काठमाडौैं– बंगलादेशी गिरोहसँग मिलेर कल बाइपासको धन्दामा संलग्न २ युवक पक्राउ परेका छन्। रुपन्देहीका विजय गुरुङ र चितवनका सुनिल अधिकारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले सोमबार पक्राउ गरेको हो।
उनीहरुले भरतपुरको चारतले र काठमाडौंको चन्द्रागिरीस्थित हाई भिजन कोलनीमा घर भाडामा लिएर कल बाइपास गर्दै आएको प्रहरीले जनाएको छ।
दुवै घरबाट प्रहरीले भिओआइपीमा प्रयोग हुने विभिन्न सामानहरु बरामद गरेको छ।
सो गिरोहका नाइके मिर्जा साहिर आलम तुर्जाे रहेको र उनले नेपालमा यस्तो गतिविधि गर्दै आएको प्रहरीले जनाएको छ।
नेपालमा पहिलेदेखि नै बंगलादेशीहरुले कल बाइपासको काम गर्दै आएका छन्। जसबाट टेलिकम कम्पनीहरुले ठूलो आम्दानी गुमाउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।