काठमाडौं– महानगरीय प्रहरी परिसर,ललितपुरले २० हजार राशीको तीन वटा पुरस्कार स्थापना गरेको छ । सिटिजन्स बैंक इन्टरनेशनलसँग मिलेर प्रहरीले पुरस्कार स्थापना गरेको हो।
असार महिनामा उत्कृष्ट हुने तीन प्रहरीलाई सोमबार पुरस्कार वितरण गरिएको छ।
अपराध अनुसन्धान तथा कारबाहीतर्फ इन्सपेक्टर खुमलाल भुसाल, जनमैत्री सामाजिक सचेतनामुलक कार्यक्रम अन्र्तगत इन्सपेक्टर चंचला श्रेष्ठ तथा प्ररही परिचालन÷शान्ति सुरक्षा व्यवस्थापनतर्फ असइ मिनबहादुर तामाङ पुरस्कृत भएका छन्। उनीहरुले २० २० हजार रुपैयाँ प्रदान गरिएको छ।
एसएसपी गणेश ऐर सिटिजन्स बैंकका सिइओ राजनसिंह भण्डारीले पुरस्कार प्रदान गरेका हुन्।
पुरस्कार राशीका लागि प्रहरीले एक वर्षका लागि सिटजन्स बैंकसँग सम्झौता गरेको छ। जसअनुसार एक वर्षमा बैंकले प्रहरीलाई ७ लाख २० हजार रुपैयाँ दिने छ।
यसअघि काठमाडौं परिसरले नेपाल बंगलादेश बैंकसँग सहकार्य गरी यस्तो पुरस्कार स्थापना गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।