• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कृषि क्षेत्र पहिचान नगरी २ वटा वडाको कित्ताकाट फुकुवा गर्ने धनगढी उपमहानगरको निर्णय

64x64
शेरबहादुर ऐर शुक्रबार, असार ३१, २०७९  २१:५८
1140x725

धनगढी–धनगढी उपमहानगरपालिकाले दुई वटा वडालाई आवासीय क्षेत्र भन्दै जग्गा कित्ताकाट फुकुवा गराउने निर्णय गरेको छ।

वडा नम्बर ४ र वडा नम्बर १ मा कृषि क्षेत्र पहिचान नगरी सबैलाई आवासीय क्षेत्र भन्दै कित्ताकाट फुकुवा गरिएको हो।

२०६८ को जनगणना अनुसार धनगढी उपमहानगरपालिका १ मा मुख्य सडकको दक्षिणक्षेत्रलाई कृषि क्षेत्र देखाइएको छ भने वडा नम्बर ४ का बसपार्क क्षेत्रदेखि केहीमा वस्ती र अन्य क्षेत्रमा कृषि र वन क्षेत्र देखाइएको छ।

धनगढी उपमहानगरपालिकाले संघीय सरकारको मापदण्डविपरीत दुई वडामा जग्गाको कित्ताकाट फुकुवा गरेको जनाइएको छ। 

संघीय भूमि व्यवस्था मन्त्रालयले गत जेठ २४ गते कृषियोग्य भूमि र आवासीय क्षेत्रको जग्गा कित्ताकाट गर्न रोक लगाएको थियो। तराई र भित्री मधेसमा एक रोपनी पाँच आना ३.६ दाम (६७५ वर्गमिटर) र उल्लिखित क्षेत्रबाहेकका भूभागमा एक रोपनी १५ आना एक पैसा तीन दाम (एक हजार वर्गमिटर) क्षेत्रफलभन्दा कम हुने गरी कित्ताकाट गर्न नपाइने व्यवस्था गरिएको छ ।

धनगढी उपमहानगरले भने दुई वटै वडामा कृषि क्षेत्र नै नभएको उल्लेख गरी शुक्रबार कार्यपालिकाबाट कित्ताकाट खुलाउने निर्णय गरेको हो। धनगढी–१ का वडाध्यक्ष सन्तोष मुड्भरीले आफ्नो वडामा आवासीय क्षेत्र मात्रै रहेको बताए। ‘वडामा अहिले पनि कृषि व्यवसाय भइरहेको छ,’ मुडभरीले भने, ‘तर ती क्षेत्र भविष्यमा आवासीय क्षेत्र नै हुने देखिएका कारण अहिले कित्ताकाट खुलाइएको हो ।’ 

धनगढी ४ का वडाध्यक्ष बुद्धि खडकाले पनि आफ्नो वडामा खेतियोग्य जमिन नरहेको बताए। केही क्षेत्रमा कृषियोग्य जमिन भए पनि ती क्षेत्र भविष्यमा आवासीय क्षेत्र हुने र सबै क्षेत्र सडक सञ्जालसँग जोडिएका कारण कित्ताकाट गर्न मिल्ने गरी निर्णय गरिएको उनले बताए।

उनले आफनो क्षेत्रमा ऐलानी जग्गामा खेती भइरहेकाले त्यसलाई कृषियोग्य जमिन भन्न नमिल्ने बताए। उनले भने, ‘कतिपय खेतीयोग्य जग्गा अहिले बाँझो छ। ऐलानी जग्गामा भएको कृषिलाई हामीले खेतीयोग्य जमिन मानेका छैनौं। अझै जग्गा कित्ताकाट फुकुवा गराउन पर्यटकीय स्थल, ताल तलैया, वन क्षेत्र, धार्मिक क्षेत्रलगायत थुप्रै कुराको विभाजन गर्न जरुरी छ।’ उनले कुनै क्षेत्र नछुट्याई आवासीय क्षेत्र भन्दै जग्गा कित्ताकाट फुकुवा गरिएको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका नापी अधिकृत धर्मराज ओझाले कृषि क्षेत्रलाई अनिवार्य रुपमा छुट्याइनु पर्ने प्रावधान रहेको बताए। ‘संघीय मन्त्रालयले अहिले कृषि क्षेत्र, आवासीय क्षेत्र, पर्यटकीय क्षेत्र छुट्याउनकै लागि जग्गाको कित्ताकाट रोकेको हो,’ उनले भने, ‘स्थानीय तहले यी सबै क्षेत्रलाई छुट्याएर आवासीय क्षेत्र ठहरिएको खण्डमा मात्रै जग्गाको कित्ताकाट गर्न पाउछन ।’

वडा नम्बर ४ गोपाल हमालको बसोबास रहेको वडा हो भने वडा नम्बर १ व्यापारिक क्षेत्र हो। नगर प्रमुख हमालले आफनै वडा र सहरी क्षेत्र मानिएको वडा नम्बर १ को मात्र कित्ताकाट फुकुवा गर्ने निर्णयलाई स्थानीयहरुले अस्वाभाविक रुपमा लिएका छन्। 

एक स्थानीयले भने, ‘हमालका भाइ श्याम वडा नम्बर १ मा जग्गा खरिद गर्ने प्रक्रियामा  छन्।’ लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट वडा तहबाट खुलाउने विषय उपयुक्त नभएको स्थानीयहरु बताउँछन्।

‘जग्गा कित्ताकाट खुलाउने हो भने सबै वडाहरुमा एकै पटक खुलाउनुपर्ने थियो’ एक स्थानीयले भने, ‘आफनो दुनो सोझाउन र आफना आफन्तलाई पोसाउने काम भयो। अन्य वडाका सर्वसाधारण जनताले जग्गा खरिद विक्री गर्न नपाउने हो ?’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘सेवाग्राही भनेका १९ वटै वडाका हुन्, १ र ४ कामात्र हुन् र’, उनले प्रश्न गरे । उनले आफनो काम गराइसकेपछि फेरि बन्द गराइन पनि सक्ने बताए। 

धनगढी उपमहानगरपालिकाका नापी अधिकृत भुवन शाहीले शुक्रबार वडा नम्बर १ र ४ को जग्गा कित्ताकाट फुकुवा गरिएको बताए। उनले विस्तारै अन्य वडाको पनि जग्गा कित्ताकाट फुकुवा गरिने बताए। उनले भने, ‘वडा नम्बर १ देखि ५ नम्बरसम्म जग्गा कित्ताकाट फुकुवा गर्न समस्या छैन । यहाँ कृषि क्षेत्रभन्दा बढी भौतिक संरचना छन्। अन्य वडामा कृषि क्षेत्र बढी रहेकाले फुकुवा गर्न समय लाग्ने देखिन्छ।’ उनले वडाका सिफारिसका आधारमा आवश्यकता अनुसार जग्गा कित्ताकाट फुकुवा गरिने बताए।

धनगढी उपमहानगरपालिकामा १९ वटा वडा छन्। यसमध्ये सबैभन्दा बढी बस्ती विकास वडा नम्बर १, २, ३, ४ र ५ मा छ। उपमहानगरपालिकाको कार्यालयमा दैनिक जग्गा कित्ताकाटका लागि एक–दुई सेवाग्राही जाने गरेका छन्।
यिनै वडामा बढी प्राकृतिक खोला नाला मिचेर भौतिक संरचना निर्माण भएका छन्। धनगढी उपमहानगरपालिकाले खोला नाला अतिक्रमण भएका संरचना हटाउने काम अन्त्य नगर्दै सोही वडाको जग्गा कित्ताकाट फुकुवा गर्न उपयूक्त नभएको स्थानीयहरु बताउँछन्।

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  २१:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेकाले हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ... बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै बुधबार, असोज २८, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्