• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

गुमनाम छन् रियालिटी शोका विजेता 

64x64
नेपाल लाइभ सोमबार, जेठ ३०, २०७९  ०९:२४
1140x725

काठमाडौं– नेपालमा रियालिटी शोलाई लिएर आम दर्शकमा निकै चासो रहन्छ। चाहे त्यो गायन होस वा नृत्य, वा अरु कुनै किसिमको प्रतियोगिताबारेको रियालिटी शो होस। नेपालमा कार्यक्रम प्रसारण भइरहेको अवस्थामा उनीहरु निकै चर्चामा रहन्छन्। तर, कार्यक्रममा विजेता भएपछि भने धेरैजसो रियालिटी शो जित्नेहरुले आफ्नो क्षेत्रमा राम्रो प्रगति भने गर्न सक्दैनन्। सीमित समयका लागि चर्चामा रहेपनि कालान्तरमा उनीहरु बेपत्ताजस्तै हुन्छन्। 

नेपालमा गायन विधाको निकै चर्चित कार्यक्रम थियो ‘नेपाली तारा’ । उक्त कार्यक्रमको २०७२ को संस्करणमा विजेता बनेका थिए प्रताप लामा। तर, जित हासिल गरेसँगै उनी हराए। प्रतियोगितामा जितेपछि सम्झौताअनुसारका केही गीतहरु सार्वजनिक त भए, तर खासै चर्चामा आउन सकेनन्। दुई वर्षपछि २०७४ मा नेपाल आइडलमा उनले भाग लिए। तर, त्यहाँ पनि उनको प्रस्तुति खासै जम्न सकेन। केही समयसम्म चर्चामा रहेपछि कलान्तरमा प्रतापको पुरानै हविगत भयो। 

प्रतियोगिता जितेसँगै जुन गतिमा उनको करिअर अघि बढ्नुपर्ने थियो, त्यो भएन। दर्जनभन्दा बढी गीत निकालेका उनी खासै चर्चामा रहन सकेनन्। 

प्रतापजस्तै कैयौं रियालिटी शोका विजेताहरु छन्, जो अहिले चर्चामा त परको कुरा यो क्षेत्रमै देखिँदैनन्। कतिपयले आफू संलग्न क्षेत्रमा काम गरिरहेको भएपनि उनीहरुको खासै चर्चा छैन।

यस्तैमध्येमा पर्छिन विष्णु चेम्जोङ। नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘नेपाल स्टार’बाट चर्चामा आएकी थिइन् उनी। प्रतियोगिता चलिरहँदासम्म उनको चर्चा निकै थियो। जुन गति र मात्रामा उनको चर्चा थियो, त्यो त्यसरीनै हरायो। कार्यक्रम सकियो, विष्णु पनि हराइन्।

अन्तर्राष्ट्रिय जगतमा राम्रो नाम र स्थापित ब्राण्ड रहेको नेपाल आइडलका विजेताहरुको पनि हालत उस्तै छ। २०७४ बाट पहिलो पटक प्रसारण सुरु भएको यो कार्यक्रमको पहिलो सिजनको विजेता बुद्ध लामा भएका थिए। प्रतियोगिताको पहिलो सिजन प्रसारण भइरहेको बेला बुद्धको जति चर्चा थियो, त्यो कार्यक्रमको समाप्तीसँगै विस्तारै सेलाउँदै गयो। एक त उनी आफ्नो क्षेत्रमा सक्रिय रुपमा देखिएनन्। अर्कातिर, उनले आइडलसँगको सम्झौताभन्दा बाहिर गाएका गीतहरु खासै चर्चामा आउन सकेनन्।

त्यस्तै, नेपाल आइडलकै दोस्रो र तेस्रो सिजनका विजेताको अवस्था पनि बुद्धको भन्दा फरक छैन्। दोस्रो सिजनका विजेता रवि ओड केही समय चर्चामा रहे। धनगढीका उनको जितलाई निकै महत्त्वका साथ पनि हेरिएको थियो। तर, प्रतियोगिता जितेपनि उनले आफ्नो पहिचान भने बनाउन सकेनन्। 

यता, सज्जा चौलागाईंको अवस्थामा पनि धेरै अन्तर छैन। सज्जा आइडल जितेपछि गुमनाम जस्तै भएकी छिन्। उनका गीतहरु कहिले सार्वजनिक हुन्छन् र कहिले हराउँछन्, पत्तै हुँदैन्। 

Ncell 2
Ncell 2
nimb
nimb

अर्को चर्चित कार्यक्रम ‘द भोइस’को नेपाली फ्रेन्चाईज ‘द भोइस अफ  नेपाल’का विजेताहरुको अवस्थामा पनि धेरै फरक छैन। पहिलो सिजनका सिडी विजय अधिकारी गीत त सार्वजनिक गरिरहेका छन्, तर उनको चर्चा छैन। उनका गीतहरुले अहिले युट्युबमा १ लाखभन्दा धेरै भ्युज पाउन पनि कठिन छ। गत साता सार्वजनिक भएको उनको ‘फरक भो’ बोलको गीत ९ दिन बितिसक्दा पनि १८ हजारभन्दा धेरै पटक हेरिएको छैन। 

दोस्रो सिजनका विजेता राम लिम्बू पनि संगीत क्षेत्रमा त छन्, तर चर्चामा छैनन्। गत महिना उनले विमोचना लोम्जेलसँग ‘माया भन्ने कुरा’ बोलको गीत गाएका थिए। तर, उक्त गीत खासै चर्चामा समेत आएन्। हालसम्म उक्त गीतमा ४० हजार भ्युज पनि कटेको छैन।

तेस्रो सिजनका किरण गजमेरको अवस्था पनि उस्तै छ। एक त उनका धेरै गीतहरु सार्वजनिक नै भएका छैनन्। सार्वजनिक भएका गीतहरु चर्चामा आउनै सकेका छैनन्। 

रियालिटी शोले प्रतिभाशालीहरुलाई आफ्नो प्रतिभा प्रस्तुत गरेर दर्शक तथा स्रोतामाझमा पहिचान बनाउन मद्दत गर्ने भनिएपनि खासै त्यो अवस्था देखिएको छैन। नेपालमा प्रसारणको समय र प्रतियोगिता हुँदाको समयमा चर्चामा रहेपनि शो जित्ने प्रतियोगीहरुको निम्ति नै यी कार्यक्रम खासै उपलब्धिमुलक देखिएका छैनन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

लोकगीत गायनमा निकै महतत्त्व राख्ने भन्दै प्रचार भएको रियालिटी शो ‘लोकस्टार’का विजेताको पनि अहिले खासै चर्चा छैन। पहिलो सिजनको विजेता बनेका शनि विश्वकर्मा अहिले कहाँ छन् र उनको सांगीतिक यात्रा कस्तो चलिरहेको छ, कुनै चर्चा छैन।

शनिले केही संख्यामा गीतहरु निकालेपनि तिनले राम्रो माहोल सिर्जना गरेका छैनन्। युगल गायनमा गाएका केही गीतहरु चर्चामा त पुगेका छन्, तर उनको एकल गायनमा भएका गीतहरु भने धेरै हाइप लिन सकेका छैनन्। 

रियालिटी शो जितेर पनि हराउने अन्य प्रतियोगीहरुमा सिंगिङ स्टारकी विजेता ऋतु लामा, खोजी प्रतिभाको कार्यक्रमकी विजेता दुर्गा परियार, तिम्रो सुर मेरो गीतकी महिलातर्फ विजेता प्राश्ना शाक्यलगायतका थुप्रैको नाम आउँछ।

केही हदसम्म रियालिटी शो जितेर पनि सफलताको शिखर चुम्नेहरुमा भने गायिक सन्तोष लामा र दीपक लिम्बू छन्। त्यसबाहेक प्रतियोगितामा भाग लिएर विजेता नभएपनि चर्चामा रहिरहेका र आफू सम्बन्धित क्षेत्रमा पहिचान बनाउन सक्नेहरुमा इन्दिरा जोशी, निशान भट्टराई, प्रताप दासलगायतका कलाकारहरू रहेका छन्।

प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  ०९:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया महिलाको हवाई उद्धार
कुन देशमा कति बजे छ टीकाको साइत ?
आज दशैंको टीका, उत्तम साइत १०:२६ बजे
सम्बन्धित सामग्री
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ कोटा प्रहरीकी प्रहरी उपरीक्षक (एसपी) तेजस्विनी गौतमले पक्राउ परेका अभियुक्तहरू दिल्ली हुँदै नेपाल भाग्ने योजनामा रहेको बताएकी छन्। उ... सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला भारतीय सञ्चारमाध्यम अनुसार दुईपाङ्ग्रे सवारीसाधनमा आएका तीन जना अपरिचित व्यक्तिले श्रफ सवार गाडीलाई लक्षित गरी गोली चलाएका थिए । आइतबार, कात्तिक १, २०८३
अजय देवगनको बंगलामा बीएमसीको डोजर, अवैध निर्माणको हिस्सा भत्काइयो बीएमसीले आवश्यक अनुमति नलिई निर्माण कार्य भइरहेको भन्दै सन् २०२६ सेप्टेम्बर १० मा काम रोक्न सूचना जारी गरेको थियो। उक्त सूचनामा निर्... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम बुधबार, कात्तिक ४, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
अभिनेता महेश त्रिपाठीको दशैँ अनुभव- एक पटक पिङबाट लडेर बेहोस भएको थिएँ बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया महिलाको हवाई उद्धार बुधबार, कात्तिक ४, २०८३
कुन देशमा कति बजे छ टीकाको साइत ? बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्