काठमाडौं– आगामी भाद्र १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै ५ वटा ऐन एकैसाथ कार्यान्वयनमा आउने भएको छ।
सर्वोच्च अदालतले आगामी भाद्र १ गतेदेखि मुलुकी ऐन प्रतिस्थापन गर्दै मुलुकी देवानी ऐन, मुलुकी देवानी कार्यविधि ऐन, मुलुकी अपराध ऐन, मुलुकी फौजदारी कार्यविधि ऐन र फौजदारी कसुर ऐन एकैसाथ लागू गर्ने जानकारी गराएको हो।
सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायले ५ वटै ऐन लागू गराउन आवश्यक तयारीको कामलाई पनि अन्तिम चरणमा पु¥याइएको जानकारी दिए। उनले ऐनहरुलाई लागु गराउन आवश्यक तयारीका लागि न्यायाधीशहरुकै नेतृत्वमा ३ वटा छुट्टाछुट्टै समिति गठन गरिएको पनि स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।