• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, वैशाख २६, २०८२ Fri, May 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
न्याय, न्यायाधीश र न्यायपालिका 
हेमन्त रावल आइतबार, साउन ८, २०७९  १३:१५
1140x725

निष्पक्षता, निर्भीकता र न्यायप्रतिको उच्च निष्ठासहितको समर्पणभाव नभई व्यक्तिमा भएको केबल कानुनको कोरा अध्ययन र शैक्षिक उच्च उपाधिले मात्र न्यायको उच्चतम् मर्मबोध र न्याय प्रवाहको सुनिश्चितता हुन सक्दैन। 

न्यायाशनामा बसेको व्यक्ति अध्ययनमा अब्बल छ तर आचरणमा खराब, आचरणमा असल छ, तर क्षमता र दक्षतामा औशत भन्दा तल छ। क्षमता, अध्ययन र आचरणमा उन्नत छ, तर सामयिक परिस्थितीलाई कानुन अनुकूलको साइजमा राख्न सक्ने स्वभावको सर्वथा अभाव छ र विषय केन्द्रित प्रवृत्तिमा लिप्त छ भने पनि न्यायको नतिजा सुखद् हुन सक्दैन।

त्यसैले हरेक विवाद भित्र संवाद खोज्ने, समस्या भित्र समाधान देख्ने र शुक्ष्म विश्लेषण गर्न सक्ने संयक सोच, स्पष्ट दृष्टिकोण अनि सदविवेक सहितको उन्नत चेतना भएको सात्विक व्यक्ति नै न्यायाशनका लागी योग्य र उपयुक्त मानिन्छ। त्यस्ता सुयोग्य व्यक्तिको विचार प्रवाह र कार्य सम्पादनबाट मात्र समग्र न्यायको रक्षा हुन सक्दछ भन्ने मान्यता रहेको हुन्छ।  

न्याय सम्पादनको कार्य कुनै गणितीय सूत्रवद्ध जुक्ति होइन। प्रविधिको सहयोगले निकालिने कुनै बाञ्छित् नतिजा मात्र पनि होइन। यो हरेक घटनाको फरक फरक सच्चाइको गुणात्मक्तामा नापिन्छ, सम्बन्धित पक्षको सन्तुष्टिको गहिराइमा खोजिन्छ र सत्यको निकटतामा पर्गेल्ने गरिन्छ। 

भिडले सत्य जान्दैन, तर भसडमा सत्य हराउनु पनि हुँदैन। भिडको मनोविज्ञान र न्यायको सारबीच कुनै तालमेल हुँदैन, तर जब भिडले सत्यको निर्क्यौल गर्ने गर्दछ तब सत्यको स्वत्व र सार (Gravity & Essence of Justice ) पनि रहँदैन। न्यायाधीशले भिडको भारलाई पनि सहजै पन्छाउन सक्ने सामर्थ्यको विकाश गर्नु पर्दछ। 

कोही पनि व्यक्ति जन्मजात न्यायाधीश हुँदैन। समाजले नै न्यायाधीश जन्माउँछ र बनाउँछ। त्यसैले समाज भित्रको शिक्षा, संस्कार, व्यवहार आचरण,अवसर र अभ्यासको परावर्तन नै असल न्यायाधीशको वैयक्तिक र चारित्रिक आधार हो। यसलाई समाजको स्थिर पुँजीको रुपमा समाजले नै जोगाइ रहनु पर्दछ। 

एउटा असक्षम र अयोग्य व्यक्ति न्यायाशनमा कथंकदाचित बस्न पुग्यो भने उसले गर्ने न्यायको नामको अन्यायले सम्बद्ध नागरिकले लामो समयसम्म न्यायको यात्रामा प्रताडित भैरहनु पर्दछ। न्यायाधीशले गर्ने गल्ति सच्याउँनै नसकिने हुन्छ र सच्याउँदा पनि खर्चिलो र झन्झटिलो हुन्छ। झन्झेटिलो प्रकृयाको उल्झनमा पर्न सक्ने नागरिकको जोखिमको अवस्थालाई न्यायाधीशको नियुक्तिकर्ताले अत्यन्त सावधानी अपनाउनु पर्दछ। त्यसैले न्यायाधीशको नियुक्तिमा धेरै जनाको सहभागिता भन्दा पनि धेरै तहको परीक्षण ( Scrutinize ) विधिहरु अबलम्बन गर्ने गरिन्छ।  

त्यसो त विश्वका कतिपय विकसित देशहरुमा न्यायाधीशहरु जनताबाट निर्वाचित हुने पनि गर्दछन्। ति व्यक्ति कानुनका विज्ञ नभए पनि न्यायका मर्मज्ञ साबित भएका छन्।

Ncell 2
Ncell 2

कतिपय देशहरुमा न्यायाधीशहरु देशको कार्यकारिणीबाट नियुक्त हुने र त्यस्तो नियुक्ति विधायिकाबाट अनुमोदित हुने गर्दछन्। त्यस्ता नियुक्तिहरुका कामकारबाहीहरुमा विधायिकी प्रभाव पर्ने गरेको देखिँदैन। त्यसो नहुनुको पछाडि न्यायाधीश नियुक्त हुने व्यक्तिको व्यक्तिगत Integrety, Intelectuality र विधायिकाको अहस्तक्षेपकारी नीति र चरित्र नै प्रमुख रहेको पाइन्छ।

केही अन्य देशहरुमा सरकारबाटै सिधै न्यायाधीशहरु नियुक्त हुने गर्दछन् र उनीहरुले सरकार निर्देशन बमोजिमको न्याय गर्ने गर्दछन् किनकि ति देशहरुको सन्दर्भमा न्याय भनेकै जिम्मेवारीको निर्देशन हो। छिमेकी देश भारतमा न्यायाधीश र न्यायविद्हरुको कलेजियम प्रणालीबाट न्यायाधीश नियुक्तिको सिफारिस गर्ने गरिन्छ भने हाम्रो देशमा परिषद प्रणालीको अभ्याश निरन्तर छ। 

जे जुन प्रणालीबाट न्यायाधीशहरुको नियुक्त गरिएको भए पनि न्यायप्रति निष्ठावान्  र समर्पित व्यक्तिको चयन भएको अबस्थामा मात्र नियुक्त व्यक्तिबाट सम्पादित न्याय कम विवादित हुने गरेको देख्न र सुन्न पाइन्छ। 

विकसित देशहरुमा न्यायाधीशलाई उनीहरुको कामको आधारमा मात्र मूल्यांकन गर्ने गरिन्छ। न्यायाधीशको नियुक्ति पश्चात्  उसले गरेका आदेश वा निर्णयहरुको आधारमा मात्र उसको न्यायिक कार्यक्षमताको जाँच गर्ने गरिन्छ। त्यसैले उ समाजमा हिजो के कहा थियो वा अन्य कुन पेशा व्यवसायमा थियो भन्ने कुराले न्यायाधीश भइ सकेपछि खास केही अर्थ राख्दैन।

shivam cement

shivam cement

न्यायाधीश भइसकेपछि उसले गर्ने आदेश वा निर्णयहरुको सार्वजनिक रुपमा न्यायिक सम्परीक्षण हुने हुँदा स्वतन्त्र पर्यबेक्षकको रुपमा रहेको आम नागरिकको आँखामा योग्य सावित हुन नसक्ने र निष्पक्षता स्थापित गर्न नसक्ने व्यक्ति न्यायाशनमा बस्नै सक्दैन। त्यसैले जिम्मेवारीमा बस्ने व्यक्ति स्वयंले आफ्नो सान्दर्भिकता, उपयुक्तता र औचित्य स्थापित गर्न सक्नु पर्दछ। तर पनि समाजले सधैं स्वच्छ छविका विवादरहित व्यक्तिहरू नै रोज्ने र खोज्ने हुँदा न्यायाधीशको नियुक्तिकर्ताले पनि कानुनको आवरणमा मात्र होइन समाजको अपेक्षा र यथार्थतालाई पनि ध्यान दिनु पर्दछ।

स्वयं नियुक्तिकर्ता पनि स्वतन्त्र नागरिक पर्यवेक्षकको नजरमा खरो रुपमा उत्रनु पर्ने हुँदा उनीहरुको निरपेक्ष अपेक्षालाई नियुक्तिकर्ताले पनि स्वाभाविकताकै कसीमा उत्रिनु पर्दछ। 

ज्ञानयुक्त निर्भीकता र विवेकयुक्त स्वतन्त्रता भएन भने न्याययुक्त निष्पक्षता रहँदैन। निष्पक्षता, निर्भीकता र स्वतन्त्रतासँग  न्यायको विश्वसनियता अभिन्न रुपमा जोडिएको हुन्छ।

न्यायको विश्वसनियताका यी आधारहरुलाई जोगाउन न्यायाधीशको व्यक्तिगत तत्परता र न्यायपालिकाको अनवरत संस्थागत प्रयत्न त चाहिन्छ नै साथै सम्बद्ध अरु निकाय र सिंगो समाजको दायित्व पनि उत्तिकै रहन्छ। 

न्यायिक स्वतन्त्रता न्यायाधीश र न्यायपालिकाको व्यक्तिगत/ संस्थागत स्वतन्त्रता र सुरक्षाका लागि होइन। यो त नागरिकको बृहत्तर स्वतन्त्रतताको रक्षाका लागि हो।

नागरिकको बृहत्तर स्वतन्त्रता रक्षाका लागि रक्षाकवचको रुपमा रहेको न्यायपालिकाको संस्थागत संवैधानिक स्वतन्त्रता र न्यायाधीशको कार्यगत स्वतन्त्रतालाई न्यायाधीशको निजी स्वतन्त्रता र स्वच्छन्द व्वहारको रुपमा प्रयोग गरियो भने परिणाम दु:खद् हुने गर्दछ। न्यायाधीशले गर्ने न्यायको आधारमा नै न्यायपालिकाको स्थान सुरक्षित रहन्छ।

आधुनिक समाजले दैविक/इश्वरीय जस्तो चमत्कारिक न्यायको अपेक्षा त राख्दैन होला, तर जे जति सामयिक अपेक्षा राख्दछ प्रचलित कानुनको अधिनमा रहेर त्यसको प्रभावकारी सम्बोधन गर्ने सामर्थ्य त न्यायपालिकाले राख्नै पर्दछ। त्यसको लागि न्यायाधीशको योज्ञता र क्षमतालाई समयानुकुल तिखार्ने/निखार्ने काम पनि स्वयं न्यायाधीशहरुको र न्यायपालिकाकै हो।

न्यायाधीशहरुको क्षमता विकाशका लागि गरिने संस्थागत लगानीले पनि संस्थागत सुधारका लागि ठूलो महत्त्व राख्दछ। अत: न्यायिक स्वतन्त्रतालाई न्यायिक स्वच्छन्दताको रुपमा प्रयोग हुन नदिउँ। तर स्वतन्त्रतालाई अविश्वाशको अस्त्रले संकुचन पनि नगरौं! किनकि स्वतन्त्रता संकुचित भयो, निर्भीकता निरीह भयो र निष्पक्षता पक्षधरतामा परिणत भयो वा निर्णयहरु अनिर्णित अवस्थामा रहने भयो भने भोलि समाजमा आउन सक्ने सम्भावित अराजक विपत्तिको रक्षाकवचको रुपमा रहनु पर्ने न्यायपालिका निरीह भयो भने नागरिकको स्वतन्त्रता खतरामा पर्ने जोखिम रहन्छ।

न्यायपालिकाको स्वतन्त्रता भित्र नै नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता र अन्य बिभिन्न पेशागत स्वतन्त्रताहरु सुरक्षित हुन सक्ने हुँदा स्वतन्त्रताको गम्भीरतालाई सबैले मनन गरौं। नागरिकलाई न्यायको भरपर्दो ओत दिन पनि सक्षम र स्वतन्त्र न्यायपालिका आवश्यक पर्दछ।

त्यसैले न्यायालयको शुद्धीकरणका लागि थालिएका सुधारका प्रयासहरुलाई सुधारकै रुपमा बढी बुझौं र अन्यथा अर्थमा नहेरौं। सम्बद्ध सबैले आ-आफ्नो स्वतन्त्रतालाई मर्यादित र जिम्मेवार ढंगले आ-आफ्नो ठाउFबाट अभ्याश गरौं! न्यायलयका संवेदनशील कामकारबाहीहरुलाई संवेनशील भएर जिम्मेवार ढंगले न्यायिक मनका साथ हेर्ने गरौं! बुझ्ने गरौं र त्यसरी नै लेख्ने गरौं। 

यदि तलाउको पानी फोहर भयो भने तलाउ त सफा गर्नु पर्छ नै तलाउ वरिपरिको परिवेश पनि सँगसँगै सफा गरिनु पर्दछ। अन्यथा क्षणिक रुपमा तलाउ सफा जस्तो देखिए पनि तलाउ फोहर हुने क्रम बढी रहनेछ र तलाउको परिवेशमा फोहर गर्ने प्रवृत्तिहरु पनि बढी रहने छन्। सफेद समाजमै सफेद संस्थाहरु जन्मन्छन् हुर्कन्छन र ति संस्थाहरुले वाञ्छित परिणामहरु दिने गर्दछन्।

(रावल चितवन जिल्ला अदालतका न्यायाधीश हुन्।) 

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १३:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रुसी राष्ट्रपति पुटिन र चीनियाँ राष्ट्रपति जिनपिङबीच भेटवार्ता
बढ्दो तनाव पछि भारत र पाकिस्तानको शेयर बजारमा भारी मात्रामा गिरावट
बजाज ग्रान्ड एक्सचेन्ज मेलाः नागरिकता मात्रैले बाइक पाइने
सम्बन्धित सामग्री
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? विशेषगरी, स्मार्टफोन आजको पुस्तालाई समयभन्दा बढी कब्जामा लिएको छ । जहाँ हेरे पनि मानिसहरू मोबाइलमा हराएका देखिन्छन्- सोसल मिडियामा स... शुक्रबार, वैशाख ५, २०८२
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर उद्यमी भनेको धेरै जनामा एक जना सफल भएको हुन्छ । त्योपनि अथाह मेहनत, लगानी र ऋणको जोखिम उठाएर । उद्यमीमा पैसा कमाउने र बढाउने बेग्र इ... मंगलबार, वैशाख २, २०८२
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'राजनीतिक परिवर्तनका लागि गरिने आन्दोलनका लागि लोकप्रिय, समय सापेक्ष विचार, दर्शन र आदर्श अगाडि... शनिबार, चैत १६, २०८१
ताजा समाचारसबै
रुसी राष्ट्रपति पुटिन र चीनियाँ राष्ट्रपति जिनपिङबीच भेटवार्ता शुक्रबार, वैशाख २६, २०८२
बढ्दो तनाव पछि भारत र पाकिस्तानको शेयर बजारमा भारी मात्रामा गिरावट शुक्रबार, वैशाख २६, २०८२
बजाज ग्रान्ड एक्सचेन्ज मेलाः नागरिकता मात्रैले बाइक पाइने शुक्रबार, वैशाख २६, २०८२
आज ७३औँ कानुन दिवस शुक्रबार, वैशाख २६, २०८२
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
ललितपुर महानगरपालिकामा भोलि सार्वजनिक बिदा बिहीबार, वैशाख २५, २०८२
पहलगाम घटनामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्न मिल्दैन : देव गुरूङ बिहीबार, वैशाख २५, २०८२
जम्मु कश्मिरमा ‘विष्फोट’को आशंका बिहीबार, वैशाख २५, २०८२
भारत–पाकिस्तान आक्रमणः सुरक्षाका कारण पञ्जाब र दिल्लीबीचको खेल रद्द शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने शुक्रबार, वैशाख १९, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा शुक्रबार, वैशाख १९, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए कुशल, को–को परे २५ भित्र? शनिबार, वैशाख २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्