• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

घरमा क्यान्सरपीडित श्रीमान्, महानगरले मकै पोल्न नदिए न गाँस न त उपचार!

कल्पना घिमिरे बुधबार, असार २९, २०७९  ०९:२४
1140x725

काठमाडौं– गत बुधबार साँझ, झरि बल्ल मत्थर हुन लागेको थियो। पानीका स–साना थोपा भने झरिरहेकै थिए। 

पानी रहने छाँट देखिएपछि धादिङकी मनमाया राई गाडा गुडाउँदै सडकमा निस्किइन्। गाडाको एक छेउमा हरिया मकैको थुप्रो थियो। अर्कोतिर एउटा फलामे कराई, ओदान र दाउरा थिए। गाडा कलंकी मन्दिर छेउ पुगेर रोकियो। 

असारे झरीको के भर गर्न सकिन्छ र? भर नलागेर नै मनमायाले गाडामा ठूलो छाता ओढाइन्। ‘यही गाडा पनि नगरपालिकाले लगिदियो भने कसरी खाएर बाँच्नु हो?,’ सायद उनले एक मन यस्तै सोचिन्। अनि दायाँबायाँ पल्याकपुलुक हेरिन्।

लामो सास तान्दै उनले दाउराका चोइटा बोराबाट झिकेर आगो जोर्न थालिन्। आगो अलि ठूलो बल्न थालेपछि मकैका चार वटा खोसेलासहितका घोगा ओदानमाथि राखिदिइन्। 

अब मनमायाको गाडाछेउ मकै खानेहरू जम्मा हुन थाले। खोसेला लैजाने व्यक्ति पनि आइपुगे। पहिले असरल्ल छरिएका खोसेला बटुलेर उनले ती व्यक्तिलाई दिइन्। पिल्सिएका मकैका घोगा नङ्ग्याएर भुंग्रोमा राखिन्।
केही बेर ओल्टाइपल्टाइ गरेपछि मकै पाक्यो। मकै खोसेलाले बेरेपछि हरियो खुर्सानी र टिम्मुरसँग पिसेको नुन राखेर एक जना युवतीलाई दिइन्। 

‘मकैको कति हो आमा?,’ पर्स खोतल्दै ती युवतीले भनिन्। 

‘घोगो ठूलो छ, यसलाई त ३५ रुपियाँ लिन्छु। बोहोनीको समय हो। ३० रुपियाँ नै देनु न,’ उनले भनिन्। 

ती युवतीले ५० रुपैयाँको नोट झिकिन् र भनिन्, ‘यो सबै तपाइँ नै राख्नुस् बुढी आमा।’

Ncell 2
Ncell 2
nimb
nimb

‘होइन मकैको जति पर्ने हो त्यति मात्रै राख्छु,’ मनमायाले बाँकी फिर्ता दिइन्।

‘तपाइँको माया लागेर दिएको, त्यति राख्नु न।’ यति भनेर ती युवती हिँडिन्। 

मनमाया नयाँ ग्राहकका लागि मकै पोल्न थालिन्।

‘हिजो आज मकै व्यापार कस्तो छ आमा?’

यो प्रश्न सुन्नेबित्तिकै उनी झोक्किइन्, ‘हैजा आएको छ भनेर महानगरपालिकाले राख्न दिँदैन रे अब। तिमीहरुले धेरै पानीपुरी खाएर त हो नि! मैले व्यापारै गर्न नपाउने भएँ।’ 

त्यति भनेर उनले पिल्सिँदै गरेको मकै अर्कोतर्फ फर्काइन्। 

‘हैजासैजा त मैले यसरी आगोले डढाइदिन्छु,’ केहीबेरमा उनी फेरि बोलिन्। 

महानगरले मकै बेच्न नदिएकोमा उनको गुनासो छ। ‘साँझ ६ बजेपछि गाडा निकाल्दा पनि भागीभागी बेच्नुपर्छ। यो गाडा लगिदियो भने त गरिखाने भाँडो नै हराउँछ,’ उनले भनिन्। 

केही समय कुरा गर्दै गएपछि मनमाया आफ्नो कथा सुनाउन थालिन्।

aama11657629128.jpg

उनी ६५ वर्षकी भइन्। १४ वर्षदेखि काठमाडौंका सडक किनारमा मकै पोलेरै गुजारा गर्छिन्। उनका श्रीमान् क्यान्सरसँग संघर्ष गरिरहेका छन्। श्रीमान्को उपचार खर्च उनी मकै पोलेरै जुटाउँछिन्।

उनी दुई दशकअघि श्रीमान् र तीन छोरीसँगै काठमाडौं छिरेकी हुन्। काठमाडौंमा डेरा बस्न थालेको त्यति नै वर्ष भयो। त्यसबेला मनमायाका श्रीमान्ले न्यूरोडको एक सहकारीमा सुरक्षा गार्डको काम पाएका थिए। आठ घण्टा काम गर्दा महिनामा ३ हजार ५०० रुपैयाँ कमाइ गर्थे। चार महिना काम गरेपछि सहकारी बन्द भयो। अनि, श्रीमान् बेरोजगार भए।

घर खर्च चलाउन मुस्किल हुन थाल्यो। त्यसपछि मनमायाले अरुको घरमा गएर भाँडा माझ्ने कपडा धुने काम खोजिन्। ‘एउटा घरमा महिनाभर काम गर्दा चार सय कमाइ हुन्थ्यो। दिनभरि काम गर्नुपर्ने होइन, एउटा घरको काम सकेर अरु घरमा पनि गर्थेँ। चार वटा घरमा काम गर्दा बल्ल महिनामा १६ सय कमाउथेँ,’ मनमाया सुनाउँछिन्। 

त्यसबाहेक बारी खन्ने र अरु शारीरिक परिश्रमका काम पनि गर्थिन्। कोठाभाडा महिनाको ४०० थियो। जति काम गर्दा पनि घरखर्च धान्न मुस्किल थियो। एक दिन साथीहरूले मकै पोलेर बेच्दा राम्रो कमाइ गर्न सकिने सुनाए। त्यसपछि सडक किनारामा उभिएर मकै पोल्न थालिन्। 

उनले २०६६ सालमा रविभवन माछागेट नजिक भुईंमै आगो बालेर मकै पोल्न सुरु गरिन्। ‘त्यतिबेला हरियो मकै किन्दा एउटा घोगाको २ रुपियाँ पथ्र्यो। त्यसलाई पोलेर मैले ५ देखि ७ रुपियाँसम्ममा बेच्थेँ,’ उनले सुनाइन्। 

मनमायाले ५०० लगानी गरेर मकै पोल्न सुरु गरेकी हुन्। त्यति बेला दिनमै ३-४ सय कमाइ गरिन्। ‘त्यसपछि अलिअलि गरिखाने बाटो खुल्यो, अनि यही कामलाई निरन्तरता दिएँ,’ उनले भनिन्।

पछि उनका श्रीमान्ले फेरि ढुंगेअड्डास्थित एक सहकारीमा सुरक्षा गार्डको काम पाए। त्यसमा चार वर्षजति काम गरेपछि अचानक छाड्नुपर्ने भयो। ‘उहाँको साथीले लगाइदिएको काम थियो। अब आफैं गर्छु छाड भनेपछि छाडनु भयो,’ उनले भनिन्। 

जागिर छाडेपछि श्रीमान्ले पनि मनमायालाई सघाउन थाले। दुवै जना मकै पोल्न थाले। तर, कमाइले खान धौ–धौ हुन थाल्यो। तीन छोरीलाई प्राथमिक तहभन्दा माथि पढाउन सकेनन्। 

aama1657629128.jpg

तीन वर्षअघि मनमायाका श्रीमान्लाई फोक्सोको क्यान्सर भएको पत्ता लाग्यो। गाउँको जग्गा बेचेर उपचार गराइन्। वीर र भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदा २० लाख सकिएको उनी बताउँछिन्। ‘वीर अस्पतालमा उपचार गराउँदा १५–१६ वटा किमो चढाइदियो। रोग निको भएन। अहिले त आन्द्रामा पनि समस्या देखिएको छ भन्छन्,’ उनले गहभरी आँशु पार्दै भनिन्। 

अहिले उनका श्रीमान खाना पनि राम्रोसँग खान नसक्ने अवस्थामा छन्। मनमायाले खोले, लिटो पकाएर खुवाउँछिन्। ‘त्यही पनि निल्न सक्नुहुन्न। घाँटीमा अड्किरहन्छ। चेकजाँच गर्न पटकपटक लगिराख्नु पर्छ। मैले अहिले यो काम गरेर उपचार खर्च पुर्‍याउनै सकेको छैन,’ उनले गुनासो गरिन्। 

उपचारका लागि एक पटक लैजाँदा १० देखि १२ हजार खर्च लाग्ने उनी बताउँछिन्। कोठाभाडा पनि महँगो छ। बत्ती, पानीसहित गरेर महिनामा ७ हजार बुझाउँछिन्। ‘अहिले सबै कुरामा महँगी बढेको छ। आफूले कमाएको पैसा जतिले चामल, नुन, भुटुन र उपचारमा डोहोडोहो गरेर पुर्‍याएकी छु।

‘कमाइभन्दा खर्च धेरै छ। त्यही पनि महानगरपालिकाले लखेट्छ। हैरान पार्छ। गाडा समातेर लगिहाल्यो भने फिर्ता दिँदैन,’ उनी सुनाउँछिन्। महानगरपालिकाले नलखेटेको दिन ७०० सम्म कमाइ हुने बताउँछिन्। 

पछिल्लो समय काठमाडौं महानगरपालिकाले फुटपाथमा खानेकुरा बिक्री गर्न नदिने नीति सारेसँगै मनमाया चिन्तामा छिन्। ‘अब उपचार त के खानै पाइँदैन जस्तो छ। लखेटेको लखेटै गर्छ,’ उनी भन्छिन्, ‘साँझ ६ बजेपछि यसो निकाल्यो त्यही पनि लखेट्न आइहाल्छ।’ 

यसअघि पनि ढुक्कले सडकमा व्यापार गर्न मनमायाले पाएकी होइनन्। पटक–पटक उनको गाडा महानगरले लगिदिएका थिए। महानरपालिकाले खोसिदिएको गाडा ३-४ पटक त आफूले जरिवाना तिरेर फिर्ता लिएको उनी बताउँछिन्। एक पटक महानगरले गाडा लग्यो भने १५ सय रुपैयाँ तिरेपछि फिर्ता आउँथ्यो। 

पछि महानगरले गाडा फिर्ता दिन छाड्यो। उनको पनि एउटा गाडा भने महानगरले फिर्ता नै दिएन। ‘मैले कत्रो दुःखले १२ हजार तिरेर किनेको गाडा महानगरले पचायो,’ उनले भनिन्। 

मनमायाका तीन छोरीको विवाह भइसक्यो। गाउँ फर्कनलाई जग्गाजमिन केही छैन। त्यसमाथि बिरामी श्रीमान् लिएर गाउँ फर्कने अवस्था पनि छैन।

‘पहिल्यैदेखि यही काम गरियो। अब गरिखाने अर्को केही उपाय छैन,’ उनी भन्छिन्, ‘कि हामीलाई यहीँ काम गरेर खान देओस्, होइन भने सरकारले गरिखाने ठाउँ देखाइदिओस्।’

प्रकाशित मिति: बुधबार, असार २९, २०७९  ०९:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
संसद्‌मै प्रेसर हाई भएर लडे सांसद खड्का
‘विदेशी टोलीलाई ढिला अनुमति दिएर के अर्थ ?’ भन्दै सरकारमाथि खनिइन् सांसद शर्मा
‘बाढीपछि नागरिकको उद्धार र व्यवस्थापनमा सरकार चुकेकै हो’: बासना थापा
सम्बन्धित सामग्री
भोटेकोशी बाढी : ग्राउण्ड जीरोमा गोल्याण फाउण्डेशन, खानादेखि मनोपरामर्शसम्म होल्डिङ सेन्टरमा देवीघाट क्षेत्रका ६८ घरपरिवार रहेका छन् । ती परिवारका सदस्यसहित आसपासका बासिन्दासमेत गरी दैनिक करिब ४ सय जनाका लागि... बुधबार, भदौ १७, २०८३
बाबुआमा फर्किने आशाले थामिएकी छिन् पामु मंगलबार नेपालको सबैभन्दा ठूलो शैक्षिक अस्पतालको परिसरमा देखिएको पामुको पीडा अपवाद थिएन। सयौं मानिस आफ्ना बेपत्ता बुबा, आमा, श्रीमान... बुधबार, भदौ १७, २०८३
आफन्तको खोजीमा भौतारिदै बाढी प्रभावित, हालसम्म ‘अत्तोपत्तो’ छैन बाढीपछि बेपत्ता आफन्तको खोजीमा काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा आइपुगेकी धादिङ गंगाजमुना—४ की रमीता बस्नेत बाँनियाले बाढीपछि मानस... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
संसद्‌मै प्रेसर हाई भएर लडे सांसद खड्का बिहीबार, भदौ १८, २०८३
‘विदेशी टोलीलाई ढिला अनुमति दिएर के अर्थ ?’ भन्दै सरकारमाथि खनिइन् सांसद शर्मा बिहीबार, भदौ १८, २०८३
‘बाढीपछि नागरिकको उद्धार र व्यवस्थापनमा सरकार चुकेकै हो’: बासना थापा बिहीबार, भदौ १८, २०८३
नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्