• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

एसपीपीमा अमेरिकाको संकेत बुझेनौं, आफ्नै रुचि र चाहना छुट्याउन सकेनौं

डा दिनेश भट्टराई सोमबार, साउन ९, २०७९  १७:४३
1140x725

नेपालले अमेरिकासँग २५ अप्रिल १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना गरेको हो। सन् १९५० मा हाम्रोमा प्रजातन्त्र आउनुभन्दा अगाडि अमेरिकासँग सम्बन्ध स्थापना गरेका थियौँ। नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको दोस्रो मुलुक पनि हो अमेरिका। सन् १९५९मा नेपालमा अमेरिकी दूतावास सुरु भएको थियो। नजिकका छिमेकीभन्दा पनि पहिले सम्बन्ध स्थापना भएको हुनाले अमेरिकासँगको सम्बन्धको महत्व आफ्नै ठाउँमा छ। र, यो दौत्य सम्बन्धका ७५ वर्षमा नेपाल–अमेरिकाका धेरै आयामहरू जोडिएका छन्। 

यी दु्ई मुलुकबीचको सम्बन्ध बुझ्न जरुरी छ। उच्च तहमा भ्रमणहरू भईरहेका छन्। सन् १९८३ मा स्वर्गीय राजा वीरेन्द्र अमेरिका भ्रमणमा गएका थिए। तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनले ह्वाईट हाउसमा स्वागत गर्दै ‘नेपाल विश्वको अर्को दिशातिरको मित्र हो’ भनेका थिए। उनले नेपालले प्रस्ताव गरेको शान्ति क्षेत्रको पक्षमा रहेको बताएका थिए। 

त्यो भ्रमणका बेला वीरेन्द्रको भेट अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरसँग पनि भएको थियो। त्यो बेला किसिन्जरले भारत र चीनलाई इङिगत गर्दै ‘दुई ठूला हात्तीका बीचमा रहेको सानो मुलुक शान्ति क्षेत्रको रुपमा रहनु महत्वपूर्ण हो’ भनेका थिए।

सन् २००२ को सुरुमा नेपाल भ्रमणमा आएका तत्कालीन अमेरिकी विदेशमन्त्री कोलीन पावेलले ‘नेपाल बहुसांस्कृतिक, बहुजातीय, बहुभाषिक समाज रहेको र यो हाम्रा लागि अनुकरणीय मोडल’ हुन्छ भनेका थिए। 

यस्तै २००२ को मेमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको औपचारिक भ्रमण गरेका थिए। उनले तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज बुससँग भेट गरेका थिए। नेपालमा सशस्त्र युद्ध थियो र त्यो भ्रमणमा अमेरिकाले युद्धको समाप्तिका लागि सहयोग गर्ने बताएको थियो। 

अर्कोतर्फ अमेरिकाको सहयोग औलो उन्मूलनबाट सुरु भएको अहिले एमसीसी, एसपीपीसम्म आईपुगेको छ। 

सन् २०१८ मा तत्कालीन नेपालका परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली अमेरिका भ्रमणमा गएका थिए। समकक्षी माइक पोम्पेओसँगको भेटमा नेपाल–अमेरिकाको बीचको साझेदारी र सहयोगका विषयमा छलफल भएको थियो। ज्ञवाली र पोम्पेओको भेटपछि अमेरिकाले जारी गरेको विज्ञप्तिमा दुई नेताबीच इन्डो प्यासिफिक र विश्वव्यापी मुद्दामा नेपालको केन्द्रीय भूमिका रहने भन्ने विषयमा छलफल भएको बताईएको छ। तर नेपालले जारी गरेको विज्ञप्तिमा त्यो विषयबारे कुनै प्रतिक्रिया जनाएको छैन। र, अमेरिकाले जारी गरेको विज्ञप्तिसँग एक छेउ पनि मिल्दैन। 

त्यस्तै २०१९मा इन्डो प्यासिफिक रणनीति आयो त्यसमा तयारी, साझेदारी र नेटवर्किङ ( प्रिपयरनेस, पार्टनरसीप एण्ड नेटवर्किङ) भनेर तीन वटा भाग छन्। नेपाललाई अमेरिकाले एसपीपीमा जोडेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

२०१८ को हाम्रो विदेशमन्त्रीको भेटमा त्यस्तो भन्यो। २०१९ मा आएर इन्डोप्यासिफिकबाट भन्यो। तर हाम्रो समस्याचाहिँ कहाँ रह्यो भने अमेरिकाले के भनिरहेको छ भनेर हामीले बुझेनौँ। अथवा नेपालले प्रतिक्रिया जनाउन नचाहेको हो वा नबुझेको हो। बाहिरबाट हेर्दा हामीमा प्रस्टता रहेन।

त्यो मुद्दाप्रतिको विश्वसनीयता र हाम्रो भूमिका बुझेनौँ। साथै हाम्रो रुची र चाहना के हो छुट्याउन सकेनौँ। त्यो कारणले पनि आजको यो समस्या भईरहेको हो। जहिले हामीले एसपीपीमा सैन्य र सुरक्षाको विषय समावेश छ भनेर बुझ्यौँ त्यतिखेर आएर हामीले त्यहाँबाट बाहिर निस्कने भन्यौँ। 

एसपीपी र एमसीसीका विषयमा हाम्रा छिमेकीको प्रतिक्रिया विशेष गरी चीनको प्रतिक्रियाले नेपाल एउटा भू–राजनीतिक भूमरीमा परेको छ। 

अर्को विषय चीनको उदयको छ। चीनको विश्वमा उदय यसको आर्थिक सबलताका कारण भएको हो। हामी छिमेकमा छौँ, हामीले कति बुझेका छौँ भन्ने मुख्य सवाल हो। मलाई लाग्छ चीनप्रतिको बुझाईमा एकदमै सीमित छ। त्यस्तै भारतलाई पनि बुझेका छैनौँ। त्यसो त आफैँलाई पनि कति बुझेका छौँ भन्ने पनि छ। 

नेपाल–अमेरिकाको कुरा गर्दा, नेपाल–चीनको कुरा गर्दा तिब्बत केन्द्रमा आएको छ। चिनियाँको धारणा के छ भने तिब्बतको सुरक्षा चासो चीनको महत्वपूर्ण रहेको छ। त्यसैले, एमसीसीलाई लिएर अमेरिकी धारणा र तिब्बतलाई लिएर चीनको धारणा हाम्रालागि महत्वपूर्ण छन्। 

अमेरिका एक नम्बरमा छ र चीन उदाउँदो छ। यी बीचको बाछिटा हाम्रामा नआएदेखि हुन्थ्यो भन्ने हाम्रो धारणा हुनुपर्छ। हाम्रो भौगोलिक यथार्थतालाई प्राथमिकतामा राखेर अमेरिकासँगको हाम्रो सम्बन्ध कायम गर्नुपर्छ। उससँगको राजनीतिक अडानले छिमेकी मुलुकसँगको द्वन्द्वमा फस्नु  हुन्न।  

(सेन्टर फर सोसल इन्क्लुजन एन्ड फेडेरेसनले शुक्रबार राजधानीमा गरेको ‘भूराजनीति र नेपाल–अमेरिका सम्बन्धमा सैन्य कूटनीति’ कार्यक्रमका वक्ता कूटनीतिज्ञ डा दिनेश भट्टराईले व्यक्त गरेको विचारको सम्पादित अंश)

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १७:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ
मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन
आज तीन वटा संसदीय समितिका बैठक बस्दै
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ बुधबार, असोज ७, २०८३
मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन बुधबार, असोज ७, २०८३
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्