काठमाडौं– उपराष्ट्रपति महिला लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र रौतहट विजयी भएका छन्।
सोमबार भएको उद्घाटन खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई १–० गोलले हरायो। आर्मीको जितमा सर्मिला थापाले ८१ मिनेटमा निर्णायक गोल गरिन्।
अर्को खेलमा रौतहट जिल्ला फुटबल संघले काठमाडौं जिल्ला फुटबल संघलाई ४–० गोलले पराजित गर्योत। रौतहटको जितमा रश्मीकुमारी घिसिङले ह्याट्रिक गरिन्। उनले ५०, ५६ र ५९ मिनेटमा गोल गरिन्। ६८ मिनेटमा मनिषा राउतले चौथो गोल गरेकी थिइन्।
लिगमा पाँच टिमबीच प्रतिस्पर्धा हुँदैछ। साउन १५ सम्म एन्फा कम्प्लेक्स सातदोबाटोमा संचालन हुनेछ। प्रतियोगितमा ३ विभागीय टिमहरु नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब, काठमाडौं जिल्ला फुटबल संघ र रौतहट जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।