काठमाडौं– गृहमन्त्री रामबहादुर थापा‘बादल’ले संयुक्त अरब ईमिरेट्स(यूएई)बाट नेपालमा भइरहेको सुन तस्करी नियन्त्रण गर्न चासो दिएका छन्।
नेपालका लागि युयईका राजदुत साईद हम्दान मोहम्मद अल नाक्बिसँग बिहीबार गृहमन्त्रालयमा भएको शिष्टाचार भेटमा उनले त्यससम्बन्धि चासो राखेका हुन्।
सुन तस्करी सम्बन्धी घटनामा गृह मन्त्रालयले गठन गरेको अनुसन्धान समितिलाई युयई सरकारको तर्फबाट गरीएको सहयोगका लागि समेत गृहमन्त्री थापाले धन्यवाद दिए।
भेटमा राजदुत नाक्बिले नेपालमा सुन तस्करीबारे गरीरहेको अनुसन्धानको क्रममा नेपालको आग्रह अनुसार एक व्यक्तिलाई युयईमा पक्राउ गरीएको र उनलाई नेपाल पठाउने प्रक्रिया जारी रहेको गृहमन्त्रीलाई जानकारी दिए। सुन तस्करीमा संलग्न रमेश उप्रेती केही दिनअघि दुबईमा पक्राउ परेका हुन्।
भेटमा राजदुत नाक्बिले मानवतस्करी र अन्य किसिमका तस्करी रोक्नेबारे नेपाल र युयईबीच कुनै किसिमको सम्झौता नभएको कारण केही समस्या देखिएको भन्दै नेपालले सो किसिमकको सम्झौता गर्न चाहे युयई तयार रहेको प्रष्ट पारेका थिए।
गृहमन्त्रालयमा भएको भेटमा नेपाल–युयई द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थिया।
भेटमा गृहमन्त्री थापाले नेपालको विकास तथा नेपाली कामदारलाई रोजगारीको सृजना अवसर गरेर युयईले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे।
भेटमा युयईका उपप्रधान तथा गृहमन्त्रीको तर्फबाट राजदुत नाक्बिले गृहमन्त्री थापालाई युयई भ्रमणका लागि निमन्त्रणा दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।