काठमाडौं– साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक ५ दशमलब ३८ अंकले घटेको छ। बिहीबार नेप्से परिसूचक ११ सय ९३ दशमलब ३९ को बिन्दुमा आइपुगेको छ।
बिहीबार १६२ कम्पनीको ५६ करोड १२ लाख ८१ हजार ८४१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ। प्राइम लाइफको संस्थापक सेयरको ३० करोड ५९ लाख ३१ हजार ५ सय ४० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, नबिल बैंकको ३ करोड ३१ लाख ३५ हजार ८ सय ४८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
बिहीबार कारोबारमा आएका दुई समूह बाहेक अन्य सबै समूहमा गिरावट आएको छ। आज होटल समूह १४ दशमलब ६१ अंकले बढेको छ भने उत्पादन तथा प्रशोधन समूह शून्य दशमलब ४६ अंकले बढेको छ। यता निर्जीवन बिमा समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। यो समूह ८० दशमलब ८२ अंकले घटेको छ। त्यस्तै, जीवन बिमा कम्पनीको सेयर मूल्य ४३ दशमलब ५५ अंकले घटेको छ।
बिहीबार एनआइसी एसिया ग्रोथ फन्डका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य ४ दशमलब ०३ प्रतिशतले बढेको छ। त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ३ रुपैयाँले बढेको छ। यता गुमाउनेमा नेपाल इन्स्योरेन्सका लगानीकर्ता रहेका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३५ रुपैयाँले घटेको छ। त्यस्तै, नेसनल हाइड्रो पावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ रुपैयाँले घटेर प्रतिकित्ता ८४ रुपैयाँमा कारोबार रोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।