• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १३, २०८२ Sat, Nov 29, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
फिल्मवार्ता

युद्धमा बीचका मान्छे मारमा पर्छन्, ‘पानीफोटो’ तिनै मान्छेको कथा हो: खगेन्द्र लामिछाने 

64x64
नेपाल लाइभ शनिबार, साउन १४, २०७९  ०८:४६
1140x725

लेखन हुँदै रंगमञ्च र सिनेमामा आएका खगेन्द्र लामिछानेका अनेक परिचय छन्। उनी निर्माता हुन्, अभिनेता हुन्, सिनेमा लेखक हुन्। रंगकर्मी र पुस्तक लेखक पनि उनको परिचय हो। सँगै एउटा नयाँ परिचय उनले थपेका छन्। निर्देशकको परिचय। लामिछानेले ‘पानीफोटो’ फिल्ममार्फत् निर्देशनमा हात हालेका छन्। २०६६ सालमा गुरुकुल थिएटरमा प्रदर्शन भएको नाटक ‘पानीफोटो’माथि आधारित रहेको सो फिल्म शुक्रबारदेखि प्रदर्शनमा आएको छ।

फिल्मलाई लामिछानेले निर्देशन मात्रै नभएर लेखेका पनि छन्। सँगै उनले अभिनय पनि गरेका छन्। सोही सेरोफेरोमा रहेर निर्देशक, अभिनेता तथा लेखक लामिछानेसँग नेपाल लाइभले गरेको संवाद: 

पहिलो कुरा त, ‘पानीफोटो’ प्रदर्शनमा आएको छ। तपाईंको निर्देशनको डेब्यु फिल्म हो। कत्तिको 'नर्भस' हुनुहुन्छ?
दौडधुप चलिरहेको छ। फिल्म प्रदर्शनमा आए पनि म नर्भस छैन। मैले फिल्म बनाउने हो, बनाएँ। मनबाट बनाएको छु। हलमा दर्शकमाझमा आएपछि दर्शकले हेरेर जसरी प्रतिक्रिया दिनुहुन्छ, त्यसलाई स्वीकार्नुपर्छ।

हिजो राम्रो फिल्महरु हुँदा दर्शकले मलाई राम्रो भनेर साथ दिनु भएको थियो। आज पनि मैले मनदेखि नै काम गरेको छु। मलाई विश्वास छ, यो पनि त्यस्तै हुन्छ।

फिल्मको छायांकन धेरै अघि भएको थियो। बीचमा कोभिड पनि आयो। यो बीचमा कस्ता उतारचढावहरु भए?
कोभिड आएपछि यसको रिलिज रोकियो। संसारभरि नै धेरै फिल्मको प्रदर्शनको काम रोकियो। पहिले पोस्ट प्रोडक्सनमा नेपाली सिनेमाको काम गर्न अलि हतार हुने अवस्था थियो। पहिल्यै रिलिज डेट तोकिसकेको हुनाले छिटो–छिटो काम सकेर फिल्म प्रदर्शनमा ल्याउनुपर्ने दबाब थियो। धेरै सुधार गर्ने, ध्वनीमा मिहिन रुपमा काम गर्ने पाउने अवस्था हुन्थेन।

तर, कोभिडले गर्दा त्यो किसिमले काम गर्न पाइयो। मैले सम्पादन र पोस्ट प्रोडक्सनको कामका लागि समय त राखेको थिएँ। यसरी नै काम गर्छु भन्ने त थियो। तर, कोभिडका कारण पोस्ट प्रोडक्सनमा मिहिन रुपले काम गर्न पाइयो। सिनेमा हलमा हेर्दा त्यो कुरा दर्शकले पनि महसुस गर्नुहुनेछ।

जनयुद्धमाथि आधारित रहेर धेरै फिल्म बनेका छन्। हालसालै पनि सोही विषयवस्तुमाथि आधारित फिल्म ‘दोख’ प्रशर्दनमा आएको थियो। केही फिल्म रिलिज हुने क्रममा छ। कतिपय यस्ता फिल्ममा जनयुद्धको वास्तविक चित्रण र यर्थाथपरक अवस्थालाई देखाउन सकिएन भन्ने पनि छ। कल्पना गरेर देखाइयो भन्ने आरोप पनि छ। यस्तो बेलामा ‘पानीफोटो’मा जनयुद्धकै सेरोफेरोमा रहेर कथा बन्नुको कारण के हो नि? जनयुद्धमाथि बनेका अरु फिल्मबाट सन्तुष्ट हुनु भएन कि? 
त्यस्तो होइन, मान्छेको आ–आफ्नो तरिका हुन्छ सिनेमा बनाउने। त्यसमा आपत्ति जनाउन आवश्यक पनि हुँदैन। मान्छेको आ–आफ्नो दृष्टिकोणअनुसार काम गरिएको हुन्छ। फिल्ममा कथालाई कसरी प्रस्तुत गर्ने सर्जकले सोचेको हुन्छ, त्यसरी नै गर्ने न हो। 

मैले आफ्नो कथाभन्दा चाहिँ मेरो बाल्यकालको स्मरण पनि जोडिएको भएकाले भनेको हो। फरक तरिकाले बाल्यकालको स्मरणहरु पनि जोडिएको छ।

Ncell 2
Ncell 2

 

Khagendra_Lamichhane_41659096800.jpg

युद्धसँग नजोडिए पनि कुनै परिवारको मान्छे बेपत्ता हुँदाको अवस्था, उसकै परिवारको दोस्रो पुस्ताले त्यो व्यक्तिलाई नदेखेको अवस्थामा प्रतिक्षा गर्ने कस्तो अवस्था हुन्छ होला ? 
मेरो मामा म सानो हुँदा हराउनु भएको थियो रे। हजुरआमाले म सानो हुँदा त्यो कुरा सुनाउनु हुन्थ्यो। मैले त मामालाई कहिल्यै पनि देखिन। तर, अहिले पनि मलाई मेरो मामा आइदिए हुन्थ्यो जस्तो लाग्छ। त्यसकारण एउटा बेपत्ता भएका, हराएका मान्छेहरुको प्रतिक्षामा उसको परिवारका मानिसहरु बस्दाको भावनात्मक कुरा निकै गज्जबको छ।

त्यहि कुरा माओवादी नेता, कार्यकर्ताको भाषामा भन्दा जनयुद्धमा जति पनि मान्छेहरु बेपत्ता हुनुभयो, उहाँहरुको परिवारको अन्तर्वार्ता मैले धेरै पढेको छु। जनयुद्धको कुरा र मेरो बाल्यकालको कुरा जोडिएर यो कथा बनेको हो। यो कथा जनयुद्धको बेलाको होइन, अहिलेको बेलाको कथा हो। तर, त्यो बेला भएको एउटा घटनाको कारणले पनि कसरी मान्छेले त्यो कुरालाई भोगिरहेका छन् भन्ने कुरालाई यो सिनेमामा मसिनो रुपले यर्थाथपरक ढंगले देखाउने कोसिस गरेको छु मैले।

अब त्यो यर्थाथपरक भयो वा कपोलोकल्पित भयो, रोमान्टिसाइज गरियो वा गरिएन भन्ने कुरा त दर्शकले हेरेपछि मूल्यांकन गर्नुहुनेछ। 

म आफैं पनि यर्थाथवादी धार लेखन र सिनेमामा मन पराउने मान्छे हो। त्यसकारण एकदमै यर्थाथवादी धार अपनाएर पल्लो घरको डिलबाट वल्लो घरको आगँन हेर्दा देखिएको कथाजस्तै यर्थाथवादी शैलीमा सिनेमाको कथा भन्ने कोसिस गरेको छु। त्यो फिल्म रिलिज भइसकेपछि दर्शकले यो विषयमा के लाग्छ, भन्नु नै हुनेछ।

फिल्मको ट्रेलरको सुरुवात भएको संवाद ‘लालसलाम कमरेड’ छ। त्यस्तै, संवाद जनयुद्धको बेलामा सुनिएको संवाद हो। त्यहि संवाद बोलेकै कारण कतिपयलाई माओवादी हो भन्दै सेनाले लगेको र मारेको घटनाहरु पनि छन्। त्यो संवादको कल्पना कसरी भयो? युद्धको सेरोफेरोको कथा फिल्ममा भन्ने सोच कसरी आयो?
पक्कै पनि, त्यो संवाद सुनिएकै हो। तपाईंले भनेको जस्तो घटना धेरै ठाउँमा भएका पनि छन्। युद्धरत दुवै पक्षबाट कतिपय अवस्थामा भएका अमानविय घटनाहरु अहिले पनि सुनिन्छन्। र ती मानिसहरु न्याय पाइन्छ भन्ने पर्खाईमा बसि पनि रहेका छन्।

तर, हाम्रो राज्यले उनीहरुलाई यत्तिकै राखिरहेको छ।

यो गलत कुरा हो। त्यो बेलामा एउटा क्रान्ति भयो, सशस्त्र क्रान्ति। कति मान्छे हाताहाती भए, कति मान्छे बेपत्ता भए। तर, अहिले आएर देशले विकासको बाटो पक्रिनु पर्ने हो, जुन भएको छैन। त्यसकारण पनि मान्छेले त्यो बेला भएको अन्याय भुल्न सकेका छैनन्।

देश विकास भएर, रोजगारी सिर्जना भएर विदेश जानुपर्ने अवस्था हटेको अवस्थामा त्यो बेला भएको क्रान्ति राम्रोकै लागि भएको रहेछ भन्ने मान्छेलाई महसुस हुन्थ्यो होला। र, त्यो बेला भएको क्रान्तिका कारण आफ्नो परिवारमा परेको दुःखलाई पनि देशकै लागि भयो भनेर चित्त बुझाउन सक्नुहुन्थ्यो होला। मेरो कोही आफन्तको सहादतले मेरो भविष्यमा आउने पुस्ता समृद्धिको मार्गमा हिँड्न पाउँछ भन्ने कुरा सोचेर हिजोलाई बिर्सिन सक्ने अवस्था हुन्थ्यो होला।

तर, देशमा त्यो अवस्था पनि आएको छैन। त्यसैले, यो धेरै पिडादायक कुरा छ।

Khagendra_Lamichhane_31659096800.jpg
मलाई पहिल्यै यो ‘पानीफोटो’ नाटक गर्दा पनि मनमा घोचेर जस्तो प्रकृतिको युद्ध भए पनि, चाहे त्यो राजनीतिक युद्ध होस् वा देश–देशबीचको होस् वा मान्छे–मान्छे वा समाज–समाजबीचकै युद्ध होस, लडाइँ ठिक होइन भन्ने सोचेको थिएँ।

शान्तिपूर्ण तरिकाले वार्तामा बसेर सबै समस्या समाधान गर्न सकिन्छ। त्यसकारण लडाइँप्रति नै मान्छेको नकारात्मक सोच बनोस्, लडाइँले यस्तो अवस्था पनि लिएर आउँछ, साथमा भन्ने सोचले नै मैले यो सिनेमा बनाएको हो। ताकी मान्छेहरु भोलि सशस्त्र क्रान्ति गर्नुभन्दा अगाडि वा हतियार उठाउनुभन्दा अगाडि सोचोस्– आज मैले हतियार उठाएँ भने भोलि मेरोविरुद्ध पनि कसैले हतियार उठाउँछ। र हामीबीच लडाइँ हुँदा हामीले कस्ता दर्दनाक कथाहरु यो समाजलाई छोडेर जान्छौं भन्ने महसुस होस् भनेर यो सिनेमा बनाएको छु। 

भनेपछि युद्ध नकारात्मक मात्रै हो त?
हिजो युद्ध भएर सबै कुरा नकारात्मक मात्रै भएको भन्ने पनि होइन, सकरात्मक कुराहरु पनि छ। बोल्न नसक्ने मान्छेहरुलाई बोल्ने अवस्थामा पुर्‍याउनुभयो उहाँहरुले। अधिकारका लागि लड्ने अवस्थामा पुर्‍याउनुभयो। त्यसको म एकदमै प्रशंसा गर्छु।

तर, युद्ध गर्ने र राज्य पक्ष दुवैबाट नराम्रा कुराहरु पनि हाम्रा समाजमा छुटेर गए। त्यो कुरा त भन्नु पर्छ नि त। अन्ततः राजनीतिक परिवर्तन भयो, जग त युद्धले बनायो। तर, शान्तिपूर्ण कुराकानीले नै त्यो परिवर्तन आएको हो नि। अन्तिममा आएर शान्तिपूर्ण तरिकाले उहाँहरु लाग्नु परेको थियो। त्यसैले, शान्ति कत्ति महत्वपूर्ण छ भन्ने पनि बुझ्न पर्छ।

नाटक होस् वा सिनेमा लेखन, तपाईं सक्रिय र निपूर्ण हुनुहुन्छ। तर, पनि तपाईंले प्रदर्शन भइसकेको नाटक ‘पानीफोटो’ माथि फिल्म बनाउनु भयो। पहिल्यै प्रदर्शन भइसकेको नाटकमाथि किन फिल्म बनाउने सोच्नु भयो?
जब नाटक प्रदर्शन भइरहेको थियो, तब एउटा घटना भयो। एकजना दर्शक आएर मसँग रुनुभयो। उहाँको दाई र दिदी बेपत्ता हुनु भएको रहेछ त्यो कालखण्डमा। मलाई त्यो कुराले केही दिनसम्म विक्षिप्त पनि बनायो। मैले किन यस्तो नाटक बनाए? किन यस्तो विषयमा नाटक बनाए? भन्ने पनि लाग्यो। तर, पछि त्यसलाई चिन्तन, मनन गर्दै जाँदा आज मसँग भोगेको मान्छे आएर रोयो। अरुले त्यो मान्छे रोएको देख्दा त्यो व्यक्तिलाई कस्तो भएको रहेछ भन्ने देखे। नभोग्ने मान्छेलाई पनि अरुको पीडा देखेपछि महसुस हुन्छ।

यो कुरा अरु धेरै मान्छेलाई भन्यो भनेपछि युद्ध गर्नुहुन्न भन्ने धारणा मान्छेको मनमा बस्छ। यसले सहयोग गर्छ, त्यो बसाल्नमा। मैले त्योबेला यसलाई कसरी धेरै मान्छेमाझमा लैजान सकिएला भन्ने सोचेको थिएँ। तर, त्योबेला मैले फिल्ममा काम गरेको थिइन। फिल्ममा काम नगरेकाले मलाई फिल्मको शक्ति, त्यसको माध्यम थाहा थिएन।

पछि मैले बधशाला फिल्म खेलेपछि फिल्म गज्जब माध्यम हुनेरहेछ भन्ने लाग्यो। त्यो नाटकलाई धेरै मान्छे माझमा लैजाने माध्यम फिल्म हुनसक्छ भन्ने पनि लाग्यो। पछि ‘टलकजंग भर्सेस टुल्के’ आफैंले निर्माण गरियो। निर्माण गरेपछि बनाउन पनि सकिने रहेछ भन्ने लाग्यो।

त्यसपछि, कुनै दिन अनुभव बटुलेपछि आफूले यो फिल्म बनाउनेछु भनेर सपना बनाएको थिएँ। आज त्यो पूरा भयो। मैले हेरिसकेको छु फिल्म। मेरो सपना सबै मान्छेले देख्न पाउनुहुन्छ।

Khagendra_Lamichhane_21659096801.jpg

‘टलकजंग भर्सेस टुल्के’मा पनि जनयुद्धकै सेरोफेरो थियो। ‘पानीफोटो’मा पनि सोही सेरोफेरोको कथा ल्याउनुको कारण?
मैले अघि पनि भनेँ, युद्धको बेलामा युद्ध–युद्ध भन्ने पक्षहरु आ–आफ्नो कुरा र अजेण्डा लिएर गरिरहेका हुन्छन्। त्यहाँ सबैभन्दा मार खाने भनेको बीचको मान्छेहरु हुन्छन्। विश्वभर त्यहि भयो। नेपालमा पनि त्यहि हो। गोली नै नलाग्ला, तर दुई पक्षको युद्धमा बीचको ठाउँमा रहेका मान्छेहरुले अभाव खेप्नुपर्छ। बाटो बन्द हुन्छ। सुत्केरी हुन नसकेर महिला छट्पटिनुपर्छ। बुढाबुढी बिरामी भएर अस्पताल जान नपाइरहेको हुन्छ। पीडा बीचको मान्छेलाई बढी हुन्छ।

तर, यी बीचका मान्छेहरुको कथा कम भनिन्छ। मलाई चाहिँ रहर छ।  

‘टलकजंग भर्सेस टुल्के’को पनि कथा त्यो बीचको मान्छेको कथा हो। आफ्नो परिचय नभएर त्यसका लागि संघर्ष गरेको, आफ्नो केही नाम बनाउँछु भनेर समाजसँग लडाइँ गरेको मान्छेको कथा हो। न त्यो माओवादी थियो, न सरकारी पक्षको मान्छे थियो। हामी जस्तै बीचको मान्छेको कथा थियो त्यो। 

बीचका मान्छेहरुको कथा भन्न मन लाग्छ मलाई। जसलाई कसैले पनि वास्ता गर्दैनन्। आज त्यो पीडा खेप्ने मान्छेहरुलाई न सरकारले वास्ता वास्ता गरेको छ, न पार्टीले। यो अन्यायपूर्ण भयो नि त। तिनिहरुले न्याय कहिल्यै पाउने भएनन्।तिनिहरुको कथा पनि कसैले भनिदिएनन्।

तर, मलाई ती मान्छेहरुको कथा भन्न मन लाग्छ। त्यसैको परिणाम हो, ‘पानीफोटो ।’

भिडियोमा हेर्नुहोस अन्तर्वार्ताः 
 

प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  ०८:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बसिरको उत्कृष्ट ब्याटिङमा कर्णालीमाथि विराटनगरको रोमाञ्जक जित
आधिकारिक पत्र नआएसम्म वार्तामा नबस्ने विशेष महाधिवेशन पक्षधरको निर्णय
पूर्वएआईजी पोखरेल रास्वपा प्रवेश, भने-‘रविमाथि भएको अन्यायविरुद्ध लड्न आएको हुँ’
सम्बन्धित सामग्री
‘फिल्म मनोरञ्जन मात्र होइन, यसले समाज बोल्नुपर्छ’ ‘फिल्म एक मनोरञ्जनको माध्यम मात्र होइन, यसले त समाज बोल्नुपर्छ’ भन्ने मान्यता राख्छन् रिम । कक्षा ६ मा पढ्दा फेल भएपछि सँगैका साथिभा... मंगलबार, चैत १९, २०८१
निश्चल बस्नेत भन्छन्– हलहरूले अन्याय गरेपछि ‘दिमाग खराब’को प्रदर्शन रोक्यौं तेस्रो हप्ताबाट हलले ६५ प्रतिशत सेयर लिन्छ र निर्मातालाई ३५ र प्रतिशत दिन्छ। बाहिर हेर्दा फिल्म चलिरहेको पनि देखिन्छ। पैसा कमाइरहेको... बुधबार, कात्तिक २९, २०८०
प्रमोद खरेलसँग क्रिकेट–संवाद : गीत रेकर्डिङ स्थगित गरेर खेल हेर्ने तयारीमा छु पछिल्लो  समय नेपालले क्रिकेटमा धेरै उपलब्ध हासिल गरिरहेको छ। अहिलेको खेल नेपालका लागि ठूलो अवसर पनि हो। यो टिम अहिलेम्मको उत्कृष्ट ट... बिहीबार, असार ७, २०८०
ताजा समाचारसबै
बसिरको उत्कृष्ट ब्याटिङमा कर्णालीमाथि विराटनगरको रोमाञ्जक जित शुक्रबार, मंसिर १२, २०८२
आधिकारिक पत्र नआएसम्म वार्तामा नबस्ने विशेष महाधिवेशन पक्षधरको निर्णय शुक्रबार, मंसिर १२, २०८२
पूर्वएआईजी पोखरेल रास्वपा प्रवेश, भने-‘रविमाथि भएको अन्यायविरुद्ध लड्न आएको हुँ’ शुक्रबार, मंसिर १२, २०८२
प्रियाङ्कको अर्धशतकमा कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य शुक्रबार, मंसिर १२, २०८२
पूर्व एआईजी पोखरेल रास्वपा प्रवेश शुक्रबार, मंसिर १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आधिकारिक पत्र नआएसम्म वार्तामा नबस्ने विशेष महाधिवेशन पक्षधरको निर्णय शुक्रबार, मंसिर १२, २०८२
आजदेखि एक सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा, के के छन् विशेषता ? बिहीबार, मंसिर ११, २०८२
ट्रम्पद्वारा ‘तेस्रो विश्व’ आप्रवासन स्थगित गर्ने घोषणा शुक्रबार, मंसिर १२, २०८२
विधा भण्डारीको सन्देश : मलाई नेतृत्वले रोके पनि तपाईँहरूसँगै हुनेछु बिहीबार, मंसिर ११, २०८२
एनपीएल- पहिलो जीत हात पार्ने दाउमा जनकपुर र पोखरा बिहीबार, मंसिर ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
आलोचनासँगै प्रधानमन्त्रीको सचिवालय २० बाट घटाएर अब जम्मा ६ जनामा सीमित बुधबार, मंसिर १०, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्