काठमाडौं– राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले तत्कालीन विभिन्न ऐतिहासिक दस्तावेजहरुको खोजविन सुरु गरिने भएको छ।
राष्ट्रिय विभूति भीमसेन थापाको २ सय ४३औं जन्मजयन्तिको अवसर पारेर बुधबार एक कार्यक्रमको आयोजना गरी प्रतिष्ठानले भीमसेन थापाकालीन विभिन्न ऐतिहासिक दस्तावेजहरुको खोजविन सुरु गर्ने योजना सार्वजनिक गरेको हो।
भीमसेन थापाजस्ता देशभक्त निडर शासकको पालाका ऐतिहासिक दस्तावेज खोजविनका लागि आवश्यक विचार–विमर्शको कार्यक्रमलाई पनि निरन्तरता दिइने प्रतिष्ठानका अध्यक्ष प्रा डा पार्थिवेश्वरप्रसाद तिमिल्सिनाले जानकारी दिए। उनले भीमसेन थापाको निडर र वीरतापूर्ण संघर्षका कारण तत्कालीन अंग्रेजसँगको युद्धमा नेपालले विजय हासिल गर्न सफल भएको पनि स्मरण गराए।
प्रतिष्ठानले राष्ट्रिय विभूति भीमसेन थापाको योगदानको कदर गर्दै पुरस्कार समेत प्रदान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।