• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन २३, २०८३ Sat, Aug 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

न्याय, न्यायाधीश र न्यायपालिका 

हेमन्त रावल आइतबार, साउन ८, २०७९  १३:१५
1140x725

निष्पक्षता, निर्भीकता र न्यायप्रतिको उच्च निष्ठासहितको समर्पणभाव नभई व्यक्तिमा भएको केबल कानुनको कोरा अध्ययन र शैक्षिक उच्च उपाधिले मात्र न्यायको उच्चतम् मर्मबोध र न्याय प्रवाहको सुनिश्चितता हुन सक्दैन। 

न्यायाशनामा बसेको व्यक्ति अध्ययनमा अब्बल छ तर आचरणमा खराब, आचरणमा असल छ, तर क्षमता र दक्षतामा औशत भन्दा तल छ। क्षमता, अध्ययन र आचरणमा उन्नत छ, तर सामयिक परिस्थितीलाई कानुन अनुकूलको साइजमा राख्न सक्ने स्वभावको सर्वथा अभाव छ र विषय केन्द्रित प्रवृत्तिमा लिप्त छ भने पनि न्यायको नतिजा सुखद् हुन सक्दैन।

त्यसैले हरेक विवाद भित्र संवाद खोज्ने, समस्या भित्र समाधान देख्ने र शुक्ष्म विश्लेषण गर्न सक्ने संयक सोच, स्पष्ट दृष्टिकोण अनि सदविवेक सहितको उन्नत चेतना भएको सात्विक व्यक्ति नै न्यायाशनका लागी योग्य र उपयुक्त मानिन्छ। त्यस्ता सुयोग्य व्यक्तिको विचार प्रवाह र कार्य सम्पादनबाट मात्र समग्र न्यायको रक्षा हुन सक्दछ भन्ने मान्यता रहेको हुन्छ।  

न्याय सम्पादनको कार्य कुनै गणितीय सूत्रवद्ध जुक्ति होइन। प्रविधिको सहयोगले निकालिने कुनै बाञ्छित् नतिजा मात्र पनि होइन। यो हरेक घटनाको फरक फरक सच्चाइको गुणात्मक्तामा नापिन्छ, सम्बन्धित पक्षको सन्तुष्टिको गहिराइमा खोजिन्छ र सत्यको निकटतामा पर्गेल्ने गरिन्छ। 

भिडले सत्य जान्दैन, तर भसडमा सत्य हराउनु पनि हुँदैन। भिडको मनोविज्ञान र न्यायको सारबीच कुनै तालमेल हुँदैन, तर जब भिडले सत्यको निर्क्यौल गर्ने गर्दछ तब सत्यको स्वत्व र सार (Gravity & Essence of Justice ) पनि रहँदैन। न्यायाधीशले भिडको भारलाई पनि सहजै पन्छाउन सक्ने सामर्थ्यको विकाश गर्नु पर्दछ। 

कोही पनि व्यक्ति जन्मजात न्यायाधीश हुँदैन। समाजले नै न्यायाधीश जन्माउँछ र बनाउँछ। त्यसैले समाज भित्रको शिक्षा, संस्कार, व्यवहार आचरण,अवसर र अभ्यासको परावर्तन नै असल न्यायाधीशको वैयक्तिक र चारित्रिक आधार हो। यसलाई समाजको स्थिर पुँजीको रुपमा समाजले नै जोगाइ रहनु पर्दछ। 

एउटा असक्षम र अयोग्य व्यक्ति न्यायाशनमा कथंकदाचित बस्न पुग्यो भने उसले गर्ने न्यायको नामको अन्यायले सम्बद्ध नागरिकले लामो समयसम्म न्यायको यात्रामा प्रताडित भैरहनु पर्दछ। न्यायाधीशले गर्ने गल्ति सच्याउँनै नसकिने हुन्छ र सच्याउँदा पनि खर्चिलो र झन्झटिलो हुन्छ। झन्झेटिलो प्रकृयाको उल्झनमा पर्न सक्ने नागरिकको जोखिमको अवस्थालाई न्यायाधीशको नियुक्तिकर्ताले अत्यन्त सावधानी अपनाउनु पर्दछ। त्यसैले न्यायाधीशको नियुक्तिमा धेरै जनाको सहभागिता भन्दा पनि धेरै तहको परीक्षण ( Scrutinize ) विधिहरु अबलम्बन गर्ने गरिन्छ।  

त्यसो त विश्वका कतिपय विकसित देशहरुमा न्यायाधीशहरु जनताबाट निर्वाचित हुने पनि गर्दछन्। ति व्यक्ति कानुनका विज्ञ नभए पनि न्यायका मर्मज्ञ साबित भएका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

कतिपय देशहरुमा न्यायाधीशहरु देशको कार्यकारिणीबाट नियुक्त हुने र त्यस्तो नियुक्ति विधायिकाबाट अनुमोदित हुने गर्दछन्। त्यस्ता नियुक्तिहरुका कामकारबाहीहरुमा विधायिकी प्रभाव पर्ने गरेको देखिँदैन। त्यसो नहुनुको पछाडि न्यायाधीश नियुक्त हुने व्यक्तिको व्यक्तिगत Integrety, Intelectuality र विधायिकाको अहस्तक्षेपकारी नीति र चरित्र नै प्रमुख रहेको पाइन्छ।

केही अन्य देशहरुमा सरकारबाटै सिधै न्यायाधीशहरु नियुक्त हुने गर्दछन् र उनीहरुले सरकार निर्देशन बमोजिमको न्याय गर्ने गर्दछन् किनकि ति देशहरुको सन्दर्भमा न्याय भनेकै जिम्मेवारीको निर्देशन हो। छिमेकी देश भारतमा न्यायाधीश र न्यायविद्हरुको कलेजियम प्रणालीबाट न्यायाधीश नियुक्तिको सिफारिस गर्ने गरिन्छ भने हाम्रो देशमा परिषद प्रणालीको अभ्याश निरन्तर छ। 

जे जुन प्रणालीबाट न्यायाधीशहरुको नियुक्त गरिएको भए पनि न्यायप्रति निष्ठावान्  र समर्पित व्यक्तिको चयन भएको अबस्थामा मात्र नियुक्त व्यक्तिबाट सम्पादित न्याय कम विवादित हुने गरेको देख्न र सुन्न पाइन्छ। 

विकसित देशहरुमा न्यायाधीशलाई उनीहरुको कामको आधारमा मात्र मूल्यांकन गर्ने गरिन्छ। न्यायाधीशको नियुक्ति पश्चात्  उसले गरेका आदेश वा निर्णयहरुको आधारमा मात्र उसको न्यायिक कार्यक्षमताको जाँच गर्ने गरिन्छ। त्यसैले उ समाजमा हिजो के कहा थियो वा अन्य कुन पेशा व्यवसायमा थियो भन्ने कुराले न्यायाधीश भइ सकेपछि खास केही अर्थ राख्दैन।

न्यायाधीश भइसकेपछि उसले गर्ने आदेश वा निर्णयहरुको सार्वजनिक रुपमा न्यायिक सम्परीक्षण हुने हुँदा स्वतन्त्र पर्यबेक्षकको रुपमा रहेको आम नागरिकको आँखामा योग्य सावित हुन नसक्ने र निष्पक्षता स्थापित गर्न नसक्ने व्यक्ति न्यायाशनमा बस्नै सक्दैन। त्यसैले जिम्मेवारीमा बस्ने व्यक्ति स्वयंले आफ्नो सान्दर्भिकता, उपयुक्तता र औचित्य स्थापित गर्न सक्नु पर्दछ। तर पनि समाजले सधैं स्वच्छ छविका विवादरहित व्यक्तिहरू नै रोज्ने र खोज्ने हुँदा न्यायाधीशको नियुक्तिकर्ताले पनि कानुनको आवरणमा मात्र होइन समाजको अपेक्षा र यथार्थतालाई पनि ध्यान दिनु पर्दछ।

स्वयं नियुक्तिकर्ता पनि स्वतन्त्र नागरिक पर्यवेक्षकको नजरमा खरो रुपमा उत्रनु पर्ने हुँदा उनीहरुको निरपेक्ष अपेक्षालाई नियुक्तिकर्ताले पनि स्वाभाविकताकै कसीमा उत्रिनु पर्दछ। 

ज्ञानयुक्त निर्भीकता र विवेकयुक्त स्वतन्त्रता भएन भने न्याययुक्त निष्पक्षता रहँदैन। निष्पक्षता, निर्भीकता र स्वतन्त्रतासँग  न्यायको विश्वसनियता अभिन्न रुपमा जोडिएको हुन्छ।

न्यायको विश्वसनियताका यी आधारहरुलाई जोगाउन न्यायाधीशको व्यक्तिगत तत्परता र न्यायपालिकाको अनवरत संस्थागत प्रयत्न त चाहिन्छ नै साथै सम्बद्ध अरु निकाय र सिंगो समाजको दायित्व पनि उत्तिकै रहन्छ। 

न्यायिक स्वतन्त्रता न्यायाधीश र न्यायपालिकाको व्यक्तिगत/ संस्थागत स्वतन्त्रता र सुरक्षाका लागि होइन। यो त नागरिकको बृहत्तर स्वतन्त्रतताको रक्षाका लागि हो।

नागरिकको बृहत्तर स्वतन्त्रता रक्षाका लागि रक्षाकवचको रुपमा रहेको न्यायपालिकाको संस्थागत संवैधानिक स्वतन्त्रता र न्यायाधीशको कार्यगत स्वतन्त्रतालाई न्यायाधीशको निजी स्वतन्त्रता र स्वच्छन्द व्वहारको रुपमा प्रयोग गरियो भने परिणाम दु:खद् हुने गर्दछ। न्यायाधीशले गर्ने न्यायको आधारमा नै न्यायपालिकाको स्थान सुरक्षित रहन्छ।

आधुनिक समाजले दैविक/इश्वरीय जस्तो चमत्कारिक न्यायको अपेक्षा त राख्दैन होला, तर जे जति सामयिक अपेक्षा राख्दछ प्रचलित कानुनको अधिनमा रहेर त्यसको प्रभावकारी सम्बोधन गर्ने सामर्थ्य त न्यायपालिकाले राख्नै पर्दछ। त्यसको लागि न्यायाधीशको योज्ञता र क्षमतालाई समयानुकुल तिखार्ने/निखार्ने काम पनि स्वयं न्यायाधीशहरुको र न्यायपालिकाकै हो।

न्यायाधीशहरुको क्षमता विकाशका लागि गरिने संस्थागत लगानीले पनि संस्थागत सुधारका लागि ठूलो महत्त्व राख्दछ। अत: न्यायिक स्वतन्त्रतालाई न्यायिक स्वच्छन्दताको रुपमा प्रयोग हुन नदिउँ। तर स्वतन्त्रतालाई अविश्वाशको अस्त्रले संकुचन पनि नगरौं! किनकि स्वतन्त्रता संकुचित भयो, निर्भीकता निरीह भयो र निष्पक्षता पक्षधरतामा परिणत भयो वा निर्णयहरु अनिर्णित अवस्थामा रहने भयो भने भोलि समाजमा आउन सक्ने सम्भावित अराजक विपत्तिको रक्षाकवचको रुपमा रहनु पर्ने न्यायपालिका निरीह भयो भने नागरिकको स्वतन्त्रता खतरामा पर्ने जोखिम रहन्छ।

न्यायपालिकाको स्वतन्त्रता भित्र नै नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता र अन्य बिभिन्न पेशागत स्वतन्त्रताहरु सुरक्षित हुन सक्ने हुँदा स्वतन्त्रताको गम्भीरतालाई सबैले मनन गरौं। नागरिकलाई न्यायको भरपर्दो ओत दिन पनि सक्षम र स्वतन्त्र न्यायपालिका आवश्यक पर्दछ।

त्यसैले न्यायालयको शुद्धीकरणका लागि थालिएका सुधारका प्रयासहरुलाई सुधारकै रुपमा बढी बुझौं र अन्यथा अर्थमा नहेरौं। सम्बद्ध सबैले आ-आफ्नो स्वतन्त्रतालाई मर्यादित र जिम्मेवार ढंगले आ-आफ्नो ठाउFबाट अभ्याश गरौं! न्यायलयका संवेदनशील कामकारबाहीहरुलाई संवेनशील भएर जिम्मेवार ढंगले न्यायिक मनका साथ हेर्ने गरौं! बुझ्ने गरौं र त्यसरी नै लेख्ने गरौं। 

यदि तलाउको पानी फोहर भयो भने तलाउ त सफा गर्नु पर्छ नै तलाउ वरिपरिको परिवेश पनि सँगसँगै सफा गरिनु पर्दछ। अन्यथा क्षणिक रुपमा तलाउ सफा जस्तो देखिए पनि तलाउ फोहर हुने क्रम बढी रहनेछ र तलाउको परिवेशमा फोहर गर्ने प्रवृत्तिहरु पनि बढी रहने छन्। सफेद समाजमै सफेद संस्थाहरु जन्मन्छन् हुर्कन्छन र ति संस्थाहरुले वाञ्छित परिणामहरु दिने गर्दछन्।

(रावल चितवन जिल्ला अदालतका न्यायाधीश हुन्।) 

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १३:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एनपिएलमा पहिलो विदेशले पाए कप्तानी जनकपुर बोल्ट्सको कप्तानी हरमितले गर्ने
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि
कालिकोटमा स्वास्थ्यकर्मीमाथि आक्रमण : स्थानीय किन आक्रोशित भए?
सम्बन्धित सामग्री
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले देशमा आपतकाल घोषणा गर्दै भारतलाई खुला जेलजस्तै अवस्थामा पुर्‍याइन्। आखिर आपतकाल कसरी घोषणा भ... शनिबार, साउन ९, २०८३
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन रावणका दश शिरलाई धेरैले मानवका दश अवगुणको प्रतीक मान्छन्। ती हुन्, काम, क्रोध, लोभ, मोह, मद (घमण्ड), मत्सर, अहंकार, स्वार्थ, अन्याय... सोमबार, असार २९, २०८३
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
ताजा समाचारसबै
एनपिएलमा पहिलो विदेशले पाए कप्तानी जनकपुर बोल्ट्सको कप्तानी हरमितले गर्ने शनिबार, साउन २३, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
कालिकोटमा स्वास्थ्यकर्मीमाथि आक्रमण : स्थानीय किन आक्रोशित भए? शनिबार, साउन २३, २०८३
कनक–कुन्द दीक्षितले जितेको मुद्दा उल्टाउन सरकारले दिएको पुनरवलोकन निवेदनको सुनुवाइ गर्दै सर्वोच्च शनिबार, साउन २३, २०८३
आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
२५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाख उपहार शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
मध्यरातमा प्रधानमन्त्रीले किन लेखे–एक्लै लड्नुपर्ने हुन्छ? शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
२५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाख उपहार शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्