• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ १२, २०८२ Mon, Jan 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

क्यानको प्राथमिकतामा भारतीय प्रशिक्षक, एकदिवसीय मान्यता जोगाउनै चुनौती

64x64
दीप सुवेदी शुक्रबार, साउन १३, २०७९  १२:३०
1140x725

काठमाडौं– मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षकविहीन छ। 

२०७८ मंसिरमा दोस्रोपटक नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका पुबुदुले विश्वकप विजेता डेभ वाट्मोरको ठाउँ लिएका थिए। तर, एकदिवसीय विश्वकपको रोडम्यापको रुपमा रहेको क्रिकेट विश्वकप लिग टू मा नेपालको प्रदर्शन राम्रो हुन नसकेपछि स्कटल्यान्डमा भएको नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज सकेर नेपाल फर्किए लगत्तै पुबुदुले राजीनामा घोषणा गरेका थिए। 

अहिले नेपाल क्रिकेट संघ (क्यान) नयाँ प्रशिक्षकको खोजीमा छ। क्यान स्रोतका अनुसार यसअघि सर्ट लिस्टमा राखेकालाई नै मुख्य प्रशिक्षक बनाउने तयारी थालिएको छ। 

‘पुबुदुलाई नियुक्ति गर्नुभन्दा अगाडि आवेदन परेकाहरुमध्येबाट हामीले सर्ट लिस्ट बनाएका थियौं। अहिले त्यी सर्ट लिस्टमा रहेकामध्येबाट मुख्य प्रशिक्षक नियुक्ति गर्ने तयारी थालेका छौं। हामीसँग निक्कै व्यस्त सेडुल भएको कारण पनि सर्ट लिस्टबाटै फास्ट ट्र्याकमा प्रशिक्षक नियुक्ति गर्नुपर्ने बाध्यता छ,’ ती पदाधिकारीले नेपाल लाइभलाई भने।

उनका अनुसार क्यानले भारतका लालचन्द राजपूत र मन्टि देशाई र अपूर्व देशाईमध्ये एकलाई प्रशिक्षक बनाउने तयारी थालिएको छ। तर, उनीहरु क्यानले दिने पारिश्रमिकमा सहमत हुन नसकेको ती पदाधिकारीले बताए।

‘पुबुदुलाई ल्याउनुभन्दा अगाडि नै मन्टि देशाईलाई ल्याउने योजना बनाएका थियौं। त्यतिखेर पनि उनले क्यानले दिनसक्नेभन्दा बढी पारिश्रमिक र केही शर्त राखेपछि पुबुदुलाई ल्याउन परेको थियो,’ उनले भने।

भारतीय नागरिक देशाई यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटिङ कन्सल्ट्यान्ट थिए। देशाई वेस्ट इन्डिजका ब्याटिङ प्रशिक्षकसमेत भइसकेका छन्। 

देशाईले नेपालसहित अफगानिस्तान, यूएई, क्यानडा, इन्डियन प्रिमियर लिग (आईपीएल) टोली गुजरात लायन्स, राजस्थान रोयल्स र भारतीय घरेलु क्रिकेटमा आन्द्र प्रदेशलाई प्रशिक्षण दिइसकेका छन्। सन् २०१४ को विश्वकपमा पनि देशाई नेपाली टोलीमा आबद्ध थिए। 

Ncell 2
Ncell 2

सन् २०१५ मा क्यान निलम्बनमा हुँदा आयरल्यान्ड र स्कटल्यान्डमा भएको विश्वकप टी–२० छनोटमा देशाई नेपाली टोलीसँगै थिए। सन् २०१७ मा नेपाली यू–१९ टोलीले भारतलाई हराउँदा उनी नेपालका ब्याटिङ कन्सल्ट्यान्ट थिए।

‘नेपाली क्रिकेटलाई नजिकबाट नियालिसक्नुभएका कारणले उहाँले नेपालको ब्याटिङ लाइन सुधार गर्ने अपेक्षा गरेका छौं,’ ती पदाधिकारीले भने,‘यसअघि डेभ वाट्मोर मुख्य प्रशिक्षक भएर आउँदा उनको पनि चर्चा भएको थियो। तर, त्यो बेला वाट्मोरलाई ल्याइएको थियो।’

यता, अपूर्वले पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटिङ कन्सल्ट्यान्ट भएर काम गरिसकेका छन्। यता, लालचन्द भारतीय टोलीका पूर्वराष्ट्रिय खेलाडी हुन्। उनी भारतीय टोलीको यू–१९ टोली, जिम्बावे र अफगानिस्तानका साथै इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सको प्रशिक्षकसमेत भइसकेका छन्।

आईसीसीको वार्षिक साधारण सभामा सहभागी हुन इंग्ल्यान्ड गएका क्यान अध्यक्ष चतुरबहादुर चन्दसँगै कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल साउन १४ गते नेपाल फर्किने तय भएको छ। त्यसपछि मात्र नयाँ प्रशिक्षक नियुक्त प्रक्रिया अगाडि बढ्ने क्यानका जनरल म्यानेजर वृतान्त खनालले बताए।

नेपालले आगामी सेप्टेम्बरमा लिग–टू को अर्को सिरिज खेल्नुपर्नेछ। त्यसका लागि छिट्टै प्रशिक्षक नियुक्त गर्नुपर्ने क्यानलाई दबाब छ।

एकदिवसीय मान्यता जोगाउने चुनौती
क्यानभित्रको आन्तरिक किचलोको कारण सन् २०१४ मा नेपाललाई टी–२० विश्वकपमा पुर्‍याएका दासानायकेले त्यसको एक वर्षपछि नेपाली क्रिकेट छाडेका थिए। त्यसको ६ वर्षपछि पुन: दोस्रो कार्यकालका लागि फर्किएका दासानायकेले नेपालको एकदिवसीय मान्यता नै जोखिममा पारिएका छन्।

कम्तिमा शीर्ष तीनमा पर्ने लक्ष्यसहित स्कटल्यान्ड भ्रमणमा निस्किएको नेपालले लज्जास्पद ब्याटिङ गर्दै चारमध्ये तीन खेल हार व्यहोरेको थियो। अन्तिम खेलमा स्कटल्यान्डसँग जम्मा १ सय २८ रनमा अलआउट भयो। नामिबियासँग २ सय रनको विजयी लक्ष्य पछ्याउनेक्रममा १३६ रनमा सबै विकेट गुमायो।

सन्दीप लामिछानेको कप्तानी र दासानायकेको प्रशिक्षणमा नेपालले १४ ओडीआईमध्ये ९ हार र ४  जित हात पारेको थियो। एक खेल बराबरीमा सकिएको थियो। टी–२० क्रिकेटमा १३ खेलमा १० जित र ३  हार छ। ओडीआईको १२ खेल विश्वकप लिग–टू का हुन्। जसमा नेपालले ७ खेलमा हार व्यहोरेको छ। त्यसैको कारण शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्ने नेपालको समीकरण कठिन बनेको छ ।

यता, शीर्ष पाँचमा पर्दै ओडीआई मान्यता जोगाइराख्ने सम्भावना पनि समाप्त हुँदै गएको छ। आईसीसीको यसअघिको एकदिवसीय मान्यताको आधिकारिकतालाई मान्ने हो भने हालसम्म शीर्ष पाँचमा पर्ने टोलीले मान्यता जोगाइराख्ने छन्। नेपालले १६ खेल खेल्न बाँकी छ। शीर्ष तीनमा पर्न १२ खेल माथि जित्नुपर्ने हुन्छ।

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १२:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
बंगलादेशलाई टी–२० विश्वकपबाट हटाएर स्कटल्यान्डलाई स्थान दिने निर्णय कुन आधारमा बीसीबीले यो मुद्दा उक्त समितिमा लगिरहेको छ वा आईसीसीको प्रतिक्रिया के थियो भन्ने स्पष्ट छैन । डीआरसी आईसीसीद्वारा स्थापित... शनिबार, माघ १०, २०८२
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई हराउँदै नेदरल्यान्ड्स सुपर सिक्समा त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाउँदै नेपाललाई १४१ रनको लक्ष्य दिएको थियो। बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रन बनाइन् । स्टेर कालिसले ३० रन बनाइन् । रोबिन रिके १९ तथा आइरिस ज्विलिङ १४ र... बिहीबार, माघ ८, २०८२
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम सोमबार, माघ १२, २०८२
राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह आइतबार, माघ ११, २०८२
राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक, यस्तो छ सूची ! आइतबार, माघ ११, २०८२
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी आइतबार, माघ ११, २०८२
कर्णालीमा कांग्रेसका शाही र एमालेबाट रखाल विजयी आइतबार, माघ ११, २०८२
काँग्रेसले १६ गते जनकपुरधाममा गर्ने भनिएको चुनावी सभा स्थग आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्