• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

शैक्षिक सत्र सुरु भएको चार महिनापछि धनगढी उपमहानगरपालिकाले भन्यो-विद्यार्थीबाट जथाभावी शुल्क नलिनू 

64x64
शेरबहादुर ऐर बिहीबार, साउन १९, २०७९  २२:२७
1140x725

धनगढी–शैक्षिक सत्र सुरु भएको चार महिनापछि धनगढी उपमहानगरपालिकाले बल्ल नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयलाई विद्यार्थीबाट जथाभावी शुल्क नलिन परिपत्र गरेको छ।

नयाँ शैक्षिक सत्र २०७९ को सुरुमै उपमहानगरपालिकाभित्र सञ्चालनमा रहेका केही सामुदायिक विद्यालयहरूले विद्यालय व्यवस्थापनका नाममा विद्यार्थीहरूबाट भर्ना शुल्कलगायत विभिन्न शुल्क असुल गरेका छन् भने भने संस्थागत विद्यालयहरूले मनोमानी ढंगले शुल्क असुल गरिसकेका छन्। उपमहानगरपालिकामा पटक–पटक उक्त विषयमा अभिभावकहरुले गुनासो गर्दासमेत न त अनुगमन गरिएको थियो न चासो नै। 

धनगढीमा गुठीबाट सञ्चालनमा रहेको ऐश्वर्य विद्या निकेतनले लामो समयपछि विद्यालयको मासिक शुल्कमा ३० प्रतिशत वृद्धि गरेपछि उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयलाई जथाभावी शुल्क असुल नगर्न भन्दै परिपत्र गरेको हो।

ऐश्वर्य विद्या निकेतनको मासिक शुल्क वृद्धिको व्यापक विरोध भएपछि उपमहानगरपालिकाले विभिन्न सर्तसहित सामुदायिक तथा संस्थागत विद्यालयलाई परिपत्र गरेको उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले जनाएको छ।

उपमहानगरपालिकाले सामुदायिक विद्यालयलाई ऐन नियममा लिन मिल्ने भनी स्पष्ट तोकिएको शुल्कबाहेक अन्य कुनै प्रकारको शुल्क नलिन र संस्थागत विद्यालयले लिने शुल्क शिक्षा नियमावलीबमोजिम शिक्षा विकास तथा समन्वय इकाइबाट स्वीकृत भएपश्चात् आफनो सूचना पाटीमा टाँस गरी सार्वजनिक गरेर मात्र लागू गर्नू भनी परिपत्र गरेको जनाइएको छ।

शिक्षा विकास तथा समन्वय इकाइले देश संघीय संरचनामा गएपछि संस्थागत विद्यालयको भर्ना शुल्कलगायतका विषयमा अहिलेसम्म बैठक गरेको छैन भने शुल्क निर्धारण गर्न सकेको छैन।

‘उपमहानगरपालिकाअन्र्तगत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरूको सम्बन्धमा पटक–पटक विभिन्न गुनासो आएको भन्दै सामुदायिक तथा संस्थागत विद्यालयले प्रचलित शिक्षा ऐन, निमय विपरित कुनै पनि शुल्क विद्यार्थीबाट असुल नगर्नुहोला’ उपमहानगरपालिकाको परिपत्रमा भनिएको छ।

उपमहानगरपालिकाका शिक्षा महाशाखा उपसचिव नरेन्द्रबहादुर खातीद्वारा हस्ताक्षरित बुधबार तयार भएको सो परिपत्रमा सामुदायिक विद्यालयलाई नौ बुँदे सर्त, संस्थागत विद्यालयलाई १० बुँदे र सामुदायिक र संस्थागत दुवै विद्यालयले पालना गर्नुपर्ने भन्दै छ बुँदे सर्त उल्लेख गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘सामुदायिक विद्यालयको चलअचल सम्पत्तिलाई दुरुपयोग हुन नदिन, दुरुपयोग भएको वा अन्य व्यक्ति तथा संघ संस्थाहरूले प्रयोग गरेको वा मिचिएको जग्गा विद्यालय मातहत ल्याउनुपर्ने छ। विद्यालयको जग्गा, भवन आदि नियमानुसार भाडामा दिन मिल्ने सम्पत्ति उपमहानगरपालिकाले तोकेको न्यूनतम दरभन्दा कम भाडादर हुने गरि भाडामा नदिने, यसपूर्व तयारी भाडामा दिइएको भएमा सम्झौता भंग गरी नियमानुसार पारदर्शी तवरबाट भाडामा लगाउने व्यवस्था मिलाउनुपर्ने छ,’ परिपत्रमा भनिएको छ। 

यस्तै, ‘विद्यालयहरूले विद्यालयको स्वामित्वमा रहेका कक्षाकोठाहरू भाडामा नलगाउने, लगाएकोमा भएमा सम्झौता भंग गरी विद्यालयको कक्षा कोठा, पुस्तकालय कक्ष, प्रयोगशाला, स्टोर कक्ष, स्टाफ कक्ष, सभाहलको रुपमा प्रयोग गर्ने व्यवस्था मिलाउनुपर्नेछ,’ भनिएके छ।

उपमहानगरपालिकाले शिक्षकहरूलाई विद्यालय समयको अघि, पछि वा सार्वजनिक विदामा अन्य स्थानमा अध्यापन नगराउन, अनुमति नलिई बिदामा नबस्न र दरबन्दीमा कार्यरत शिक्षकलाई थप भुक्तानी नदिन आदेश जारी गरेको छ।

‘तोकिएको अधिकारीबाट पूर्वस्वीकृति नलिई विद्यालय समयमा, विद्यालयको अघिपछिको समयमा र सार्वजनिक बिदाको दिनमा अन्य विद्यालय, क्याम्पस, ट्युसन तथा कोचिङ सेन्टर, भाषा प्रशिक्षण केन्द्रमा अध्यापन नगराउन र माथिल्लो तह वा फरक विषय शिक्षण गरेवापत विद्यालयकै दरबन्दीमा कार्यरत शिक्षकलाई शिक्षण कार्यकै लागि थप पारिश्रमिक भुक्तानी नदिनूहोला’ परिपत्रमा भनिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उपमहानगरपालिकाले सामुदायिक विद्यालयको बालविकास कक्षादेखि कक्षा छ सम्मका विद्यार्थीहरूलाई दिवा खाजा मेनुबमोजिम गुणस्तरीय खुवाउन अनुरोध गरेको छ। संस्थागत विद्यालयलाई उपलब्ध गराउनुपर्ने छात्रवृत्ति पारदर्शी तवरले नियमपूर्वक उपलब्ध गराउन, पाठयक्रम विकास केन्द्रबाट स्वीकृत पाठयक्रम र पाठयपुस्तक लागू गर्न, आफूले अनुमति पाएको तह र कक्षाभन्दा माथिल्लो तह र कक्षामा विद्यार्थी भर्ना नगर्ने, विद्यालयको स्वामित्व हस्तान्तरण गर्दा साविकको नाम ठेगानाबाटै गर्न तथा परिवर्तन गर्नुपरेमा उपमहानगरपालिकाबाट पूर्व अनुमति लिएर मात्र गर्न भनी निर्देशन दिइएको छ।

सो परिपत्रमा पूर्व स्वीकृति नलिई आवास सञ्चालन नगर्न, विद्यार्थी आवतजावतका लागि प्रयोग गर्ने स्कुल बस, भ्यान, रिक्सालगायतका सवारी साधनमा सिट क्षमता अनुसारमात्र व्यवस्था मिलाउन, अभिभावकहरूको समन्वयमा विद्यार्थीहरूलाई दैनिक गुणस्तरीय दिवाखाजा खुवाउने व्यवस्था गराउन उल्लेख छ।

‘एक शैक्षिक सत्रमा त्रैमासिक, अर्ध वार्षिक र वार्षिक गरी तीन पटकभन्दा बढी पटक परीक्षा शुल्क नलिनूहोला’ परिपत्रमा भनिएको छ। उपमहानगरपालिकाभित्र सञ्चालनमा रहेका केही विद्यालयहरूले एक शैक्षिक सत्रमा चार पटक विद्यार्थीहरूको परीक्षा गर्दै आएका छन्। त्यसलाई मध्यनजर गरी परिपत्र गरिएको उपसचिव खातीले बताए। महाशाखाले संस्थागत विद्यालयहरूलाई महिनावारी हुने छात्राहरूले स्यानेटरी प्याड माग गरेमा उपलब्ध गराउने व्यवस्था गर्न परिपत्र गरेको छ।

उपमहानगरपालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूले सर्तहरू लागू गरे÷नगरेको मासिक रुपमा अनुगमन गरिने उनले बताए। उनले भने, ‘वार्षिक तथा मासिक निरीक्षण अनुगमन योजना तयार गरी विद्यालयहरूको अनुगमन गरी लिखित प्रतिवेदन पेश गरिने छ।’

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  २२:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेकाले हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ... बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै बुधबार, असोज २८, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्