काठमाडौं– आर्थिक वर्ष २०७४/०७५ को चौथो त्रैमासमा लक्ष्मी लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा १७ दशमलब ४९ प्रतिशतले घटेर ८ करोड ८३ लाख ७९ हजार रुपैयाँमा झरेको छ। आर्थिक वर्ष २०७३/०७४ को यही अवधिमा संस्थाले १० करोड ७१ लाख १८ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो।
लक्ष्मी लघुवित्त संस्थाको खुद ब्याज आम्दानीमा २ दशमलब ४४ प्रतिशतले गिरावट आएर २३ करोड ९४ लाख ५७ हजार रुपैयाँ पुगेको छ। २०७३/०७४मा कम्पनीले २४ करोड ५४ लाख ५४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
कम्पनीको चौथो त्रैमाससम्ममा चुक्ता पूँजी २४ करोड २० लाख रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०७३/०७४ को यही अवधिमा संस्थाले २२ करोड रुपैयाँ चुक्त पुँजी पुर्याएको थियो।
संस्थाको निष्कृय कर्जा ०.४८ प्रतिशतले बढेर ०.९८ प्रतिशत पुगेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ५२ पैसा (वार्षिक) र प्रतिसेयर ‘नेटवर्थ’ १ सय ८३ रुपैयाँ ६३ पैसा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।