक्षण लिइरहेका छन्। त्यस्तै स्केटबोर्डका नेरिश थापा हङकङमा प्रशिक्षणमा छन् भने तेक्वान्दोका पाँच पुरुष र पाँच महिला दक्षिण कोरियामा प्रशिक्षणमा छन्। बक्सिङको टोली पनि असार दोस्रो साता थाइल्याण्ड गएको परिषद्ले जनाएको छ 

सागमा स्वर्ण विजेता जुडो खेलाडी फुपुल्हामु खत्री अहिले जापानमा प्रशिक्षण लिइरहेकी छन्। गत वैशाखदेखि नै उनी जापानमा छिन्। खत्री जापानबाटै इण्डोनेशिया प्रस्थान गर्नेछिन्। पेनकेक सिलातका विवेककुमार विक पनि प्रशिक्षणका दौरान सिंगापुरमै छन् । एशियाली खेलकूदमा पेनकेकमा नेपालबाट तर्फबाट विकले ६०–६५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दैछन् ।

एशियाडमा एक रजत र २२ कास्य

पहिलो एशियाली खेलकूद प्रतियोगितादेखि नै सहभागी हुँदै आएको नेपालले अहिलेसम्म एक रजत र २२ कास्य पदक जितेको छ। सन् १९५१ मा भारतको नयाँदिल्लीमा शुरु भएको पहिलो एशियाडदेखि सहभागिता जनाउँदै आएको नेपालले १०औँ एशियाडमा गएर मात्र पदक जितेको थिय ।

सन् १९८६ मा दक्षिण कोरियाको सियोलमा भएको १०औँ एशियाली खेलकूद प्रतियोगितामा नेपालले आठ कास्य जित्दै एशियाली खेलकूदमा पदकको शुरुआत गरेको थियो । त्यसबेला बक्सिङ र तेक्वान्दोमा चार चार कास्य पदक नेपालले जितेको थियो । नेपालका लागि बक्सिङतर्फ दलबहादुर राना मगर, मनोजबहादुर श्रेष्ठ, सुशील पोखरेल र तुलबहादुर थापाले कास्य पदक जित्दा तेक्वान्दोमा विधान लामा, रामबहादुर गाँछे, राजकुमार राई र राजकुमार बुचेँले कास्य पदक जितेका थिए । अन्य खेल सहभागिता र राष्ट्रिय कीर्तिमान बनाउनमा मात्र सीमित हुँदै आएका छन् ।

सन् १९९० मा चीनको बेइजिङमा भएको ११औँ एशियाली खेलकूद प्रतियोगितामा नेपालले एक मात्र कास्य पदक जित्यो। उक्त प्रतियोगितामा बक्सिङमार्फत चित्रबहादुर गुरुङले कास्य दिलाए। बेइजिङपछि जापानको हिरोसिमामा चार वर्षपछि भएको १२औँ एशियाडमा नेपाल दुई कास्य पदक जित्न सफल भयो। तेक्वान्दो र करातेमा नेपालले एक एक कास्य पदक जित्न सफल भयो। तेक्वान्दोमा मनबहादुर शाही र करातेमा सीताकुमारी राईले कास्य पदक जितेका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

सन् १९९८ को १३औंँ एशियाली खेलकूद नेपालका लागि अहिलेसम्मकै फलदायी रहेको छ। उक्त प्रतियोगितामा नेपालले कराते र तेक्वान्दोमा गरी एक रजत र तीन कास्य पदक जित्यो। तेक्वान्दोमा सविता राजभण्डारीले रजत पदक जितिन्। दुई कास्य तेक्वान्दो र एक कास्य करातेमार्फत नेपालले सफलता हात पार्यो। तेक्वान्दोमा सपना मल्ल र किशोर श्रेष्ठले तथा कराँतेमा समरबहादुर गोले एक एक कास्य पदक जित्न सफल भए।

सन् २००२ मा दक्षिण कोरियाको बुसानमा भएको १४ औं एशियाडमा नेपालले तेक्वान्दोमार्फत नै तीन कास्य पदक जित्दा २००६ मा कतारको दोहामा भएको १५ औं एशियाडमा पनि तीन कास्य पदक तेक्वान्दोमार्फत नै प्राप्त गर्यो । चौधौँ एशियाडमा तेक्वान्दोका दीपक विष्ट, रेनुका मगर र रितु जिमी राईले एक एक कास्य पदक जिते ।

यस्तै १५औँ एशियाडमा तेक्वान्दोका दीपक विष्टले लगातार दुई पटक एशियाली खेलकूदमा कास्य पदक जित्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाए । अन्य दुई कास्य आयशा शाक्य र मनिता शाहीले जिते । सन् २०१० मा चीनको ग्वाञ्जाओमा भएको १६औँ एशियाडमा नेपालले बक्सिङमार्फत एक मात्र कास्य पदक जित्न सक्यो । सत्रौँ एशियाडमा नेपालकी विमला तामाङले एक कास्य पदक जितेकी छन् । उनले करातेको एकल कातामा कास्य पदक जितेकी हुन् ।

स्वर्ण पदकको आशा

शुरु प्रतियोगितादेखि सहभागिता जनाउँदै आएको नेपालले १८औँ संस्करणसम्म आइपुग्दा स्वर्ण जित्ने लक्ष्य राखेको छ ।

राखेपका सदस्य सचिव केशवकुमार विष्टले यस पटक तेक्वान्दो, कराते, उसु, जुडो र प्याराग्लाइडिङमा स्वर्ण पदकको आशा गरिएको बताए । “यस पटक विगतको भन्दा धेरै राम्रो तयारी छ, विगतमा लामो समय बन्द प्रशिक्षण हुँदैनथ्यो, अहिले हामी नियमिति प्रशिक्षणहरू गरिरहेका छौँ, तीन महिनायता बन्द प्रशिक्षण गरिरहेका छौँँ, यो पटक स्वर्ण पदकको आशा छ”, उनले भने। रासस

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०७५  ११:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्