• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

खेलकुद परिषद्‌का सदस्यसचिव भन्छन् : काम नगर्ने संघहरु अब रहँदैनन्

64x64
नेपाल लाइभ सोमबार, साउन ७, २०७५  १२:०६
1140x725

काठमाडौं– आगामी भदौ २ देखि इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुद प्रतियोगितामा नेपालले २८ खेलमा भाग लिँदैछ।

एसियाली खेलका लागि नेपालले स्वदेश र विदेशमा तयारी गरिरहेको छ। नेपालले एसियाली खेलकुदमा आर्चरी, एथलेटिक्स, बास्केटबल, ब्याडमिन्टन, बक्सिङ, साइक्लिङ, फेन्सिङ, फुटबल, गल्फ, जुडो, कराँते, कबड्डी, लनटेनिस, सुटिङ, पौडी, तेक्वान्दो, टेबलटेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, सेपाकटाक्रो, उसु, स्पोर्टस क्लाम्बिङ, प्याराग्लाइडिङ, कुरास, पेनकक सिटेल र स्केटबोर्डमा प्रतिस्पर्धा गर्दैछ।

प्रतियोगिता नजिकिँदै गर्दा नेपालले तयारी तिव्र गतिमा गरिरहेको छ। अघिल्ला २ एसियाली खेलकुदमा नेपालले १–१ कास्यमा मात्र चित्त बुझाएको थियो। यसपटक नेपालले पहिलाको भन्दा राम्रो नतिजा निकाल्ने लक्ष्य लिएको छ।

यसै सन्दर्भमा नेपाल लाइभका सीताराम कोइरालाले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टसँग कुराकानी गरेका छन्।

एसियाली खेलकुद नजिकिँदै छ, नेपालको तयारी कस्तो छ?

नेपालको तयारी सन्तोषजनक छ। खेलाडीलाई विगतभन्दा लामो समय बन्द प्रशिक्षणमा राखेका छौं। संघहरुको प्रस्तावअनुसार वैदेशिक प्रशिक्षण लागि पठाएका छौं। हामीले विदेशमा प्रशिक्षण गर्न चाहने सबै संघको प्रस्तावलाई स्विकार गर्दै पठाइरहेका छौं। त्यसमा पनि पदक प्राप्त गर्ने सम्भावना भएका खेललाई बढी प्राथमिकता दिएका छौं। सहुलिय वा सुविधामा जाने व्यवस्था मिलाएका छन् भने हामीले सहयोग गरेका छौं। पदकको सम्भावना भएको करातेले अहिले जापान जानका लागि प्रक्रिया अघि बढाइरहेको छ। देशमै प्रशिक्षण भइरहेको छ। विगतको भन्दा तयारी राम्रो भइरहेको छ।

हामीले प्रतिस्पर्धीको तयारी पनि हेर्नु हुन्छ। हामीले बजेट र सामर्थ्यले भएसम्म राम्रो गर्ने कोशिस गरिरहेका छौं।

संघको विवादले गर्दा तयारीमा असर गर्ने गरेको छ। अहिले करातेमा केहि समस्या देखिएको छ। खेलाडीको प्रदर्शनमा असर नगरोस् भन्नेमा परिषद कतिको चनाखो छ?

Ncell 2
Ncell 2
nimb
nimb

करातेबाहेक अन्य खेलमा समस्या छैन। करातेमाछनोटमा समस्या भएको होइन। प्रशिक्षणको विषयमा केहि असमझदारी भएको हो। यसले प्रशिक्षणमा असर गरेको छैन। हामीले समस्या हल गरिक्यौं।

खेलाडीलाई प्रशिक्षण गराउने जिम्मेवारी सम्बन्धित खेल संघको हो। खास गरी प्रशिक्षण, खेलको विकास, खेलाडीको खोजी, अन्तर्राष्ट्रिय सम्बन्ध राख्ने काम संघको हो। हामीले खेल संघको प्रस्तावअनुसार बजेटको सीमाभित्र रहेर सुविधा दिने हो। प्रशिक्षणका लागि प्रशिक्षक उपलब्ध गराइदिने हो। खेलाडीका लागि प्रशिक्षणको व्यवस्थापन गर्ने जिम्मेवारी संघ हो। हामीले निमयन गर्ने हो। हामीले त्यो गरिरहेका छौं।

संघहरुमा प्रशिक्षणको बेला देखिने यो पुरानो समस्या हो। अहिले मानिसहरुले अनुमान गरेभन्दा त विवाद छैन।

तयारीअनुसार एसियाली खेलकुदमा नेपालको प्रदर्शन कस्तो हुने अपेक्षा छ?

सुरुमा सबै संघले पदक ल्याउछु भनेर दाबी गर्छन्। यसो भनेर मैले शंका गर्न खोजेको होइन। तर पदक भन्ने कुरा हाम्रो तयारी वा संघको हातमा मात्र हुन्न। खेलाडीको प्रदर्शनमा भर पर्छ।

यसपटक म आसावादी छु। अघिल्ला एसियन गेम्स भन्दा यसपटक राम्रो नतिजा आउनेमा विश्वस्त छु।

उपलब्ध गराएको बजेटअनुसार संघहरुले गरेको तयारी प्रति कतिको सन्तुष्ट हुनुहुन्छ?

संघहरु पनि फरकफरक किसिमका छन्। केहि संघहरु जिम्मेवार छन्। खेलाडीको प्रदर्शनलाई लिएर चिन्तित छन्। श्रोत साधन जुटाएर, आफ्नो गोजीको लगाएर भएपनि खेलाडीलाई संरक्षण गर्ने गरिरहेका छन्। तर कुनै संघ यस्ता छन्, खाली औपचारिकताका लागि चलाइरहेका छन्। भित्र हृदयदेखि समर्पणको भावना नभएका संघ छन्। जतिबेला पनि हामीले झक्झकाउनु पर्न, गोठालो बसेको जस्तो बस्नु पर्ने खालका संघ छन्। यस्ता संघलाई हामी बिस्तारै अप्रेसन गर्दैछौं।

हामीले २५ संघलाई त खारेज नै गरिसक्यौं। अरु ८–१० वटा संघ पनि खारेज हुने अवस्थामा छन्। धेरै संघ पुनर्गठन हुने प्रक्रियामा छन्। काम नगर्ने संघहरु २–४ महिना भित्रमा रहँदैनन्। कतिपय हिजो जे पनि अहिले जुर्मुराएर उठेका छन्। कतिपय काम नगर्ने संघको नेतृत्व परिवर्तन गर्नु पर्ने अवस्था छ। पुरानै शैलीका, पुरानै ढर्काका छन्। खाली प्रतिष्ठाका लागि संघमा बस्ने पदाधिकारी पनि छन्। विदेश घुम्म पाइन्छ भनेर लोभमा बस्ने पदाधिकारी पनि छन्। खेलको बारेमा चिन्ता नहुने पदाधिकारी छन्। खेलको प्रगति हुन्छ कि हुदैन भनेर चिन्ता देखिदैन। खेल पुरानो छ, संघ पुरानो छ तर नेतृत्व समयअनुसार चलेको छैन। यस्तो नेतृत्वलाई पनि बिस्थापित गर्दैछौं।

एसियाली खेलकुदमा खेलाडीलेले केकस्ता सुविधा पाएका छन्?

बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई असारसम्म १४ सय रुपैयाँ दैनिक भत्ता प्रदान गरेका थियौं। साउनदेखि १५ सय हुँदैछ। यस्तै विदेशमा जानेलाई लाग्ने जति शुल्क दिएका छौं। खेल्नका लागि चाहिने सामग्री पनि दिइरहेका छौं र एसियन गेम्सका लागि पनि दिन्छौं।

हाम्रो देशको सन्दर्भअनुसार जति दिन सकिन्थ्यो त्यति दिएका छौं। अन्य देशको तुलना गर्दा केहि कमी हुन सक्ला। तर हामीले भ्याएसम्म गरेका छौं। अहिलेसम्म खेलाडीले चाहिने सामग्रीमा गुनासो सुन्न गर्न परेको छैन।

कुन ठाँउमा कस्तो प्रशिक्षण गर्ने जिम्मेवारी संघले हेर्ने हो। कुन देश कुन बेला जादा राम्रो हुन सक्छ भन्ने कुरा मिलाउने काम संघको हो। प्रशिक्षणका लागि संघले गरेको सबै प्रस्ताव हामीले पूरा गरेका छौं। यसमा खेलाडीको पनि क्रियाशिलता आवश्यक हुन्छ।

तर सरकारले भनेजति बजेट दिएको छैन। हामीले एसियन गेम्सको तयारी र सहभागिताका लागि ८ करोड मागेका थियौं। तर ५ करोड मात्र आएको छ। त्यो ५ करोड भित्र हामीले काम गर्नु पर्नेछ। हामीलाई अझै २ करोड समस्या छ। निर्णय गर्ने प्रक्रिया लामो हुँदा समस्या पर्ने गरेको छ। ओलम्पिक, साग गेम्स र सातौं राष्ट्रिय खेलकुद आयोजन गरियो। तर कहिले पनि समयमै बजेट निकासा भएन। यस्तो परिस्थितिमा काम गर्नु पर्दा सोचे जस्तो नहुदो रहेछ।

तर पनि हामीले खेलाडीले गुनासो गर्ने वातावरण बनाएका छैनौं।

विगतमा भन्दा लामो समय स्वदेश र विदेशमा प्रशिक्षण भएको हुँदा सबै सन्तुष्ट भएको पाएको छु।

नेपालले यसै वर्ष दक्षिण एसियाली खेलकुद पनि आयोजना गर्दैछ। एसियन खेलको सभागिताबाट सागमा फाइदा लिन सकिन्छ नी?

एसियन गेम्समा पदक ल्याउने त ल्याइहाले। पदक नल्याएपनि हामीले एक्पोजरको रुपमा लिनेछौं। हामी एसियन गेम्सबाट फर्के लगत्तै सागसम्म प्रशिक्षण निरन्तर गर्नेछौं। एसियन खेलमा सहभागी नभएका खेलाडीलाई प्रशिक्षण गराउने छौं। अब निरन्तर प्रशिक्षण हुनेछ। हाम्रो ध्यान साग गेम्समा बढीभन्दा बढी पदक ल्याउने हुनेछ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०७५  १२:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्