• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन ६, २०८३ Wed, Jul 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

गुमनाम छन् रियालिटी शोका विजेता 

64x64
नेपाल लाइभ सोमबार, जेठ ३०, २०७९  ०९:२४
1140x725

काठमाडौं– नेपालमा रियालिटी शोलाई लिएर आम दर्शकमा निकै चासो रहन्छ। चाहे त्यो गायन होस वा नृत्य, वा अरु कुनै किसिमको प्रतियोगिताबारेको रियालिटी शो होस। नेपालमा कार्यक्रम प्रसारण भइरहेको अवस्थामा उनीहरु निकै चर्चामा रहन्छन्। तर, कार्यक्रममा विजेता भएपछि भने धेरैजसो रियालिटी शो जित्नेहरुले आफ्नो क्षेत्रमा राम्रो प्रगति भने गर्न सक्दैनन्। सीमित समयका लागि चर्चामा रहेपनि कालान्तरमा उनीहरु बेपत्ताजस्तै हुन्छन्। 

नेपालमा गायन विधाको निकै चर्चित कार्यक्रम थियो ‘नेपाली तारा’ । उक्त कार्यक्रमको २०७२ को संस्करणमा विजेता बनेका थिए प्रताप लामा। तर, जित हासिल गरेसँगै उनी हराए। प्रतियोगितामा जितेपछि सम्झौताअनुसारका केही गीतहरु सार्वजनिक त भए, तर खासै चर्चामा आउन सकेनन्। दुई वर्षपछि २०७४ मा नेपाल आइडलमा उनले भाग लिए। तर, त्यहाँ पनि उनको प्रस्तुति खासै जम्न सकेन। केही समयसम्म चर्चामा रहेपछि कलान्तरमा प्रतापको पुरानै हविगत भयो। 

प्रतियोगिता जितेसँगै जुन गतिमा उनको करिअर अघि बढ्नुपर्ने थियो, त्यो भएन। दर्जनभन्दा बढी गीत निकालेका उनी खासै चर्चामा रहन सकेनन्। 

प्रतापजस्तै कैयौं रियालिटी शोका विजेताहरु छन्, जो अहिले चर्चामा त परको कुरा यो क्षेत्रमै देखिँदैनन्। कतिपयले आफू संलग्न क्षेत्रमा काम गरिरहेको भएपनि उनीहरुको खासै चर्चा छैन।

यस्तैमध्येमा पर्छिन विष्णु चेम्जोङ। नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘नेपाल स्टार’बाट चर्चामा आएकी थिइन् उनी। प्रतियोगिता चलिरहँदासम्म उनको चर्चा निकै थियो। जुन गति र मात्रामा उनको चर्चा थियो, त्यो त्यसरीनै हरायो। कार्यक्रम सकियो, विष्णु पनि हराइन्।

अन्तर्राष्ट्रिय जगतमा राम्रो नाम र स्थापित ब्राण्ड रहेको नेपाल आइडलका विजेताहरुको पनि हालत उस्तै छ। २०७४ बाट पहिलो पटक प्रसारण सुरु भएको यो कार्यक्रमको पहिलो सिजनको विजेता बुद्ध लामा भएका थिए। प्रतियोगिताको पहिलो सिजन प्रसारण भइरहेको बेला बुद्धको जति चर्चा थियो, त्यो कार्यक्रमको समाप्तीसँगै विस्तारै सेलाउँदै गयो। एक त उनी आफ्नो क्षेत्रमा सक्रिय रुपमा देखिएनन्। अर्कातिर, उनले आइडलसँगको सम्झौताभन्दा बाहिर गाएका गीतहरु खासै चर्चामा आउन सकेनन्।

त्यस्तै, नेपाल आइडलकै दोस्रो र तेस्रो सिजनका विजेताको अवस्था पनि बुद्धको भन्दा फरक छैन्। दोस्रो सिजनका विजेता रवि ओड केही समय चर्चामा रहे। धनगढीका उनको जितलाई निकै महत्त्वका साथ पनि हेरिएको थियो। तर, प्रतियोगिता जितेपनि उनले आफ्नो पहिचान भने बनाउन सकेनन्। 

यता, सज्जा चौलागाईंको अवस्थामा पनि धेरै अन्तर छैन। सज्जा आइडल जितेपछि गुमनाम जस्तै भएकी छिन्। उनका गीतहरु कहिले सार्वजनिक हुन्छन् र कहिले हराउँछन्, पत्तै हुँदैन्। 

nimb
nimb
Ncell 2
Ncell 2

अर्को चर्चित कार्यक्रम ‘द भोइस’को नेपाली फ्रेन्चाईज ‘द भोइस अफ  नेपाल’का विजेताहरुको अवस्थामा पनि धेरै फरक छैन। पहिलो सिजनका सिडी विजय अधिकारी गीत त सार्वजनिक गरिरहेका छन्, तर उनको चर्चा छैन। उनका गीतहरुले अहिले युट्युबमा १ लाखभन्दा धेरै भ्युज पाउन पनि कठिन छ। गत साता सार्वजनिक भएको उनको ‘फरक भो’ बोलको गीत ९ दिन बितिसक्दा पनि १८ हजारभन्दा धेरै पटक हेरिएको छैन। 

दोस्रो सिजनका विजेता राम लिम्बू पनि संगीत क्षेत्रमा त छन्, तर चर्चामा छैनन्। गत महिना उनले विमोचना लोम्जेलसँग ‘माया भन्ने कुरा’ बोलको गीत गाएका थिए। तर, उक्त गीत खासै चर्चामा समेत आएन्। हालसम्म उक्त गीतमा ४० हजार भ्युज पनि कटेको छैन।

तेस्रो सिजनका किरण गजमेरको अवस्था पनि उस्तै छ। एक त उनका धेरै गीतहरु सार्वजनिक नै भएका छैनन्। सार्वजनिक भएका गीतहरु चर्चामा आउनै सकेका छैनन्। 

रियालिटी शोले प्रतिभाशालीहरुलाई आफ्नो प्रतिभा प्रस्तुत गरेर दर्शक तथा स्रोतामाझमा पहिचान बनाउन मद्दत गर्ने भनिएपनि खासै त्यो अवस्था देखिएको छैन। नेपालमा प्रसारणको समय र प्रतियोगिता हुँदाको समयमा चर्चामा रहेपनि शो जित्ने प्रतियोगीहरुको निम्ति नै यी कार्यक्रम खासै उपलब्धिमुलक देखिएका छैनन्। 

लोकगीत गायनमा निकै महतत्त्व राख्ने भन्दै प्रचार भएको रियालिटी शो ‘लोकस्टार’का विजेताको पनि अहिले खासै चर्चा छैन। पहिलो सिजनको विजेता बनेका शनि विश्वकर्मा अहिले कहाँ छन् र उनको सांगीतिक यात्रा कस्तो चलिरहेको छ, कुनै चर्चा छैन।

शनिले केही संख्यामा गीतहरु निकालेपनि तिनले राम्रो माहोल सिर्जना गरेका छैनन्। युगल गायनमा गाएका केही गीतहरु चर्चामा त पुगेका छन्, तर उनको एकल गायनमा भएका गीतहरु भने धेरै हाइप लिन सकेका छैनन्। 

रियालिटी शो जितेर पनि हराउने अन्य प्रतियोगीहरुमा सिंगिङ स्टारकी विजेता ऋतु लामा, खोजी प्रतिभाको कार्यक्रमकी विजेता दुर्गा परियार, तिम्रो सुर मेरो गीतकी महिलातर्फ विजेता प्राश्ना शाक्यलगायतका थुप्रैको नाम आउँछ।

केही हदसम्म रियालिटी शो जितेर पनि सफलताको शिखर चुम्नेहरुमा भने गायिक सन्तोष लामा र दीपक लिम्बू छन्। त्यसबाहेक प्रतियोगितामा भाग लिएर विजेता नभएपनि चर्चामा रहिरहेका र आफू सम्बन्धित क्षेत्रमा पहिचान बनाउन सक्नेहरुमा इन्दिरा जोशी, निशान भट्टराई, प्रताप दासलगायतका कलाकारहरू रहेका छन्।

प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  ०९:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खराब ब्याटिङका कारण नेपाल नामिबियासँग ८ विकेटले पराजित
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
एमालेसँगको सहकार्य अघि बढिसक्यो : प्रचण्ड
सम्बन्धित सामग्री
‘भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरो’ : सञ्चार मन्त्री डा. तिमिल्सिना गोरखापत्र संस्थानद्वारा आज यहाँ आयोजित ‘मधुपर्क सम्मान–२०८३’ कार्यक्रममा उनले मुलुकको भौतिक पूर्वाधार र आर्थिक सूचकांकसँगै भाषा, साह... शनिबार, जेठ ३०, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइर... मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले रिट दर्ता भएको जानकारी दिए । अदालतले मंगलबारलाई यो मुद्दामा पेशी तोकेको छ । सोमबार, वैशाख १४, २०८३
ताजा समाचारसबै
खराब ब्याटिङका कारण नेपाल नामिबियासँग ८ विकेटले पराजित मंगलबार, साउन ५, २०८३
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास मंगलबार, साउन ५, २०८३
एमालेसँगको सहकार्य अघि बढिसक्यो : प्रचण्ड मंगलबार, साउन ५, २०८३
नेपालले नामिबियालाई दियो १५८ रनको झिनो लक्ष्य मंगलबार, साउन ५, २०८३
‘मानिस होइन, वस्तु निर्यात गरेर देश समृद्ध बन्छ’ : प्रधानमन्त्री शाह मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
एमालेसँगको सहकार्य अघि बढिसक्यो : प्रचण्ड मंगलबार, साउन ५, २०८३
४०० स्थानीय तहको रोकियो जग्गा कित्ताकाट सोमबार, साउन ४, २०८३
विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल मंगलबार, साउन ५, २०८३
सरकारले हरेक दिन एक जना नेपालीलाई लखपति बनाउने मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्