• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

क्यानको प्राथमिकतामा भारतीय प्रशिक्षक, एकदिवसीय मान्यता जोगाउनै चुनौती

64x64
दीप सुवेदी शुक्रबार, साउन १३, २०७९  १२:३०
1140x725

काठमाडौं– मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षकविहीन छ। 

२०७८ मंसिरमा दोस्रोपटक नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका पुबुदुले विश्वकप विजेता डेभ वाट्मोरको ठाउँ लिएका थिए। तर, एकदिवसीय विश्वकपको रोडम्यापको रुपमा रहेको क्रिकेट विश्वकप लिग टू मा नेपालको प्रदर्शन राम्रो हुन नसकेपछि स्कटल्यान्डमा भएको नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज सकेर नेपाल फर्किए लगत्तै पुबुदुले राजीनामा घोषणा गरेका थिए। 

अहिले नेपाल क्रिकेट संघ (क्यान) नयाँ प्रशिक्षकको खोजीमा छ। क्यान स्रोतका अनुसार यसअघि सर्ट लिस्टमा राखेकालाई नै मुख्य प्रशिक्षक बनाउने तयारी थालिएको छ। 

‘पुबुदुलाई नियुक्ति गर्नुभन्दा अगाडि आवेदन परेकाहरुमध्येबाट हामीले सर्ट लिस्ट बनाएका थियौं। अहिले त्यी सर्ट लिस्टमा रहेकामध्येबाट मुख्य प्रशिक्षक नियुक्ति गर्ने तयारी थालेका छौं। हामीसँग निक्कै व्यस्त सेडुल भएको कारण पनि सर्ट लिस्टबाटै फास्ट ट्र्याकमा प्रशिक्षक नियुक्ति गर्नुपर्ने बाध्यता छ,’ ती पदाधिकारीले नेपाल लाइभलाई भने।

उनका अनुसार क्यानले भारतका लालचन्द राजपूत र मन्टि देशाई र अपूर्व देशाईमध्ये एकलाई प्रशिक्षक बनाउने तयारी थालिएको छ। तर, उनीहरु क्यानले दिने पारिश्रमिकमा सहमत हुन नसकेको ती पदाधिकारीले बताए।

‘पुबुदुलाई ल्याउनुभन्दा अगाडि नै मन्टि देशाईलाई ल्याउने योजना बनाएका थियौं। त्यतिखेर पनि उनले क्यानले दिनसक्नेभन्दा बढी पारिश्रमिक र केही शर्त राखेपछि पुबुदुलाई ल्याउन परेको थियो,’ उनले भने।

भारतीय नागरिक देशाई यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटिङ कन्सल्ट्यान्ट थिए। देशाई वेस्ट इन्डिजका ब्याटिङ प्रशिक्षकसमेत भइसकेका छन्। 

देशाईले नेपालसहित अफगानिस्तान, यूएई, क्यानडा, इन्डियन प्रिमियर लिग (आईपीएल) टोली गुजरात लायन्स, राजस्थान रोयल्स र भारतीय घरेलु क्रिकेटमा आन्द्र प्रदेशलाई प्रशिक्षण दिइसकेका छन्। सन् २०१४ को विश्वकपमा पनि देशाई नेपाली टोलीमा आबद्ध थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

सन् २०१५ मा क्यान निलम्बनमा हुँदा आयरल्यान्ड र स्कटल्यान्डमा भएको विश्वकप टी–२० छनोटमा देशाई नेपाली टोलीसँगै थिए। सन् २०१७ मा नेपाली यू–१९ टोलीले भारतलाई हराउँदा उनी नेपालका ब्याटिङ कन्सल्ट्यान्ट थिए।

‘नेपाली क्रिकेटलाई नजिकबाट नियालिसक्नुभएका कारणले उहाँले नेपालको ब्याटिङ लाइन सुधार गर्ने अपेक्षा गरेका छौं,’ ती पदाधिकारीले भने,‘यसअघि डेभ वाट्मोर मुख्य प्रशिक्षक भएर आउँदा उनको पनि चर्चा भएको थियो। तर, त्यो बेला वाट्मोरलाई ल्याइएको थियो।’

यता, अपूर्वले पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटिङ कन्सल्ट्यान्ट भएर काम गरिसकेका छन्। यता, लालचन्द भारतीय टोलीका पूर्वराष्ट्रिय खेलाडी हुन्। उनी भारतीय टोलीको यू–१९ टोली, जिम्बावे र अफगानिस्तानका साथै इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सको प्रशिक्षकसमेत भइसकेका छन्।

आईसीसीको वार्षिक साधारण सभामा सहभागी हुन इंग्ल्यान्ड गएका क्यान अध्यक्ष चतुरबहादुर चन्दसँगै कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल साउन १४ गते नेपाल फर्किने तय भएको छ। त्यसपछि मात्र नयाँ प्रशिक्षक नियुक्त प्रक्रिया अगाडि बढ्ने क्यानका जनरल म्यानेजर वृतान्त खनालले बताए।

Xtrem

Xtrem

नेपालले आगामी सेप्टेम्बरमा लिग–टू को अर्को सिरिज खेल्नुपर्नेछ। त्यसका लागि छिट्टै प्रशिक्षक नियुक्त गर्नुपर्ने क्यानलाई दबाब छ।

एकदिवसीय मान्यता जोगाउने चुनौती
क्यानभित्रको आन्तरिक किचलोको कारण सन् २०१४ मा नेपाललाई टी–२० विश्वकपमा पुर्‍याएका दासानायकेले त्यसको एक वर्षपछि नेपाली क्रिकेट छाडेका थिए। त्यसको ६ वर्षपछि पुन: दोस्रो कार्यकालका लागि फर्किएका दासानायकेले नेपालको एकदिवसीय मान्यता नै जोखिममा पारिएका छन्।

कम्तिमा शीर्ष तीनमा पर्ने लक्ष्यसहित स्कटल्यान्ड भ्रमणमा निस्किएको नेपालले लज्जास्पद ब्याटिङ गर्दै चारमध्ये तीन खेल हार व्यहोरेको थियो। अन्तिम खेलमा स्कटल्यान्डसँग जम्मा १ सय २८ रनमा अलआउट भयो। नामिबियासँग २ सय रनको विजयी लक्ष्य पछ्याउनेक्रममा १३६ रनमा सबै विकेट गुमायो।

सन्दीप लामिछानेको कप्तानी र दासानायकेको प्रशिक्षणमा नेपालले १४ ओडीआईमध्ये ९ हार र ४  जित हात पारेको थियो। एक खेल बराबरीमा सकिएको थियो। टी–२० क्रिकेटमा १३ खेलमा १० जित र ३  हार छ। ओडीआईको १२ खेल विश्वकप लिग–टू का हुन्। जसमा नेपालले ७ खेलमा हार व्यहोरेको छ। त्यसैको कारण शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्ने नेपालको समीकरण कठिन बनेको छ ।

यता, शीर्ष पाँचमा पर्दै ओडीआई मान्यता जोगाइराख्ने सम्भावना पनि समाप्त हुँदै गएको छ। आईसीसीको यसअघिको एकदिवसीय मान्यताको आधिकारिकतालाई मान्ने हो भने हालसम्म शीर्ष पाँचमा पर्ने टोलीले मान्यता जोगाइराख्ने छन्। नेपालले १६ खेल खेल्न बाँकी छ। शीर्ष तीनमा पर्न १२ खेल माथि जित्नुपर्ने हुन्छ।

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १२:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
भिक्ट्री किङ्सको लगातार दोस्रो जित, केपीएलको सेमिफाइनलमा बुधबार भएको दोस्रो खेलमा भिक्ट्री किङ्सले टिम जुम्लालाई ९ विकेटले पराजित गर्‍यो। टिम जुम्लाले दिएको ९९ रनको लक्ष्य भिक्ट्री किङ्सले... बुधबार, असोज २१, २०८३
क्रिकेटको नयाँ गन्तव्य बन्दै जुम्ला, २४ सय मिटर उचाइमा पहिलो ‘हाई अल्टिच्युड’ प्रतियोगिता बुधबार, असोज २१, २०८३
सन्दीपदेखि रोहितसम्म ९ खेलाडी ‘टिम एक्सट्रीम’मा, एनपीएलका ७ टोलीको विशेष क्यान सार्वजनिक नेपाली क्रिकेटको विकास, खेलाडीलाई प्रोत्साहन र युवापुस्तामा खेलप्रतिको उत्साह बढाउने उद्देश्यले कम्पनीले खेलाडीसँग सहकार्य गरेको जना... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्