• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ १६, २०८३ Sat, May 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
एक घुम्ती, एक पात्र

ओलीले हौस्याउनु भएपछि गीत गाएर युट्युबमा राख्न थालें: डा रमेशसिंह भण्डारी, कलेजो प्रत्यारोपणविज्ञ 

64x64
नेपाल लाइभ शनिबार, असार १८, २०७९  ०९:०८
1140x725

पेसाले चिकित्सक हुन् प्राडा रमेशसिंह भण्डारी। उनी कलेजो प्रत्यारोपण विशेषज्ञ हुन्। उनकै नेतृत्वमा त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सुरु भएको हो। डा भण्डारीको 'प्यासन' भने संगीतमा छ। फुर्सद पाउँदा गितारमा औँला गइहाल्छन् र मन परेको गीत गुनगुनाइहाल्छन्।

पछिल्ला केही समयदेखि उनी गीत रेकर्ड गरेर समेत सार्वजनिक गर्न थालेका छन्। गीत सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्ने प्रेरणा भने चार वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्राप्त भएको बताउँछन्। ओलीलाई उनले शिक्षण अस्पतालमा प्रधानमन्त्री होइन, बिरामीका रुपमा भेटेका थिए। ओलीको एपेन्डिसाइटिस फुटेर संक्रमण फैलिएको थियो। त्यस्तो गम्भीर अवस्थामा नेपाली डाक्टरहरुले सफल उपचार गरेका थिए। बिरामी र डाक्टरको रुपमा अस्पतालमा भएको उनीहरुको भेट पछि शब्द लेखक र गायकमा परिणत भयो। ओलीले लेखेका शब्दलाई डा भण्डारीले संगीत दिएर गाएका छन्।

भण्डारीले आफ्नै शब्द र संगीतमा केही गीत रेकर्ड गरेर सार्वजनिक गरेका छन्। पेसा होइन, प्यासनका कुरा गरिने नेपाल लाइभको अनौपचारिक संवाद शृंखला 'एक घुम्ती, एक पात्र'मा प्राडा भण्डारीसँग डीबी खड्काले गरेको संवाद:

तपाईंको स्कालपेल (सर्जरी गर्ने चक्कु) भन्दा जेठो त गिटार होला। चिकित्सक बन्ने लय समात्नुपहिले सुर समात्नुभयो होला। तर,  स्कालपेलले नै कसरी जित्यो?
गीत गाउन र सुन्न सानैदेखि खूब मन पर्थ्यो। स्कुल र कलेजमा पढ्दा गाउँथें। स्कुलका कार्यक्रमहरुमा सबैभन्दा अगाडि बढेर गाउथेँ। ६ कक्षामा पढ्दा मेरो गाउने इच्छा देखेर हाम्रो संगीत शिक्षकले मलाई प्रस्ताव राख्नुभयो- म एउटा  कार्यक्रममा लिएर जान्छु, गाउन सक्छौ? मलाई पाएदेखि गाउँछु भन्ने थियो। एउटा गीत अभ्यास गरेको थिएँ। त्यो नेपालको पहिलो रियालिटी शो 'प्रतिभाको डबली'का लागि थियो। तर विविध कारणले जान भने पाइनँ। 

त्यसपछि पढाइमा ध्यान भयो। पढाइमै केन्द्रीत भइदेओस् भन्ने घरपरिवारको चाहना भयो। त्यतैतिर केन्द्रीत भइयो। गीत सुन्ने, गुनगुनाउने, कौसीमा बसेर गाउने गर्थें। एमबीबीएस पढ्दा साथीहरु मिलेर एउटा गीत रेकर्ड गराएर रेडियोमा बजायौं। त्यो गर्दा समय निकै खेर गयो। त्यसपछि यसरी त हुँदैन, पढाइ महत्वपूर्ण हुन्छ भनेर पढाइमा केन्द्रीत भइयो। एमबीबीएसपछि एमएस गर्न लागियो। एमसीएच गर्नुपर्‍यो। यो समयमा मैले गाउने समय पाइनँ, सुनें मात्रै। पढाइ पनि सकियो। आफ्नो करियरको पनि स्थायित्व भएपछि सात-आठ वर्ष पहिलेबाट फेरि गाउने र बजाउने गर्न थालें।

अहिले त गीतहरु गाएर बजाएर आफ्नो युट्युबमा पनि हाल्न थाल्नुभएछ नि?
पहिले मलाई लाग्थ्यो- म त्यति राम्रो गाउने मान्छे हो र? सामाजिक सञ्जालमा राख्न अप्ठ्यारो लाग्थ्यो। कलेजका लाइभ कार्यक्रममा साथीहरुभाइहरुले जोस्याउँथे। गाइन्थ्यो तर सामाजिक सञ्जालमा गीत गाएर हाल्न भने लाज लाग्थ्यो।

चार वर्षअघि (साढे दुई वर्षअघि) तत्‍कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अप्रेसन गरेपछि उहाँसँग नजिक हुने मौका पाएँ। उहाँसँग चिनजान भएपछि संगीतका कुरा भए। मलाई गाउन पनि मन पर्ने बताएँ। गीत गाएर पनि सुनाएँ। उहाँले तपाईंको गायन राम्रो छ, तर अभ्यास बढाउनुपर्छ भन्नुभयो, हौस्याइदिनुभयो। त्यसपछि आत्मविश्वास पनि आयो। अनि सामाजिक सञ्जालमा समेत राख्न थालें। 

nimb
nimb
Ncell 2
Ncell 2

उहाँको गीत आफ्नै स्वरसंगीतमा रेकर्ड पनि गर्नुभएको छ क्या रे!
मैले उहाँलाई तपाईंको गीत पनि गाउँछु भनेको थिएँ। पछि मैले एउटा पत्रिकामा उहाँको कविता 'बन्छ नयाँ नेपाल' भन्ने देखें। मैले त्यसलाई संगीतमा ढालेर अभ्यास गरें। त्यसपछि परिवारलाई सुनाएँ। परिवारले 'राम्रो छ' भनेपछि मैले प्रधानमन्त्री निवास बालुवाटारमै उहाँलाई भेटेर सुनाएँ। उहाँले 'ठीक छ डाक्टरसाहेब गो अहेड' भन्नुभयो। मैले उक्त गीत रेकर्ड गरें। 

प्रधानमन्त्री ओलीको सर्जरी गरेर स्वास्थ्यलाभ लिँदै गर्दा अस्पतालमा गीत गाउने र सुनाउने कतिको चल्यो?
त्यतिबेला आईसीयूमा हुनुहुन्थ्यो। रिकभर हुन थालेपछि मेरो परिवारले घरमा मैले गाउँदा खिचेका भिडियो देखाउँथें। त्यतिबेला नै गीतको कुरा हुन्थ्यो। उहाँलाई संगीत मनपर्ने रहेछ। सोध्नुहुन्थ्यो,  म देखाउँथें। पछि फलोअपमा आउँदा र किड्नी प्रत्यारोपणअघि डायलाइसिस गराउँदा उहाँले बोलाउनुहुन्थ्यो। गीत गाउन लगाउनुहुन्थ्यो। मैले गाउँथें। त्यतिबेला भन्नुहुन्थ्यो- थप अभ्यास गर्नुपर्छ।

गिटार बजाउन चाहिँ औपचारिक रुपमै सिक्नुभयो कि साथीहरुसँग बजाउँदा बजाउँदै काम चलाउ बन्यो?
बजाउन मन त पर्थ्यो, तर तालिम लिएको थिइनँ। आईएस्सी पढ्दा साथीभाइहरुले बजाउँथे, म हेरेर बस्थें। पछि एमबीबीएस पढ्दा एक जना मेरो मिल्ने साथीसँग सिकें। गिटार बजाउने मान्छेका लागि म अहिले पनि केही होइन, चिकित्साको इन्टर्न जस्तै हो। थाहा नपाएकालाई राम्रै बजाए जस्तो लाग्छ। आफूले गाउने गीतमा सामान्यरुपमा बजाउन सिकें। एमबीबीएस पढ्दा एउटा वेभ म्यागजिन आउँथ्यो, जहाँ गितारका कर्ड पनि राखिएको हुन्थ्यो। त्यो किनेर बजाउन सिक्थें। धेरै सिक्ने इच्छा थियो, तर मैले यतिमै चित्त बुझाएँ।

तपाईंले अहिलेसम्म सबैभन्दा बढी कुन गीत गुनाउनुभयो होला! 
पहिले 'लालुपाते', 'मुसुमुसु हाँसिदेऊ न लैलै'  धेरै गाउथें। अहिले छेवाङ लामाको 'जात' भन्ने गीत बढी गुनगुनाउन थालेको छु। यो गीतको संगीत र गायकी त बलियो छँदैछ, शब्द पनि उस्तै प्रभावशाली छन्।

यसका शब्द र संगीतले बढी भाव प्रेम वियोगको बोक्छन्। यो प्रिय बन्नुमा आफ्नै जीवनका पूर्वकथा कहीँकतै जोडिएर त आउँदैनन्?
शब्द राम्रो छन्, तर शब्दले भन्दा मलाई गाउने तरिका र संगीतको मेलोडीले आकर्षित गरेको हो। धेरैले शब्दलाई ध्यान दिएर गीत सुन्छन्। तर, म संगीतलाई ध्यान दिन्छु। संगीत मन पर्‍यो भने म त चाइनिज र जापानीज गीत पनि सुन्दै बस्छु। म संगीतप्रेमी हुँ। 

युवावस्थामा गायनजस्ता प्रतिभाहरुको प्रयोग कसैलाई आफूप्रति आकर्षित गर्न गरिन्छ। तपाईंले त्यसो गर्नुभयो कि भएन?
म स्कुल वा कलेज पढ्दा गाउने र फुटबल खेल्नेजस्ता कुरामा अलि अगाडि नै थिएँ। अलिकति गाउने र बजाउने भएपछि साथीभाइहरुले पनि महत्व दिने गर्थे। 

प्रेमिका वा युवतीले महत्व दिने पनि हुन्थ्यो होला नि?
धेरैले त्यस्तै भन्ठान्छन्। मेरो श्रीमतीसँग प्रेम हुँदासमेत मेरो यो रुचिबारे धेरै जानकार थिइन् जस्तो लाग्दैन।

तपाईंलाई अरुभन्दा फरक हुन मनपर्छ। गर्न मनपर्छ। यही स्वभावले नेपालमै कलेजो प्रत्यारोपण गर्ने सर्जनका रुपमा आफूलाई निर्माण गर्नुभएको हो?
एमबीबीएसपछि पहिले जनरल सर्जरीमा एमएस गरें। हाम्रो चिकित्सा क्षेत्रमा विशेषज्ञता बढ्दै जान्छ, यसको सीमा हुँदैन। जनरल सर्जरी गरेपछि केमा विशेषज्ञता गर्ने भन्दा मैले जीआई सर्जरी अर्थात पेट सम्बन्धी सर्जरी रोजें। त्यसमा पनि मैले फरक के गर्ने? मेरो दिमागमा अबको पाँच वर्ष वा त्यसपछिको १० वर्ष के गर्ने भनेर घुमिरहन्छ। अहिले पनि अबकको पाँच दश वर्षमा कसरी देख्छु भनेर सोचिरहेको हुन्छु। ग्याष्ट्रोमा पनि के पढ्ने भन्दा मलाई कलेजोसम्बन्धी पढ्ने रुचि जाग्यो। कलेजोमा सबैभन्दा ठूलो काम- प्रत्यारोपण। सन् २००९ तिरको कुरा हो,  नेपालमा कलेजो प्रत्यारोपण गर्ने त्यति सोचिएको थिएन। मलाई त्यहीबेला लाग्यो- दीर्घकालमा नेपालमै कलेजो प्रत्यारोपण सुरु गर्न सकिन्छ।

विदेशमा पढ्न जान फर्म भर्दै थिएँ। अष्ट्रेलियाका लागि भरें। त्यही बेला सोधिएको थियो- तिमीलाई केका लागि हामीले छात्रवृत्ति दिने? म कलेजो शल्यक्रियाबारे सिक्न चाहन्छु। पछि म मेरो देशमा कलेजो प्रत्यारोपण सेवा नै दिन चाहन्छु भनेर लेखेको थिएँ। त्यही कुराले उहाँहरुलाई प्रभाव पार्‍यो। सुरुमा कलेजो सम्बन्धी सर्जरी पढेर आएँ। नेपालमा आएपछि प्रत्यारोपणबारे बुझें। थालियो भने गर्न सकिन्छ भन्ने लाग्यो। त्यसपछि फेरि कलेजो प्रत्यारोपण पढ्न गएँ। फर्केर आएपछि त्यसैको तयारी गरियो र सन् २०१९ मा नेपालको शिक्षण अस्पतालबाटै कलेजो प्रत्यारोपण सेवा दिन सकियो।

प्यासन र प्रोफेसनको तालमेल कसरी मिलाउनुहुन्छ?
हरेकसँग जम्मा २४ घन्टा हुन्छ। कसरी बाँडफाँट गर्ने त्यो आफ्नो कुरा हो। प्यासन जीवितै राख्न चाहनुहुन्छ भने तपाईंले समयको व्यवस्थापन गर्न जान्नुपर्‍यो। परिवारलाई समय दिनुपर्‍यो। पेशालाई दिनुपर्‍यो, त्यही बीचमा प्यासनका लागि समय छुट्याउनुपर्‍यो।

म साढे ७ बजे अस्पताल जान्छु। ८ बजेदेखि हाम्रो काम नै सुरु हुन्छ। त्यसपछि फेरि बेलुका मेरो प्राइभेट प्राक्टिस हुन्छ। म मेडिकेयरमा पनि जान्छु। म टिचिङबाट घर गएपछि फेरि अर्को अस्पतालमा जानुअघि समय मिलाएर एकछिन आफ्नो प्यासनलाई दिन्छु। फर्केर आएपछि पनि एकछिन गाउने बजाउने गर्छु। यसले मेरो प्यासन पनि पूरा भयो, रिफ्रेसमेन्ट पनि भयो। 

बालबालिकालाई हामी पढाइमा केन्द्रीत गर्न प्यासनबाट छुट्याउन खोजिरहेका हुन्छौं। पढाइ र प्यासन शत्रु ठान्छौं। दुई वटैलाई एकसाथ अघि बढाउँदा सफलता हासिल गर्न अझ सहज हुँदो रहेछ कि?
प्यासनले प्रोफेशसन बिगार्छ भन्नु गलत हो। तर प्यासनलाई प्यासनकै दायरामा राख्नुपर्छ, त्यसलाई प्रोफेसन जस्तो बनाउन खोज्यो भनेचाहिँ बिग्रिन्छ। मुख्‍य कुरालाई हानी नगरी समय निकाल्नुपर्छ। बच्चालाई त्यसरी गाइड गर्नुपर्छ। 

जस्तो, मेरो बच्चा फुटबल खेल्न रुचाउँछ। म त्यसका लागि समय निकालिदिन्छु। तर, पढाइमा हानी हुनेगरी लगाउने होइन। हाम्रो जस्तो देशमा पढाइ करियरका लागि सबैभन्दा सुरक्षित कुरा हो। अन्य फिल्डमा धेरैले प्रयास गरे पनि थोरैले भविष्य सुरक्षित गर्न सक्छन्। अन्‍य पेशाका लागि पनि पढाइ जरुरी नै हुन्छ। त्यसैले यहीअनुसार हामीले बालबालिका हुर्काउनुपर्छ। मैले पनि मास्टर्स गर्दा वा अन्य विशेषज्ञता गर्दा बढी पढाइमा केन्द्रीत गरें। अहिले फेरि समय मिल्न थाल्यो, अन्य कुरामा पनि संलग्न हुन थालें।

तपाईं अहिले आफ्नै शब्द र संगीतमा गीत गाउन थाल्नुभएको छ है?
पूर्वप्रधानमन्त्री ओलीको शब्दमा बाहेक अरु दुईटा रेकर्ड भए। अझै आउँदैछन्। अस्ति भर्खरै श्रीमतीलाई लक्षित गरेर 'धन्यवाद' गीत सार्वजनिक गरें।

कस्ता गीत सुन्न बढी रुचाउनुहुन्छ?
जुन गीत आफूले पनि गाउन सक्छु, त्यस्ता गीत बढी मन पर्छन्।  

तपाईं आफैंसँग ठूलो माहोलमा कन्सर्ट गरेको अनुभव छ?
एकचोटी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा ठूलै भेला आयोजना गर्नुभएको थियो। मलाई पनि बोलाउनुभएको थियो। त्यहाँ जाँदा तपाईं गाउनुहोस् भन्नुभयो। त्यहाँ झन्डै छ-सात सय मान्छे थिए। एकछिन अत्तालिएँ, तर मौका ठानेर गाएँ। बीपीकेएचाआईएस धरानमा पढ्दा पनि ठूलो भीडमा गाएको अनुभव छ। 

स्कुल कलेज पढ्दाखेरि कन्सर्टमा कत्तिको जानुहुन्थ्यो?
थुप्रैपल्ट गएको छु। कलेज बंक गरेरसमेत गएको छु। तर, त्यसरी जानुहुँदैन। मलाई मनपर्ने ब्यान्ड 'कन्दरा'को कन्सर्ट हेर्न जान्थें। नविन के भट्टराईको कन्सर्टमा पनि जान्थें। धरानमा पढ्दा १०-१२ वटा कन्सर्टमा पुगें होला। काठमाडौंमा पनि थुप्रैका गीत सुन्न गएँ, एमबीबीएस पढ्दासम्म गएँ। जाउँ-जाउँ जस्तो अचेल पनि लाग्छ, तर उमेरका हिसाबले जान अप्ठ्यारो लाग्छ। टीभीमा चाहिँ हेर्छु।

प्रकाशित मिति: शनिबार, असार १८, २०७९  ०९:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल चिकित्सकहरूको सम्मेलन सुरु
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन घिसिङको माग
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
नेपाल चिकित्सकहरूको सम्मेलन सुरु शनिबार, जेठ १६, २०८३
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन घिसिङको माग शनिबार, जेठ १६, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
यी हुन् बाढी र पहिरोले अवरुद्ध देशका मुख्य राजमार्गहरू शनिबार, जेठ १६, २०८३
आज कुन सहरको मौसम कस्तो ? शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
बजेटबारे एमालेले भन्यो : सरकार सामाजिक सुरक्षाको क्षेत्रबाट पछि हट्न खोज्यो शुक्रबार, जेठ १५, २०८३
यस्तो छ आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट (पूर्णपाठसहित) शुक्रबार, जेठ १५, २०८३
मठमन्दिरमा आगो लगाउँछु भन्ने जनक परियार पक्राउ शुक्रबार, जेठ १५, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्