• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १, २०८३ Mon, Aug 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

‘अग्नि’ मा उत्पीडित समुदायका आवाज आफ्नै शैलीमा कोरिएका छन् : नवराज लम्साल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शनिबार, भदौ १८, २०७९  १३:३३
1140x725

नवराज लम्सालका गीत, कविता र महाकाव्य प्रकाशित छन्। रेडियोकर्मीकका रुपमा झन्डै ३० वर्षदेखि रेडियो नेपालमा उनको आवाज सुनिँदै आएको छ। मन्त्रमुग्ध पार्ने आवाजका धनी उनले 'कर्ण', 'धरा' र 'अग्नि' गरी तीन महाकाव्य लेखिसकेका छन्। यसैगरी दुई गीति संग्रह र दुई कविता संग्रह पनि प्रकाशित छन्। लम्सालको पछिल्लो कृति 'अग्नि' लाई २०७८ को मदन पुरस्कार जितेको छ। लम्सालसँग महाकाव्य 'अग्नि' र उनको साहित्ययात्राका विषयमा गरिएको संवाद :

तपाईंको आवाज त प्रशंसनीय थियो नै यसपटक भने शब्दले पनि पुरस्कार प्राप्त गर्‍यो। कस्तो महसुस गर्दै हुनुहुन्छ? 
एकदम खुशी लागेको छ। म वर्षौंदेखि अक्षर र आवाजसँग सँगै थिए। अक्षर र आवाज मेरा दुईवटा बाटो थिए। म यी दुवैसँग सँगै छु। २०४१ सालमा अरुणद्वय पत्रिकामा मेरो पहिलो कविता छापिएदेखि अहिलेसम्म निरन्तर छु। २०५१ सालदेखि रेडियो कर्ममा पनि निरन्तर छु। यहाँसम्म आइपुग्दाखेरि यो सम्मान, सद्‌भाव र हार्दिकताप्राप्त हुँदा म स्वाभाविक रुपमा अझ जिम्मेवारीबोध गर्दै खुशी छु। 

अग्निमा तपाईंले आरनको कुरा उठाउनु भएको छ। आरनको विम्वबाट पुरै अग्नि समेट्नु भएको छ। आरनमा फलाम तताएर तरवार बनाएजस्तै तपाईंले आरनमा अग्नि लगाएजस्तै यसमा सबै भन्दा धारिलो तरवार कुन हो? 
एकदमै महत्त्वपूर्ण कुरा उठाउनुभयो, त्यो पनि कविताको शैलीमा। शब्दलाई तताएर अग्नि बनाएको भन्नुभयो। यसैमा धेरै लामो सन्दर्भ छ। यसमा आज भन्न कति भ्याइन्छ वा भ्याइँदैन होला। तर, आजसम्म बार्दली, छत, कौशी र बुर्जाहरुमा बसेर पेटमा राम्रो खाएर राम्रो लगाएर सम्पन्न भइसकेपछि तल फर्केर हेरेर कठैबरा त्यो दलित, सीमान्तकृत, महिला, आदिवासी जनजाति, दुर्गम सुदूरवस्तिको मान्छे भनेर दयामायाले लेखिएका थिए।

Nabaraj-Lamsal (3)1662191107.jpg

मैले यसपटक उल्टो बताएँ। माथिबाट तल होइन तलबाट माथि हेरेको छु। तल्लो तहमा बसेर माथितिर हेर्दा यो देशको भूगोल, समाज, संस्कृति, सभ्यता कस्तो देखिन्छ भनेर तल्लो तहका मान्छेको आवाजबाट हेरिएको छ, अग्निमा। यसमा झन् ती उत्पीडित समुदायका आवाज आफ्नै शैली, आफ्नै सिर्जना र आफ्नै शब्दमा अग्निमा कोरिएका छन्। 

बोल्दा पनि मन छुनेगरि बोल्नुहुन्छ। लेख्दा अझ मन छुने भइहाल्यो। लेख्दाखेरी तपाईंको बढी अनुराग महाकाव्यतिर देखिन्छ। पछिल्लोपटक लगातार तीनवटा महाकाव्य पनि आए कर्ण, धरा र अग्नि। महाकाव्यप्रति अतिरिक्त अनुराग हुनुको केही अन्तर्य छ?
मलाई कविता प्रिय लाग्छ। अन्यमा एक/दुई पेजमा भनेका कुरा कवितामा एक पंक्तिमा भन्न पाउँछु। कवितामा म स्वतन्त्रता पाउँछु। कुनै बाह्य वर्णन, विवरण चाहिँदैन। कवितामा बाहिर आँखाले दृश्यावलोकन गरेर आफनो आँखामा कैद गरेर हृदयले भाव कोर्न सकिन्छ। त्यसैले कविताप्रति विशेष मोह र प्रेम पनि छ।

संसारमा बोल्दा मीठो भाषा कविताको हो भन्छन्। एक झिल्काले कविता बन्छ। कवितामा त्यति तागत हुन्छ। एउटा विषयको कथानकसहित उभिँदा त्यो कवितामा अटाउँदैन। गम्भीर विषय भए तन्काउन मिल्ने हुन्छ। जसको विषयवस्तु व्यापकता होस् त्यो नै महाकाव्यको चरणमा पुग्ने हो। कर्णमा सीमान्तकृत पात्रलाई उठाउन खोजें। महाभारतमा भगवान् भनिने कृष्ण, धर्मराज भनिने युधिष्ठीर र पाण्डवहरु भन्दा मलाई कर्ण नायक जस्तो लाग्छ। कर्ण महान र क्षमतावान् लाग्छ। राज्यसत्ताबाट दबाइएको पात्र लाग्छ। जसलाई हेला गरिएको थियो त्यो नै नायक लाग्छ। त्यो कर्णलाई नायकत्व दिने कोशिस गरेको छु। २०६२/६३ को आन्दोलनपछि जो आफ्नै क्षमताका साथ बाँचेका छन्, तरपनि राज्यसत्ताको मूल प्रवाहमा छैनन्। त्यसैका लागि कर्ण लेखेको थिएँ।  

धरामा आउँदा बहुलता र भौगोलिकतालाई लिएर लेखेको हो। अरु देश जात जात मिलेर बनेको हुन्छ। नेपाल भने जातजातिको देश हो। अन्य देश धर्मका हुन् भने नेपाल धर्मधर्मको देश हो। यो महाभूगोलको देश हो। धरामा बहुलतामा आधारित भएर लेखिएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

अग्निमा आइपुग्दा भने सीमान्तकृत दलित समुदाय जो राज्यले नै किनाराकृत गरेको छ। उनीहरूको विषय उठाएको छु। गोरखामा पृथ्वीनारायण शाहले एकीकरण गर्दै गर्दा त्यहाँ ११ सय घरपरिवार थिए। अब कसरी युद्ध गर्नेभन्दा बिसे नगर्चीले प्रत्येक घरबाट १ रुपियाँ उठाउन लगाए। त्यसबाट ११ सय पैसा जम्मा भएको थियो। त्यो पैसा लिएर पृथ्वीनारायण शाह जसविर कामीको आरनमा गएका थिए। जहाँ उनले तरवार, खुकुरी बनाएका थिए। त्रिशुली नदीमा नुवाकोट यद्धको बेलामा शुभघाटबाट तर्ने बेलामा सेनाले तर्न सक्ने अवस्था थिएन। जलेवा माझीले काठ काटेर डुंगा बनाएर खोला तराएका थिए। मेरो प्रश्न के हो भने आज ती बिसे नगर्ची, जसविर कामी र जलेवा माझीका सन्तान कहाँ होलान्? राज्यसत्ताका लागि लडेका ती सीमान्तकृतका बारेमा लेख्नुपर्छ भन्ने चेतनाले गर्दा मैले अग्नि लेखेको हो। 

अग्निले मदन पुरस्कार पाएको छ। यसले दिने मनको आनन्द त छँदै छ। त्योभन्दा पनि अग्नि लेखिसकेपछिको वास्तविक आनन्द चाहिँ के थियो?
मकवानपुरमा सेनवंशी राजा हेमकर्ण सेनको पालामा ‘जेठी तरवार’ थियो। त्यो तरवार ठूले कामीले बनाएका थिए। कवि तथा सञ्चारकर्मी छलाङ्गे विश्वकर्माको घरमा पुग्दा उनले सुनाएको कथामा आधारित छ अग्निको कथा। त्यो मलाई निकै आनन्द लागेको थियो।

अहिले पनि मकवानपुरगढीको दरवारमा गयौँ भने त्यहाँ नजिकै कृष्णको मन्दिर छ। जहाँ ताल्चा लगाएर राखेको छ। त्यहाँ अहिले पनि चलनचल्तीको भाषामा ‘भोटेताल्चा’ लगाएको छ। जुन कृष्णपूजाका दिन पनि फलामको रडले फुटाल्ने गरिन्छ। के कारण रहेछ भनेर बुझ्दा कृष्ण राति राति छतिवनतिर तोरीबारीमा गएछन्। राति किन गएको भन्दा गोपिनीलाई भेट्न गएका रे। उनी बिहान घरमा आउँदा खुट्टामा तोरीका फूल थिए। राति राति तोरीबारीमा गएको भनेर उनलाई बाँधेर राखिएको थियो। त्यसपछि उनलाई ताल्चा लगाएर राखेको किंवदन्ती छ। त्यसकै स्वरुपमा आजका दिनसम्म कृष्णलाई त्यहाँ ताल्चा लगाएर राखेको मानिन्छ।  

अर्को, कर्णको मृत्युले मलाई पोलेको थियो। सकिँदै गर्दा टाढा पर्वतबाट एउटा ध्वनि आउँछ। त्यो ध्वनिले भन्छ मथुरामा कृष्ण जन्मेपछि ढोका आफैं खुलेजस्तो र मकवानपुरगढीको ताल्चा आफैं खुल्यो रे। अनि कृष्ण आफैं बाहिर निस्के रे। उनले ठूले कामीको तरवार बनाएर सालिक बनाएका रे।

Nabaraj-Lamsal (2)1662191106.jpg

मलाई के लाग्यो भने ठूले कामीहरुले धेरै जनाका सालिक बनाए। अब कृष्णले पनि ठूले कामीहरुको सालिक बनाएका छन् भने यसले के देखाउँछ भन्दा संस्कृतिमा परिवर्तन आएको रैछ। यो पनि विम्वको रुपमा प्रयोग भएको छ। यो कुराले मलाई निकै आनन्द दिएको थियो। मदन पुरस्कार पाउँदा म जति आनन्दित छु म त्यति नै यो अग्नि लेखिसक्दा थिएँ। अर्को चाहिँ पछिल्लो पुस्ताले पनि अग्नि पढेको कुरा सामाजिक सञ्जालमा पोष्ट गरे। नयाँ पुस्ताले अग्नि स्वीकार गरेका छन्। कहिले आलोचना, समालोचना लेखे वर्षभरी नै त्यस कुराले पनि मलाई सन्तुष्टि दिएको थियो।  

तपाईंले काव्यमा कल्पना गर्न सक्नुहुन्थ्यो त्यो स्वतन्त्रता पनि थियो। तर, तपाईंलाई इतिहास खोतल्न मन लाग्छ र त्यसलाई साहित्यमा ढाल्न कुत्कुत्याउँछ। हो? 
तपाईंको यो प्रश्नले नै मलाई सही ठम्याउनुभयो। यही सम्मान गरे जस्तो पनि लाग्यो। आज मेरो देश भोक, रोग, शोक, अशिक्षा, गरिबीमा छ। सुदूरका दुर्गम वस्तिमा पढ्ने भाइबहिनीको स्कुलको चुहुने टिनको छाना छ। आज पनि तुइन चढेर खोला तर्छन्। बाटोघाटो राम्रो छैन। भन्न चाहिँ हामीले लोकतन्त्र, समावेशिता, समाजवादउन्मुख भन्यौँ। लोककल्याणकारी राज्य भन्यौँ। भन्नलाई केही बाँकी राखेनौं तर गरिबी, अशिक्षा र बेरोजगारीको समस्या भने उस्तै छ। काठमाडौंमा बसेर चिटिक्क परेर त्यहाँका दु:ख, वेदना, पीडा विभेद, अभावको इतिहास नलखेर रुमानी कल्पनामा कसरी पात र पतिङ्गर, छाल र भेल लेख्न सक्छु र? पुस्तौंदेखिको गरिबीको चेपटा, बेरोजगारीको समस्या, दुर्गममा सिटामोल नपाएर सास जानेको इतिहास हामीले नलेख्ने र? 

सांस्कृतिक, सामाजिक, जातजाति, बहुलता, वैभव भएको देशको इतिहास लेख्न झन आनन्द आउँछ। कर्णाली र सुदूरका वस्तिका दु:ख सुखका कुरा लेख्न सकिनँ भने म कसरी बाजुराको कवि हुन सक्छु र? म सबैको हुन मैले इतिहास पढ्न जरुरी छ। भोलिका पुस्तालाई पनि इतिहास यो भनेर सुनाउन आवश्यक छ। दार्चुला र ताप्लेजुङको तन्नेरीको अस्तित्व स्वीकार्न सकिनँ भने म कसरी त्यहाँको कवि हुन्छु? मैले केचनाकवल र गड्डाचौकी कुरा, उपत्यकाका हाकुपट्यासीकाे कुरा जानिनँ भने म कसरी सबैको कवि हुन्छु? 

त्यसैले, सेलो, तरवार नाच, हुडकली, ठाडो भाका, रोइला, सकेला, धान नाँच, देउडा, मागल, घुँघुरा नाच जानिनँ भने म कतै कवि नै होइन कि भन्ने मलाई संशय हुन्छ। कर्ण, धरा र अग्नि पनि यही नै हो। 

अग्निको कथा आरनसँग जोडिएको छ। आरनबाट बनेका हतियारहरू हुँदा हुन्। यसका बारे अध्ययन गर्न समय लाग्यो होला। कथा खोज्न कत्तिको कठिन रहेछ? 
म विभिन्न ठाउँका आरनहरूमा गएँ। अग्निको कथा खोज्न थालेको २० वर्षपछि पूरा भएको हो। यो विषयमा लेख्न पाए हुन्थ्यो भन्ने मनमा लाग्यो। मैले लेख्न सुरु गरेको पूर्ण भएन भन्ने लाग्यो भने म छाप्न हतार कहिले गर्दिनँ। म आरन, आरन घुमेको छु। आरनमा बसेर तातो रापले भरिएको फलाम घनले हान्दा झिल्का आएको र पसिनाका धारा बगेको कुरालाई मैले नियालेको छु। 

हाम्रो समाजमा के छ भने बटुकलाई ब्रतवन्ध गरिदिन्छौं। जनै लगाइदिन्छौँ। नयाँ लुगा लगाइन्छ। जनै बाट्न सिकाइन्छ तर, त्यो दिन लगाएको लुगा सिलाउन किन सिकाइँदैन? प्रत्येक छोराहरूलाई  सिपाही बन्न, युद्धमा सामेल हुन प्रेरित गरिन्छ तर, तिनैले प्रयोग गर्ने हतियार बनाउन सिकाइँदैन। राष्ट्रियता भन्दै हातमा झण्डा सगौरव फरफर्राउँछन् तर, त्यो झण्डा सिलाउन किन सिकाइँदैन? कर्मको आधारमा विभेद छ। झण्डा लिएर हिँड्ने मान्छेलाई सलाम गर्छौं तर, त्यही सिलाउने मान्छेलाई किन विभेद गर्छौं? जनै लगाउँदा नयाँ लुगा लगाएकोमा गर्व गर्छौं तर, त्यही लुगा सिलाउनलेलाई किन विभेद गर्छौं? 

अग्निलाई यो चिन्तनले लेखिरहँदा कुनै पुरानो स्मृति सँगसँगै जोडिएर आएका थिए? 
साउन महिनादेखि म ५४ औँ वसन्त पार गरेको छु। २०४० सालमा ८ कक्षा पढ्न १३ वर्षको उमेरमा काठमाडौं आएको हुँ। त्योभन्दा पहिला गाउँमा देखेको जातीय छुवाछुत, विभेद, हिंसा, गरिबी हो। त्यसपछि म शहर आएँ। शहरमा हुने कोलाहल देखेँ। आज पनि सीमान्तकृत सिमानामा नै छन्। दुर्गममा हुने दुर्गममै छन्। शहरमा भएका फराकिला सडक, ठूला ठूला घर, सुविधासम्पन्न चिज देखेर मलाई खुशी नै लाग्छ।

तर, ती ठूला विद्यालयका भवनमा दुर्गमकै गाउँमा नानीहरु किन पढ्न पाउँदैनन्? सामान्य बिरामी हुँदा शहर नै धाउने दिनको अन्त्य कहिले होला? बेरोजगारीले हातमा पासपोर्ट बोक्नेहरुको लाइन कहिले कम होला? गाउँमा बाटोघाटो कहिले पुग्ने? सुविधा भनेको के शहरलाई मात्र हो र? यी र यस्ता समस्या साहित्यकारले देख्ने कि नदेख्ने? यहाँ जित्नेको मात्र इतिहास लेखिन्छ तर हार्नेको लेखिँदैन।

त्यसैले हार्नेको कथा अब लेखकले लेख्नुपर्छ जस्तो लाग्छ। ती गाउँका दु:खान्तका कथा आँखैसामु छन्। वस्तिका आवाज लेखिनुपर्छ। म एक्लो हुँला तर पनि कोही न कोहीले यो लेख्न नै जरुरी छ। कञ्चनपुर, कर्णाली र बागमतीका आरनमा पुगेर अवलोकन गरेको छु। यो दलितको कथाभन्दा माथि रहेर सीमान्तकृतको कथा हो। 

Nabaraj-Lamsal (1)1662191106.jpg

आजकाल बजारका माग पूरा गर्न लेख्ने चलन छ। महाकाव्य सबैले पढ्दैनन्। तर, बजारको यस्तो मागकाबीच पनि लगातार महाकाव्य लेख्ने आँट केले दिँदो रैछ?
जिन्दगीको लक्ष्य के भन्ने कुराले पनि निर्धारण गर्छ। म कविता लेख्थेँ। मेरो पहिलो कविता संग्रह २०४१ सालमा छापियो। झण्डै २० वर्षको अन्तरालपछि २०६१ सालमा अर्को कविता संग्रह छापिएको हो।

२०६६ सालमा आएर 'कर्ण' प्रकाशन भयो। म लगातार लेखि नै राखेको छु। जीवनको उद्देश्य के हो त्यसले पनि निर्धारण गर्छ। मैले रहरले किताब निकालेको होइन। मैले धेरै किताब निकालेर टन्न पैसा कमाउने सोचले पनि होइन। पैसा नै कमाउने भए चाउचाउ उद्योग खोल्दा हुन्छ। मेरो लक्ष्य भनेको काव्यको बाटोमा रहेर कर्म गर्ने हो। त्यसैले धैर्य गर्नुपर्छ। 

तपाईंले भनेको बजारको कुरासँग सहमत छु। अहिले आएर पच्चिस वर्ष पुरानो कुनै कथा भनेर पनि अब बजारले नरुचाउन सक्छ। 'अग्नि' किन मन पराइयो भने पनि त्यही तन्नेरीको भाषा र शैली नै हो। सरल भाषा छ। कुरा चाहिँ गम्भीर छ। 

प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  १३:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पब्जी मोबाइल विश्वकपमा नेपालको होरा ईस्पोर्ट्स आठौं स्थानमा, झन्डै दुई करोड पुरस्कार जित्यो
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय
विपद् प्रभावित क्षेत्रमा उद्धारमा खटिन जनप्रतिनिधि र कार्यकर्तालाई कांग्रेसको निर्देशन
सम्बन्धित सामग्री
‘नैतिक पतन’व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाएको आरोप नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति नियुक्तिको विषय विवादित बनेको छ। प्रतिष्ठानको कुलपतिमा सरकारले विवादित साहित्यकार कुमार नगरकोटीलाई... शुक्रबार, साउन २९, २०८३
तीनवटा प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व, को कहाँ नियक्त भए सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुमार नगरकोटी, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा ब्रजेश खनाल र ललितकला प्रज्ञा प्रतिष्ठानमा एर... शुक्रबार, साउन २२, २०८३
पद्मश्री साहित्य पुरस्कारको संक्षिप्त सूची सार्वजनिक प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी विज्ञप्तिअनुसार पुरस्कार चयन प्रक्रियाको दोस्रो चरणमा विस्तारित सूचीका १५ वटा पुस्तकहर... शुक्रबार, साउन १५, २०८३
ताजा समाचारसबै
पब्जी मोबाइल विश्वकपमा नेपालको होरा ईस्पोर्ट्स आठौं स्थानमा, झन्डै दुई करोड पुरस्कार जित्यो आइतबार, साउन ३१, २०८३
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय आइतबार, साउन ३१, २०८३
विपद् प्रभावित क्षेत्रमा उद्धारमा खटिन जनप्रतिनिधि र कार्यकर्तालाई कांग्रेसको निर्देशन आइतबार, साउन ३१, २०८३
झापामा १३ ग्राम ६४० मिलिग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ आइतबार, साउन ३१, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी आइतबार, साउन ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
भ्रमणमा गएका मन्त्री शुनिल लम्साललाई के भएको हो? हेलिकप्टरबाट ल्याइँदै आइतबार, साउन ३१, २०८३
निर्णय सुनाउने बेला निधि र महतबीच भयो धकेलाधकेल आइतबार, साउन ३१, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
किन भयो देउवा पक्षको भेलाको ब्यानर नै परिवर्तन ? शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्