• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

ऐतिहासिक हिटी मिचेर बनाइएको थियो मेयर बालेनले खाली गर्न लगाएको भोटाहिटीको ‘सब–वे’  

पद्मसुन्दर जोशी सोमबार, भदौ १३, २०७९  १८:३५
1140x725

आइतबार काठमाडौं महानगरले पसलहरु हटाएर खालि गर्न लगाएको भोटाहिटी नजिकैको ‘सब वे’  चर्चामा रहेको छ। उक्त स्थान अहिले मात्रै होइन, सब वे निर्माणको  समयमा झन् धेरै चर्चामा रहेको थियो। कारण– त्यो सब वे ऐतिहासिक तथा पुरातात्विक महत्वको ढुङ्गेधारा मासेर निर्माण गरिएको थियो। सब वे निर्णमाका लागि जमिन खन्ने क्रममा त्यहाँ पुरानो ढुङ्गेधारा अर्थात् हिटी (हिति) भेटिएको थियो। 

उक्त हिटी पुरेर सब वे बनाइएको थियो। पञ्चायतकालमा रत्नपार्कबाट भोटाहिटी जानलाई भनेर ‘सब वे’ बनाइएको थियो। त्यो बाटो बनाउनका लागि जमिन खन्दा एकदमै पुरानो लिच्छविकालीन हिटी भेटिएको थियो। त्यो धेरै पुरानो अर्थात् अंशु बर्माकालीन हिटी थियो। कतिपयले त्यसलाई भोटाहिटी पनि भन्छन्। तर, त्यो भोटाहिटी भने होइन।अहिले साझा भण्डारको ठूलो भवन जहाँ बनेको छ, त्यसको मुनि छ भोटाहिटी। 

बाटो खन्दा पाइएको हिटी निकै महत्त्वपूर्ण किसिमको हिटी थियो। र त्यो बेला मानिसहरुले यसरी भेटिएका हिटीहरुलाई पुनःस्थापित गरेर संञ्चालन गरौं भन्ने पक्षमा आवाज पनि उठाएका थिए।  तर त्यो बेलाको सरकार र नगर पञ्चायत मिलेर यसलाई पुरेर सब वे बनाए। हिटीमंग (पानी आउने डुंगेधारो) लगेर राष्ट्रिय संग्रहालयमा राखिएको छ भन्ने बुझिन्छ। ती हिटीहरुलाई पुरेर, छोपेर पठाएको हो। सँगै यतातिर ‘सब वे’ बनाइएको हो भन्ने छ। अहिले जुन ‘सब वे’ सञ्चालनमा छ, त्यो सँगै हिटी थियो। 

यो घट्नाक्रम हुँदा कमल चित्रकार काठमाडौं नगर पञ्चायतका  प्रधानपन्च थिए। यो कुरा त्यस्तै २०४१ वा २०४२ सालतिरको हो।

हिटीको प्रयोजन वरिपरि पानीको व्यवस्थापन गर्नु नै हो। बीचको समयमा हिटी केही भएपछि त्यसलाई पुरेर त्यसमाथि नै बाटो बन्यो।

रानीपोखरी वरिपरि यस्ता तीन, चार वटा हिटीहरु थिए। कमलाक्षीमा झंगथकु भन्ने हिटी थियो, जुन हिटी पछिसम्म पनि प्रयोग हुने गरेको थियो। पछिल्लो समय मात्रै यसलाई पुरेर यहाँ रानीपोखरी कर्नर टिम (फुटबल क्लब) को भवन बनेको छ। त्यो भवन हिटीमाथि नै बनेको हो।

अहिले तीनधारा भनिने सोराहिटी पनि रानीपोखरीको उत्तर कुनामा रहेको छ। त्यस्तै, विद्युत् प्राधिकरणपट्टि पनि एउटा हिटी रहेको छ। 

रानीपोखरीको वरिपरि हिटीहरु थिए। यसले रानीपोखरी वरिपरिका टुडिखेलजस्ता ठाउँहरु पानी सञ्चिती गर्ने किसिमको क्षेत्र थियो भन्ने देखाउँछ। त्यसैले गर्दा पनि यसको वरिपरि हिटीहरुमा राम्रोसँग पानी आउँथ्यो भनेर अनुमान लगाउन सकिन्छ। मानिसहरु पहिले काठमाडौंबाट बाहिर वा सहरबाट बाहिर टुँडिखेलमा आफ्नो काम काजमा हिँड्दा यी हिटीहरु प्रयोग हुन्थे। लुगा धुने, नुहाउनेजस्ता आफ्ना कामका प्रयोजनका लागि यी हिटीहरु प्रयोग हुन्थे।

Ncell 2
Ncell 2
nimb
nimb
Ratnapark_Subway_Hiti1661773671.jpg
सब–वे बनाउनका लागि जमिन खन्दा रत्नपार्क र भोटाहिटीको बीचमा फेला परेको ऐतिहासिक ढुङ्गेधारा हिटी (तस्बिर: facebook/Old Photos of Nepal)

'गेटेड टाउन’

पुरानो नेवार बस्तीहरु ‘गेटेड टाउन’ थिए। बस्तीको वरिपरि गडपर्खाल हुन्थ्यो। पर्खालले सहरलाई सुरक्षा दिएको हुन्थ्यो। पर्खालमा ठूला ठूला ढोकाहरु हुन्थे। र ढोकाभन्दा बाहिर स्वाभाविक रुपमा एउटा पाटी, पानीको मुहान (पाएसम्म पोखरी, नभएमा इनार) जस्ता पानीको केही स्रोतको व्यवस्था गरिएको हुन्थ्यो। जसले गर्दा सहरभित्र पस्ने मानिसहरू सरसफाई गर्ने गर्थे। खेतीकिसानी गरेर आफ्नो घर जाने मानिस घर छिर्नुअघि सरसफाई गर्ने, धोइपखाली गर्ने काम यिनै ठाउँमा गर्थे।

यी बाहेक बस्तीमा आउने मानिसका लागि त्यो पाटी चाहिँ बास बस्ने स्थान थियो। त्यो बेला अहिलेको जस्तो होटल त थिएनन्। 

जसका आफन्त थिए, उनीहरु आफन्तकोमा जान्थे। आफन्त नभएका विभिन्न ठाउँबाट यात्रामा निस्किएका मानिसहरु यिनै पाटीमा बस्ने गर्थे। उनीहरुका लागि पानीको स्रोत यिनै हिटी हुने गर्थ्यो।

मुख्य सहरमा छिर्नुअघि ढोकामा सरसफाइ गर्ने ठाउँमा भएको एउटा हिटी अहिले आरसिटी क्लबको भवन बनाइएको ठाउँमा भएको हिटी पनि हो। काठमाडौं सहर ३२ वटा टोलहरु र ३२ वा ३३ वटा ढोकाहरु भएको थियो। यति धेरै ढोकाहरु भएकाले प्रत्येक ढोकामा यस्तो वा अर्को किसिमको पूर्वाधारहरु राखेको हुन्थ्यो। त्यसमध्ये यो हिटी नजिकै लामो समयसम्म गेट पनि थियो। गेटसँगै हिटी रहेको हो। 

रानीपोखरी वरिपरि हिटी

रानीपोखरी वरिपरि भएका हिटीहरुमा रानीपोखरीको कारण मात्रै पानी जान्थ्यो भन्न मिल्दैन। उक्त हिटीहरुमा अन्य स्थानबाट पनि पानी जाने अनुमान गर्न सकिन्छ। यी हिटीहरुको वरिपरि चौरहरु थियो। टुँडिखेलको वरिपरिबाट खोला बग्थ्यो भन्ने पनि देखिन्छ। टुकुचा खोलाले आफ्नो बाटो बदल्दै बग्थ्यो। तर, अहिले यो खोलालाई हामीले निश्चित एक ठाउँमा राखिदिएका छौं। टुँडिखेलको वरिपरि अहिले पनि खनेर हेर्ने हो भने सेतो मसिनो बालुवा पाइन्छ। अर्थात् त्यो ठाउँबाट पहिले नदी बग्ने गर्थ्यो। अहिले त्यो नदी यताबाट उता र उताबाट यता सर्दै गयो। भौगर्भिक हिसाबले हेर्दा यो ठाउँमा पानीको भण्डार रहन सक्ने सम्भावना पनि धेरै रहेको छ। त्यो आधारमा यी क्षेत्रमा हिटीहरु बन्नु पनि स्वभाविक पनि हो। 

पहिले रानीपोखरीको चार कुनामा रहेका हिटीहरुमध्ये अहिले बाँकी रहेको हिटी तीनधारा मात्रै हो। तर, पहिले भएका हिटीहरुलाई पुनर्जीवन दिन सकिन्छ कि सकिँदैन भन्ने कुरा पनि छ। यो विषयमा भने हामीले प्रयास नै गरेका छैनौं। प्रयास गर्दै जाने हो भने हामीले एक हदसम्म यसका समस्याहरु थाहा पाउन सक्छौं। कतिपय ठाउँमा हामीले यसलाई नराम्रोसँग बिगारी सकेका पनि हुन सक्छौं। कतिपय ठाउँमा त्यस्तो नभएको हुन सक्छ। हिटीको बाटो मात्रै बिग्रिएको वा मुहानमा केही समस्या छ कि भन्ने पनि हुन सक्छ। र यो थाहा पाउन उत्खनन गर्नुपर्ने हुन्छ। र धेरै हदसम्म यी हिटीहरुलाई पुनः जगाउन सकिन्छ भन्ने सम्भावना पनि छ। 

अहिले हिटी संरक्षणका लागि हामीसँग केही ऐन छन्। हिटीहरु भनेका एकदमै पुराना सम्पदा, संरचनाहरु हुन्। यिनीहरु प्राचिन र पुरातात्विक सम्पदा  संरचनामा पर्छन्। यिनीहरुको हामीले संरक्षण गर्नुपर्छ। संरक्षण गर्ने भनेको यसलाई भएको ठाउँबाट उखेलेर अर्को ठाउँमा साार्ने होइन। जहाँ छ, त्यहिँ मिलाएर राख्ने हो।

अर्कातिर, जलस्रोतको मुहानको रुपमा हेर्दा पनि हिटीहरुको संरक्षण हुन्छ। यो पानीको स्रोत हो र यो सार्वजनिक स्रोत हो। यसलाई नष्ट गर्ने वा व्यक्तिगत बनाउने काम गर्नुहुन्न। सँगै हिटीहरुलाई सांस्कृतिक धरोहरका रुपमा पनि हेर्नुपर्छ। यिनै विशेषतालाई आधार मानेर हिटीहरुको संरक्षण गर्नका लागि आवश्यक कानुनी आधारहरु हामीसँग छन्। तर, त्यसलाई अझै. बलियो बनाएर लैजानु पर्छ। त्यसका लागि हिटी प्रणालीलाई हामीले राष्ट्रिय सम्पदाको रुपमा घोषणा गर्नुपर्छ। हामीसँग कानुन छन्, कानुनै नभएका होइनन्। कानुनको कार्यान्वयन र पालनाका लागि पनि हिटी संरक्षण गरिनुपर्छ।


काठमाडौं उपत्यकाका परम्परागत ढुङ्गेधाराहरुको सन्दर्भमा अनुसन्धानमूलक कृति ‘हिति प्रणाली’का लेखक जोशीसँग गरिएको कुराकानीमा आधारित 

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  १८:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आज तीन वटा संसदीय समितिका बैठक बस्दै
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्