काठमाडौं– आर्थिक वर्ष २०७४/०७५ को चौथो त्रैमासमा एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको खुद मुनाफा २४ दशमलब ८१ प्रतिशतले घटेर ३ करोड ४१ लाख २७ हजार रुपैयाँमा झरेको छ। अर्थिक वर्ष २०७३/०७४ को यही अवधिमा संस्थाले ४ करोड ५३ लाख ९१ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो।
एनएमबी माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी २१ दशमलब ४९ प्रतिशतले बढेको छ। बैंकको खुद ब्याज आम्दानी १६ करोड ७२ लाख २२ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीले १३ करोड ७६ लाख ३६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
गत आर्थिक वर्षकाेचौथो त्रैमाससम्ममा कम्पनीको चुक्ता पूँजी १४ करोड ८ लाख ७५ हजार रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०७३/०७४ को चौथो त्रैमाससम्ममा भने संस्थाले ११ करोड २७ लाख रुपैयाँ मात्रै चुक्ता पुँजी पुर्याएको थियो।
संस्थाको निष्कृय कर्जा १.६१ प्रतिशतले बढेर २.५९ प्रतिशत पुगेको छ। कम्पनीको प्रतिसेयर आम्दानी २४ रुपैयाँ २२ पैसा (वार्षिक) र प्रतिसेयर ‘नेटवर्थ’ १ सय ८७ रुपैयाँ ३४ पैसा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।