• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कृषि क्षेत्र पहिचान नगरी २ वटा वडाको कित्ताकाट फुकुवा गर्ने धनगढी उपमहानगरको निर्णय

64x64
शेरबहादुर ऐर शुक्रबार, असार ३१, २०७९  २१:५८
1140x725

धनगढी–धनगढी उपमहानगरपालिकाले दुई वटा वडालाई आवासीय क्षेत्र भन्दै जग्गा कित्ताकाट फुकुवा गराउने निर्णय गरेको छ।

वडा नम्बर ४ र वडा नम्बर १ मा कृषि क्षेत्र पहिचान नगरी सबैलाई आवासीय क्षेत्र भन्दै कित्ताकाट फुकुवा गरिएको हो।

२०६८ को जनगणना अनुसार धनगढी उपमहानगरपालिका १ मा मुख्य सडकको दक्षिणक्षेत्रलाई कृषि क्षेत्र देखाइएको छ भने वडा नम्बर ४ का बसपार्क क्षेत्रदेखि केहीमा वस्ती र अन्य क्षेत्रमा कृषि र वन क्षेत्र देखाइएको छ।

धनगढी उपमहानगरपालिकाले संघीय सरकारको मापदण्डविपरीत दुई वडामा जग्गाको कित्ताकाट फुकुवा गरेको जनाइएको छ। 

संघीय भूमि व्यवस्था मन्त्रालयले गत जेठ २४ गते कृषियोग्य भूमि र आवासीय क्षेत्रको जग्गा कित्ताकाट गर्न रोक लगाएको थियो। तराई र भित्री मधेसमा एक रोपनी पाँच आना ३.६ दाम (६७५ वर्गमिटर) र उल्लिखित क्षेत्रबाहेकका भूभागमा एक रोपनी १५ आना एक पैसा तीन दाम (एक हजार वर्गमिटर) क्षेत्रफलभन्दा कम हुने गरी कित्ताकाट गर्न नपाइने व्यवस्था गरिएको छ ।

धनगढी उपमहानगरले भने दुई वटै वडामा कृषि क्षेत्र नै नभएको उल्लेख गरी शुक्रबार कार्यपालिकाबाट कित्ताकाट खुलाउने निर्णय गरेको हो। धनगढी–१ का वडाध्यक्ष सन्तोष मुड्भरीले आफ्नो वडामा आवासीय क्षेत्र मात्रै रहेको बताए। ‘वडामा अहिले पनि कृषि व्यवसाय भइरहेको छ,’ मुडभरीले भने, ‘तर ती क्षेत्र भविष्यमा आवासीय क्षेत्र नै हुने देखिएका कारण अहिले कित्ताकाट खुलाइएको हो ।’ 

धनगढी ४ का वडाध्यक्ष बुद्धि खडकाले पनि आफ्नो वडामा खेतियोग्य जमिन नरहेको बताए। केही क्षेत्रमा कृषियोग्य जमिन भए पनि ती क्षेत्र भविष्यमा आवासीय क्षेत्र हुने र सबै क्षेत्र सडक सञ्जालसँग जोडिएका कारण कित्ताकाट गर्न मिल्ने गरी निर्णय गरिएको उनले बताए।

उनले आफनो क्षेत्रमा ऐलानी जग्गामा खेती भइरहेकाले त्यसलाई कृषियोग्य जमिन भन्न नमिल्ने बताए। उनले भने, ‘कतिपय खेतीयोग्य जग्गा अहिले बाँझो छ। ऐलानी जग्गामा भएको कृषिलाई हामीले खेतीयोग्य जमिन मानेका छैनौं। अझै जग्गा कित्ताकाट फुकुवा गराउन पर्यटकीय स्थल, ताल तलैया, वन क्षेत्र, धार्मिक क्षेत्रलगायत थुप्रै कुराको विभाजन गर्न जरुरी छ।’ उनले कुनै क्षेत्र नछुट्याई आवासीय क्षेत्र भन्दै जग्गा कित्ताकाट फुकुवा गरिएको बताए।

Ncell 2
Ncell 2

सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका नापी अधिकृत धर्मराज ओझाले कृषि क्षेत्रलाई अनिवार्य रुपमा छुट्याइनु पर्ने प्रावधान रहेको बताए। ‘संघीय मन्त्रालयले अहिले कृषि क्षेत्र, आवासीय क्षेत्र, पर्यटकीय क्षेत्र छुट्याउनकै लागि जग्गाको कित्ताकाट रोकेको हो,’ उनले भने, ‘स्थानीय तहले यी सबै क्षेत्रलाई छुट्याएर आवासीय क्षेत्र ठहरिएको खण्डमा मात्रै जग्गाको कित्ताकाट गर्न पाउछन ।’

वडा नम्बर ४ गोपाल हमालको बसोबास रहेको वडा हो भने वडा नम्बर १ व्यापारिक क्षेत्र हो। नगर प्रमुख हमालले आफनै वडा र सहरी क्षेत्र मानिएको वडा नम्बर १ को मात्र कित्ताकाट फुकुवा गर्ने निर्णयलाई स्थानीयहरुले अस्वाभाविक रुपमा लिएका छन्। 

एक स्थानीयले भने, ‘हमालका भाइ श्याम वडा नम्बर १ मा जग्गा खरिद गर्ने प्रक्रियामा  छन्।’ लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट वडा तहबाट खुलाउने विषय उपयुक्त नभएको स्थानीयहरु बताउँछन्।

‘जग्गा कित्ताकाट खुलाउने हो भने सबै वडाहरुमा एकै पटक खुलाउनुपर्ने थियो’ एक स्थानीयले भने, ‘आफनो दुनो सोझाउन र आफना आफन्तलाई पोसाउने काम भयो। अन्य वडाका सर्वसाधारण जनताले जग्गा खरिद विक्री गर्न नपाउने हो ?’

‘सेवाग्राही भनेका १९ वटै वडाका हुन्, १ र ४ कामात्र हुन् र’, उनले प्रश्न गरे । उनले आफनो काम गराइसकेपछि फेरि बन्द गराइन पनि सक्ने बताए। 

धनगढी उपमहानगरपालिकाका नापी अधिकृत भुवन शाहीले शुक्रबार वडा नम्बर १ र ४ को जग्गा कित्ताकाट फुकुवा गरिएको बताए। उनले विस्तारै अन्य वडाको पनि जग्गा कित्ताकाट फुकुवा गरिने बताए। उनले भने, ‘वडा नम्बर १ देखि ५ नम्बरसम्म जग्गा कित्ताकाट फुकुवा गर्न समस्या छैन । यहाँ कृषि क्षेत्रभन्दा बढी भौतिक संरचना छन्। अन्य वडामा कृषि क्षेत्र बढी रहेकाले फुकुवा गर्न समय लाग्ने देखिन्छ।’ उनले वडाका सिफारिसका आधारमा आवश्यकता अनुसार जग्गा कित्ताकाट फुकुवा गरिने बताए।

धनगढी उपमहानगरपालिकामा १९ वटा वडा छन्। यसमध्ये सबैभन्दा बढी बस्ती विकास वडा नम्बर १, २, ३, ४ र ५ मा छ। उपमहानगरपालिकाको कार्यालयमा दैनिक जग्गा कित्ताकाटका लागि एक–दुई सेवाग्राही जाने गरेका छन्।
यिनै वडामा बढी प्राकृतिक खोला नाला मिचेर भौतिक संरचना निर्माण भएका छन्। धनगढी उपमहानगरपालिकाले खोला नाला अतिक्रमण भएका संरचना हटाउने काम अन्त्य नगर्दै सोही वडाको जग्गा कित्ताकाट फुकुवा गर्न उपयूक्त नभएको स्थानीयहरु बताउँछन्।

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  २१:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुला सूचनाअनुसार देशभर नेपाली शिक्षक ७४ जना, अंग्रेजी शिक्षक ९६ जना माग गरेको छ। यस्तै, गणित शिक्षक ८३ जना, विज्ञान शिक्षक ११३ जना, सामाज... शनिबार, माघ ३, २०८२
तिला नदीमा जिप खस्दा तीन जनाको मृत्यु उनका अनुसार मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका घर भएका २८ वर्षीय शङ्कर कठायत, अछामका टेकेन्द्र शाही र सहचालक कालीकोटको शुभकालिका–२... शनिबार, माघ ३, २०८२
आज यी दुई प्रदेशका उच्च पहाडी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानहरूमा तुँवालो लागेको छ । पहाडी तथा हिमा... शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
गगनलाई बधाई दिंदै सुजाताले भनिन् : ‘पार्टी फुटेको होइन, परिवर्तन आएको हो’ शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष अदालत जाने शनिबार, माघ ३, २०८२
टी-२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ शनिबार, माघ ३, २०८२
झापा ५ मा ओलीसँग चुनाव लड्न प्रचण्डले दिए रञ्जित तामाङलाई टिकट शनिबार, माघ ३, २०८२
माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुला शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै शनिबार, माघ ३, २०८२
गोरखामा रास्वपा नेता परियारको गाडीमा तोडफोड शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्