• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार ७, २०८३ Sun, Jun 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

ऐतिहासिक हिटी मिचेर बनाइएको थियो मेयर बालेनले खाली गर्न लगाएको भोटाहिटीको ‘सब–वे’  

पद्मसुन्दर जोशी सोमबार, भदौ १३, २०७९  १८:३५
1140x725

आइतबार काठमाडौं महानगरले पसलहरु हटाएर खालि गर्न लगाएको भोटाहिटी नजिकैको ‘सब वे’  चर्चामा रहेको छ। उक्त स्थान अहिले मात्रै होइन, सब वे निर्माणको  समयमा झन् धेरै चर्चामा रहेको थियो। कारण– त्यो सब वे ऐतिहासिक तथा पुरातात्विक महत्वको ढुङ्गेधारा मासेर निर्माण गरिएको थियो। सब वे निर्णमाका लागि जमिन खन्ने क्रममा त्यहाँ पुरानो ढुङ्गेधारा अर्थात् हिटी (हिति) भेटिएको थियो। 

उक्त हिटी पुरेर सब वे बनाइएको थियो। पञ्चायतकालमा रत्नपार्कबाट भोटाहिटी जानलाई भनेर ‘सब वे’ बनाइएको थियो। त्यो बाटो बनाउनका लागि जमिन खन्दा एकदमै पुरानो लिच्छविकालीन हिटी भेटिएको थियो। त्यो धेरै पुरानो अर्थात् अंशु बर्माकालीन हिटी थियो। कतिपयले त्यसलाई भोटाहिटी पनि भन्छन्। तर, त्यो भोटाहिटी भने होइन।अहिले साझा भण्डारको ठूलो भवन जहाँ बनेको छ, त्यसको मुनि छ भोटाहिटी। 

बाटो खन्दा पाइएको हिटी निकै महत्त्वपूर्ण किसिमको हिटी थियो। र त्यो बेला मानिसहरुले यसरी भेटिएका हिटीहरुलाई पुनःस्थापित गरेर संञ्चालन गरौं भन्ने पक्षमा आवाज पनि उठाएका थिए।  तर त्यो बेलाको सरकार र नगर पञ्चायत मिलेर यसलाई पुरेर सब वे बनाए। हिटीमंग (पानी आउने डुंगेधारो) लगेर राष्ट्रिय संग्रहालयमा राखिएको छ भन्ने बुझिन्छ। ती हिटीहरुलाई पुरेर, छोपेर पठाएको हो। सँगै यतातिर ‘सब वे’ बनाइएको हो भन्ने छ। अहिले जुन ‘सब वे’ सञ्चालनमा छ, त्यो सँगै हिटी थियो। 

यो घट्नाक्रम हुँदा कमल चित्रकार काठमाडौं नगर पञ्चायतका  प्रधानपन्च थिए। यो कुरा त्यस्तै २०४१ वा २०४२ सालतिरको हो।

हिटीको प्रयोजन वरिपरि पानीको व्यवस्थापन गर्नु नै हो। बीचको समयमा हिटी केही भएपछि त्यसलाई पुरेर त्यसमाथि नै बाटो बन्यो।

रानीपोखरी वरिपरि यस्ता तीन, चार वटा हिटीहरु थिए। कमलाक्षीमा झंगथकु भन्ने हिटी थियो, जुन हिटी पछिसम्म पनि प्रयोग हुने गरेको थियो। पछिल्लो समय मात्रै यसलाई पुरेर यहाँ रानीपोखरी कर्नर टिम (फुटबल क्लब) को भवन बनेको छ। त्यो भवन हिटीमाथि नै बनेको हो।

अहिले तीनधारा भनिने सोराहिटी पनि रानीपोखरीको उत्तर कुनामा रहेको छ। त्यस्तै, विद्युत् प्राधिकरणपट्टि पनि एउटा हिटी रहेको छ। 

रानीपोखरीको वरिपरि हिटीहरु थिए। यसले रानीपोखरी वरिपरिका टुडिखेलजस्ता ठाउँहरु पानी सञ्चिती गर्ने किसिमको क्षेत्र थियो भन्ने देखाउँछ। त्यसैले गर्दा पनि यसको वरिपरि हिटीहरुमा राम्रोसँग पानी आउँथ्यो भनेर अनुमान लगाउन सकिन्छ। मानिसहरु पहिले काठमाडौंबाट बाहिर वा सहरबाट बाहिर टुँडिखेलमा आफ्नो काम काजमा हिँड्दा यी हिटीहरु प्रयोग हुन्थे। लुगा धुने, नुहाउनेजस्ता आफ्ना कामका प्रयोजनका लागि यी हिटीहरु प्रयोग हुन्थे।

nimb
nimb
Ncell 2
Ncell 2
Ratnapark_Subway_Hiti1661773671.jpg
सब–वे बनाउनका लागि जमिन खन्दा रत्नपार्क र भोटाहिटीको बीचमा फेला परेको ऐतिहासिक ढुङ्गेधारा हिटी (तस्बिर: facebook/Old Photos of Nepal)

'गेटेड टाउन’

पुरानो नेवार बस्तीहरु ‘गेटेड टाउन’ थिए। बस्तीको वरिपरि गडपर्खाल हुन्थ्यो। पर्खालले सहरलाई सुरक्षा दिएको हुन्थ्यो। पर्खालमा ठूला ठूला ढोकाहरु हुन्थे। र ढोकाभन्दा बाहिर स्वाभाविक रुपमा एउटा पाटी, पानीको मुहान (पाएसम्म पोखरी, नभएमा इनार) जस्ता पानीको केही स्रोतको व्यवस्था गरिएको हुन्थ्यो। जसले गर्दा सहरभित्र पस्ने मानिसहरू सरसफाई गर्ने गर्थे। खेतीकिसानी गरेर आफ्नो घर जाने मानिस घर छिर्नुअघि सरसफाई गर्ने, धोइपखाली गर्ने काम यिनै ठाउँमा गर्थे।

यी बाहेक बस्तीमा आउने मानिसका लागि त्यो पाटी चाहिँ बास बस्ने स्थान थियो। त्यो बेला अहिलेको जस्तो होटल त थिएनन्। 

जसका आफन्त थिए, उनीहरु आफन्तकोमा जान्थे। आफन्त नभएका विभिन्न ठाउँबाट यात्रामा निस्किएका मानिसहरु यिनै पाटीमा बस्ने गर्थे। उनीहरुका लागि पानीको स्रोत यिनै हिटी हुने गर्थ्यो।

मुख्य सहरमा छिर्नुअघि ढोकामा सरसफाइ गर्ने ठाउँमा भएको एउटा हिटी अहिले आरसिटी क्लबको भवन बनाइएको ठाउँमा भएको हिटी पनि हो। काठमाडौं सहर ३२ वटा टोलहरु र ३२ वा ३३ वटा ढोकाहरु भएको थियो। यति धेरै ढोकाहरु भएकाले प्रत्येक ढोकामा यस्तो वा अर्को किसिमको पूर्वाधारहरु राखेको हुन्थ्यो। त्यसमध्ये यो हिटी नजिकै लामो समयसम्म गेट पनि थियो। गेटसँगै हिटी रहेको हो। 

रानीपोखरी वरिपरि हिटी

रानीपोखरी वरिपरि भएका हिटीहरुमा रानीपोखरीको कारण मात्रै पानी जान्थ्यो भन्न मिल्दैन। उक्त हिटीहरुमा अन्य स्थानबाट पनि पानी जाने अनुमान गर्न सकिन्छ। यी हिटीहरुको वरिपरि चौरहरु थियो। टुँडिखेलको वरिपरिबाट खोला बग्थ्यो भन्ने पनि देखिन्छ। टुकुचा खोलाले आफ्नो बाटो बदल्दै बग्थ्यो। तर, अहिले यो खोलालाई हामीले निश्चित एक ठाउँमा राखिदिएका छौं। टुँडिखेलको वरिपरि अहिले पनि खनेर हेर्ने हो भने सेतो मसिनो बालुवा पाइन्छ। अर्थात् त्यो ठाउँबाट पहिले नदी बग्ने गर्थ्यो। अहिले त्यो नदी यताबाट उता र उताबाट यता सर्दै गयो। भौगर्भिक हिसाबले हेर्दा यो ठाउँमा पानीको भण्डार रहन सक्ने सम्भावना पनि धेरै रहेको छ। त्यो आधारमा यी क्षेत्रमा हिटीहरु बन्नु पनि स्वभाविक पनि हो। 

पहिले रानीपोखरीको चार कुनामा रहेका हिटीहरुमध्ये अहिले बाँकी रहेको हिटी तीनधारा मात्रै हो। तर, पहिले भएका हिटीहरुलाई पुनर्जीवन दिन सकिन्छ कि सकिँदैन भन्ने कुरा पनि छ। यो विषयमा भने हामीले प्रयास नै गरेका छैनौं। प्रयास गर्दै जाने हो भने हामीले एक हदसम्म यसका समस्याहरु थाहा पाउन सक्छौं। कतिपय ठाउँमा हामीले यसलाई नराम्रोसँग बिगारी सकेका पनि हुन सक्छौं। कतिपय ठाउँमा त्यस्तो नभएको हुन सक्छ। हिटीको बाटो मात्रै बिग्रिएको वा मुहानमा केही समस्या छ कि भन्ने पनि हुन सक्छ। र यो थाहा पाउन उत्खनन गर्नुपर्ने हुन्छ। र धेरै हदसम्म यी हिटीहरुलाई पुनः जगाउन सकिन्छ भन्ने सम्भावना पनि छ। 

अहिले हिटी संरक्षणका लागि हामीसँग केही ऐन छन्। हिटीहरु भनेका एकदमै पुराना सम्पदा, संरचनाहरु हुन्। यिनीहरु प्राचिन र पुरातात्विक सम्पदा  संरचनामा पर्छन्। यिनीहरुको हामीले संरक्षण गर्नुपर्छ। संरक्षण गर्ने भनेको यसलाई भएको ठाउँबाट उखेलेर अर्को ठाउँमा साार्ने होइन। जहाँ छ, त्यहिँ मिलाएर राख्ने हो।

अर्कातिर, जलस्रोतको मुहानको रुपमा हेर्दा पनि हिटीहरुको संरक्षण हुन्छ। यो पानीको स्रोत हो र यो सार्वजनिक स्रोत हो। यसलाई नष्ट गर्ने वा व्यक्तिगत बनाउने काम गर्नुहुन्न। सँगै हिटीहरुलाई सांस्कृतिक धरोहरका रुपमा पनि हेर्नुपर्छ। यिनै विशेषतालाई आधार मानेर हिटीहरुको संरक्षण गर्नका लागि आवश्यक कानुनी आधारहरु हामीसँग छन्। तर, त्यसलाई अझै. बलियो बनाएर लैजानु पर्छ। त्यसका लागि हिटी प्रणालीलाई हामीले राष्ट्रिय सम्पदाको रुपमा घोषणा गर्नुपर्छ। हामीसँग कानुन छन्, कानुनै नभएका होइनन्। कानुनको कार्यान्वयन र पालनाका लागि पनि हिटी संरक्षण गरिनुपर्छ।


काठमाडौं उपत्यकाका परम्परागत ढुङ्गेधाराहरुको सन्दर्भमा अनुसन्धानमूलक कृति ‘हिति प्रणाली’का लेखक जोशीसँग गरिएको कुराकानीमा आधारित 

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  १८:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने
रास्वपालाई लडाउने अरु कसैको तागत छैन : रवि लामिछाने
अख्तियार पदाधिकारी प्रकणमा प्रधानमन्त्रीको प्रष्टीकरण, ‘आवश्यक परे अख्तियारलाई ५ वर्ष राखेर सल्लाह गरिन्छ’
सम्बन्धित सामग्री
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
ताजा समाचारसबै
देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने आइतबार, असार ७, २०८३
रास्वपालाई लडाउने अरु कसैको तागत छैन : रवि लामिछाने आइतबार, असार ७, २०८३
अख्तियार पदाधिकारी प्रकणमा प्रधानमन्त्रीको प्रष्टीकरण, ‘आवश्यक परे अख्तियारलाई ५ वर्ष राखेर सल्लाह गरिन्छ’ आइतबार, असार ७, २०८३
सीमाको विषयमा प्रधानमन्त्रीले भने, ‘ब्रिटिसलाई मध्यस्तकर्ता बनाउन खोजेका होइनौं, प्रमाण ल्याउँछौं भनेको हो’ आइतबार, असार ७, २०८३
हाम्रो गाडी अनियन्त्रित छैन, गन्तव्यमा पुगेपछि मात्र रोकिन्छ : प्रधानमन्त्री शाह आइतबार, असार ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालकुमारीमा गोली चल्याे, तीन लागुऔषध कारोबारी पक्राउ शनिबार, असार ६, २०८३
महाधिवेशनका लागि चितवन पुगे रवि लामिछाने शनिबार, असार ६, २०८३
रास्वपा महाधिवेशनमा सहभागी हुन कुन दलबाट कुन-कुन नेता पुगे ? आइतबार, असार ७, २०८३
गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना आइतबार, असार ७, २०८३
कोशी प्रदेशबाट नेपाल प्रवेश गर्‍यो मनसुन,आज यि स्थानमा हुनेछ वर्षा शनिबार, असार ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्