काठमाडौं– अर्थमन्त्री डा युवराज खतिवडाले सबै स्थानीय तहमा बैंकहरुलाई सुरक्षा दिन सरकार समक्ष रहेको दावी गरेका छन्।
अर्थमन्त्री खतिवडाले स्थानीय तहसँग समन्वय गरेर त्यहाँ स्थापना हुने बैंकहरुलाई सुरक्षा दिने योजना पनि अघि सारेका छन्। उनले सबै स्थानीय तहमा तत्काल बैंक स्थापना गर्ने घोषणा पनि गरे।
अर्थमन्त्री खतिवडाले पुस मसान्तसम्म सबै कारोबार बैंकिङ प्रणालीमार्फत् गर्न पनि सबै स्थानीय तहमा ३ महिना भित्र बैंकहरु स्थापना गरिसक्ने बताए। मंगलबार नबिल बैंकले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले बैंक सञ्चालन गर्दा नविकरणीय उर्जाको प्रयोग गर्न सकिने स्मरण गराए।
अर्थमन्त्री खतिवडाले कर छली हुन नदिन पनि सरकारले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रविधिमंैत्री बनाउँदै लैजाने नीति लिएको स्पष्ट पारे। सरकारले बैंक तथा वित्तिय संस्थाहरुको अभिलेखलाई व्यवस्थित बनाउन पनि कार्य सम्पादनलाई प्रविधिमैत्री बनाउँदै लैजाने काममा ढिलाई नगर्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।