• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

स्थलगतः दशगजामा भारतीय बाँध, सिरहाका सीमावर्ती बासिन्दालाई डुबानको पिरलो (भिडियोसहित)

64x64
नेपाल लाइभ बुधबार, साउन ९, २०७५  १२:४२
1140x725

औरही– दशगजामा भारतले बनाएको बाँधका कारण खाँडो खोलाको डुबानबाट सप्तरीका बासिन्दाले भोगेको दुःख जस्तै छ सिरहाको गागन खोला प्रभावितहरुको कथा।

सिरहाको सीमावर्ती क्षेत्र औरही १ का किसान मौली यादव (७५) वर्षायाम सुरू भएसँगै चिन्तित छन्। उनको चिन्ताको कारण हो, गाउँ र खेत नजिकै भएर बग्ने गागन खोला।

गत वर्ष २८ साउनमा गागन खोलामा आएको बाढीले गाउँ नै डुबायो। ‘खोला र गाउँमा फरक देखिएन, सबैको चिहिल–बिहिल भयो। वयस्कहरुले वृद्धवृद्धा र बालबच्चाको उद्दार गरे। सिंगो गाउँका मानिसले संघर्ष गरेर ज्यान जोगायौं,’ उनले भने, ‘जसो–तसो ज्यान त जोगियो, तर घर/खेत केही भन्न पाइएन।’

उनले बाढीले अन्नबाली सबै बगाएको बताए। धेरै पशुचौपाया बाढीमा डुबेर मरेको तथा बेपत्ता हुँदा गाउँलेले ठूलो क्षति ब्यहोर्नु परेको मौलीले सुनाए। 

बाढीले खेतमा रोपेको धानबाली डुबाउँदा वर्षभरि खान पनि समस्या परेको मौली बताउँछन्। ‘यस वर्ष पनि अवस्था उस्तै छ। बाढी चैं कस्तो आउँछ, त्यही चिन्ता छ’, उनले शंका व्यक्त गरे। 

यो समस्या मौलीको मात्र होइन, नत एक पटकको हो। औरही गाउँपालिकाको दरहैया, हरकट्टी, कुण्डलपुर, कडहर्वा, इटाटार, इटाटार गोठ र बरियारपट्टी गाउँपालिकाको गरगम्मासहित आधा दर्जनभन्दा बढी गाउँका मानिसले विगत १० वर्षदेखि भोग्दै आएको समस्या हो।

Ncell 2
Ncell 2
nimb
nimb

गत वर्ष साउन २८ मा गागन खोलामा आएको बाढीले डुबानमा पसेको औरही गाउँ


रतीय पक्षले दशगजामै जोडेर निर्माण गरेको बाँधका कारण पानीको निकास थुनिएको र गागन खोलाको पानी ओभरफ्लो भएर गाउँ छिर्न थालेपछि औरहीसहितका गाउँ डुबानमा परेको औरही ५ का विरेन्द्र शर्मा बताउँछन्। बाँधका कारण हरेक वर्ष गागन खोलाको बाढी र निकास थुनिएका कारण नेपालतर्फ करिब २–३ सय विगाह जमिन र ४ हजारभन्दा बढी घर डुबानमा पर्ने गरेको उनको भनाइ छ।

समस्याको जडः दशगजामा भारतीय बाँध

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

१०–१२ वर्ष अघिसम्म औरही र बरियारपट्टी क्षेत्र वर्षाका कारण उत्पन्न हुने समस्याबाट मुक्त थियो। खोलामा आउने बाढीको कसैलाई चिन्ता र वास्ता थिएन। ‘बाढी आउँथ्यो, जान्थ्यो। प्रकृतिले हामीलाई कहिलै समस्या गरेन’, स्थानीय वृद्ध भूपनारायण सिंह भन्छन्, ‘मानव निर्मित संरचना चाहिँ हाम्रा लागि अभिसाप बनेर आयो।’

नेपाल हुँदै बगेर जाने पानीले क्षति गर्न थालेपछि भारतीय पक्षले दशगजाभित्रै निर्माण गरेको एकतर्फी बाँधका कारण औरही लगायतका नेपाली भूभाग जलमग्न हुन थालेको उनले सुनाए।

बिहारको मधुवनी जिल्ला अन्तर्गत लदनियाँ बजार तथा खैटोका र मथनाजे गाउँ जोगाउन भारतले २०६३ साल वैशाखमा दशगजा भित्रै १० फिट अग्लो र २० फिट चौडा पूर्व–पश्चिम बाँध निर्माण सुरु गर्‍यो। मथनाजे गाउँका स्थानीयबासी समेत रहेका बिहार सरकारका तत्कालीन पञ्चायत राज्यमन्त्री कपिलदेव कामैतको योजना र उनकै नेतृत्वमा २५६ (१) देखि २५६ (४) नम्बरको सिमास्तम्भ (बरियारपट्टीबाट गागनखोला) सम्म करिब १५ किलोमिटर बाँध निर्माणको काम सुरु भएको औरही ५ का विरेन्द्र शर्मा बताउँछन्।

भारतले २०६३ वैशाखमा निर्माण गरेको १० फिट अग्लो र २० फिट चौँडा पूर्वपश्चिम बाँध


‘नेपालीले चर्को विरोध गरे, तर कुनै सुनुवाइ भएन। १ किलोमिटर बाँध भारतीय पक्षले निर्माण गरेरै छोडे,’ उनले भने, ‘लगत्तै वर्षायाममा बाँधले पानीको निकास थुनेपछि नेपाली भूभाग डुबानमा पर्यो।’ गाउँ जोगाउन मुस्किल परेपछि महेश यादव, विरेन्द्र शर्मा, दिनेश यादव लगायतका स्थानीय युवा मिलेर केही स्थानमा बाँध भत्काए। जसका कारण दुवै पक्षको प्रशासनबीच छलफल भयो र बाँकी बाँध बनाउने योजना तत्कालका लागि रोकियो। तर, पानीको निकासबारे हालसम्म पनि ठोस निर्णय हुन सकेको छैन।

‘अहिले पनि भारतले बाँध मर्मतका लागि हरेक वर्ष बजेट छुट्याउँछ,’ औरही १ का भोगेन्द्र यादव भन्छन्, ‘तर, नेपालीको विरोधले काम अगाडि बढाउन चाहिँ सकेको छैन।’

यसैक्रममा गत वर्ष भारतले सडक निर्माणको बहानामा बाँध निर्माणको अर्को योजना सम्पन्न गरेको छ। नेकपा (तत्कालीन माओवादी केन्द्र) का स्थानीय कार्यकर्ता राजकुमार यादवले भने, ‘सडकको नाम दिइए पनि योजनाको उद्देश्य भनेको गागन खोलालाई नियन्त्रण गर्नु हो।’

सडक भारतीय क्षेत्रमा भए पनि अन्तिम बिन्दु दशगजासँगै जोडिएको छ। सडकले भारत छिर्नासाथ गागन खोलाको बहाव क्षेत्रलाई साँघुर्‍याएको स्थानीयहरु बताउँछन्। ‘दशगजासम्म जोडेर उत्तर–दक्षिण निर्माण गरिएको सडकले गागन खोलाको चौडाइँलाई साँघुरो पारेपछि नेपाली भूभाग झन खतरामा प¥यो,’ यादवले थपे, ‘खोलामा सहज रुपमा पानी बग्न नपाएपछि नेपालतर्फ बाँध भत्काउने र ओभर फ्लो भएर गाउँ डुबाउने समस्या गत वर्षदेखि सुरु भएको छ।’

सडकका कारण खोलामा बाढी बढेको र २०७४ साउन अन्तिम साता गागन खोलाको बाँध औरही ५ को हरकट्टी र औरहीको बीचमा तथा कुण्डलपुरको मुसहरी बस्तीमा फुट्दा सयौं विगाह जमिन बालुवाले पुरेको यादवले जनाए। समस्या र क्षतिबारे हालसम्म दुवै देशको सरकारले चिन्तासम्म व्यक्त नगर्नु आश्चर्य भएको उनको टिप्पणी छ।

गाउँपालिकाका अध्यक्ष सिद्धार्थ यादवले भने गागन खोलाले धार परिवर्तन गरेपछि समस्या सुरु भएको बताए। भारतीय पक्षले गागन खोलालाई पुरानै स्थानमा फर्काउन खोज्ने र नेपाली पक्षले त्यसको विरोध गर्ने क्रम निरन्तर चल्दै आएको उनको भनाइ छ। 

‘गागन खोलालाई पुरानो धारमा फर्काउँदा भारतीय क्षेत्रमा डुबानको समस्या सकिन्छ,’ अध्यक्ष यादवले भने, ‘तर, नेपालका ५–७ वटा गाउँ डुबानको खतरामा पर्छन्।’
नेपालपट्टी दुवैतर्फ बाँध निर्माण गरी गागन खोला नियन्त्रण गर्न सके सबै समस्या समाधान हुने उनको बुझाइ छ।

आफ्नै खेतमा पुग्न भारतीय बाटो

भारतीयले दशगजामा बाँध निर्माण गरेपछि आफ्नै खेतमा पुग्न समेत नेपालीलाई समस्या भएको छ। यसअघि प्रयोग गर्दै आएको बाटो बाँधका कारण जलमग्न भएपछि भारतीय क्षेत्र प्रवेश गरेर मात्र खेतमा पुग्न सकिने किसानहरु बताउँछन्।

भारती क्षेत्र हुँदै आफ्नो खेतमा जाँदै गरेका औरही-१ का किसान मौली यादव 


औरही १ मा घर तथा वडा नम्बर ६, ७ र ८ मा खेत भएका भोगेन्द्र यादव, महादेव मुखिया, अगम मुखिया, बोयलाल मुखिया, भूपनारायण सिंह, खरन यादव, श्रीदेव सिंह, लक्ष्मी सिंह, श्यामदेव सिंह, दिनेश यादव, रनुदेव सिंह, अमृत मण्डल लगायत दर्जनौं किसानले यो समस्या ब्यहोरिरहेका छन्।

सिमानामा निर्माण गरिएको बाँधका कारण खेतमा पुग्न समस्या भएको उनीहरुको गुनासो छ।

सिमास्तम्भ सारेर सिमाना मिचेको आरोप

भारतीय पक्षले बाँध निर्माणसँगै २५६ (२) नम्बरको सीमास्तम्भ समेत सारेको स्थानीयले आरोप लगाएका छन्। त्यस बेला करिब ३ सय मिटर सीमा मिचिएको स्थानीयबासीको दाबी छ। 

सीमास्तम्भ सारेर सीमा अतिक्रमण गरेको विषयमा स्थानीय प्रशासनलाई पटक–पटक जानकारी गराउँदा समेत कसैले चासो नलिएको उनीहरु बताउँछन्।

दशगजामै वृक्षारोपण र खेती

भारतीय पक्षले २५६(२) र २५६(३) नम्बरको सीमास्तम्भको बीचमा वृक्षारोपण गरेका छन्। तर, नेपाली पक्षले ती बिरुवा उखेलेको स्थानीय अन्तनारायण सिंहले बताए। वृक्षारोपणको अवशेष भने अहिले पनि देख्न सकिन्छ।

सिमास्तम्भबाट नेपालतर्फ देखिने क्षेत्र तथा दशगजामा वृक्षारोपणको अवशेष


यस बाहेक दशगजामा यतिबेला धमाधम धान रोपाइँ भइरहेको छ। धान रोपेको जग्गा आफ्नै भएको उनीहरु दाबी गर्छन्। अधिकांश जग्गा तारको बेरा लगाएर घेरिएको छ। नेपालीहरुले भने उक्त जग्गा नेपालमा पर्ने बताउँदै आएका छन्। २०६३ सालमा सारिएको सीमास्तम्भलाई आधार मान्दा समेत सो जग्गा दशगजा क्षेत्रमा पर्ने भएकाले निष्पक्ष नापजाँच गरे खेती भएको जग्गा नेपालमा पर्ने स्थानीयको दाबी छ।

दशगजामा भारतीय गाउँ

भारतीय पक्षले दशगजामा गरेको खेती ​


भारतीय मिचाहा प्रवृत्तिका अघि नेपाली पक्षको निरिहताका कारण नेपाली भूभागमा वर्षौंदेखि भारतीय बस्ती बसेको छ। औरही १ (तत्कालीन हरकट्टी गाविस ६ र ७) मा अहिले पनि भारतीयहरुको करिब २०–२५ घर रहेको औरहीका नथुनी मण्डल बताउँछन्।

बरियारपट्टी र हरकट्टीको सिमानामा पर्ने उक्त बस्ती भारतीय बजार लदनियाँको छेउमा छ। वडा अध्यक्ष सुरतलाल ठाकुरले पनि सिमाना मिचेर भारतीय बस्ती बसेको स्वीकार गरेका छन्।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) र नेपालतर्फ सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टसमेत रहेको उक्त स्थनमा वर्षौंदेखि भारतीयहरुले घर बनाएर बसेको उनले जनाए।

भारतीय पक्षस“ग कुनै छलफल र लिखित सहमति भएको छैनः सिडिओ पण्डित

सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडियो) रुद्रप्रसाद पण्डितले ७ किलोमिटर बाँध निर्माणको योजना भए पनि पौने २ किलोमिटर बाँध निर्माण गरिसकेपछि नेपालीहरुको विरोधका कारण रोकिएको बताए।

दुई पक्षीय बैठकमा सिमानामा देखिएका समस्याका विषयमा कुरा उठ्ने गरे पनि बाँध निर्माण, त्यसको असर र नियन्त्रणका विषयमा भारतीय पक्षसँग कुनै छलफल र लिखित सहमति नभएको उनको भनाइ छ।

सडकका नाममा गत वर्ष निर्माण भएको बाँधका विषयमा जानकारी नआएको बताएका पण्डितले हरकट्टीमा भारतीय बस्ती बसेको विषयमा आफूले यथार्थ जानकारी लिएर आगामी दुई देशीय सुरक्षा बैठकमा सो सम्बन्धि कुरा राख्ने बताए।

प्रकाशित मिति: बुधबार, साउन ९, २०७५  १२:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्