काठमाडौं– नेपाल राष्ट्र बैंकले केही स्थानीय तहमा सुरक्षाका कारण बैंक स्थापना गर्न ढिलाइ भइरहेको स्पष्ट पारेको छ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले केही स्थानीय तहमा खोलिएका बैंकमा सुरक्षाको उचित प्रबन्ध गरिदिन सरकारसँग अनुरोध गरे। रसुवालगायतका केही जिल्लामा स्थानीय राजनीतिक दलहरुले आफ्ना कार्यकर्तालाई रोजगारी नदिएको भन्दै कर्मचारीहरुलाई लखेटेपछि बैंक सञ्चालनमा समस्या आएको भन्दै उनले सुरक्षाको उचित व्यवस्था गर्न गृह मन्त्रालयसँग अनुरोध गरे।
राष्ट्र बैंकले यही असार मसान्तसम्म सबै स्थानीय तहमा बैंक सञ्चालन गरिसक्ने योजना बनाएको थियो। डेपुटी ७ सय ५३ वटा स्थानीय तहमध्ये हालसम्म ५ सय ५६ वटामा मात्रै बैंक स्थापना गरिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।